यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् अवसर
हितोपदेश 1 : 33
33 तर मैले भनेको कुरा जस-जसले सुन्छन् तिनीहरू सुरक्षामा जिउनेछन्, र हानि-नोक्सानीको डरैविना ढुक्क रहनेछन्।”
यर्मिया 8 : 20
20 “कटनीको समय त बितिहाल्यो, ग्रीष्म ऋतु समाप्त भयो, र पनि हामीहरूको चाहिँ उद्धार भएकै छैन।”
इजकिएल 3 : 19
19 तर यदि तैंले त्यस दुष्ट मानिसलाई चेताउनी दिइस् र त्यो आफ्नो दुष्ट्याइँ अथवा आफ्नो खराब चालदेखि फर्कंदैन भने, त्यो आफ्नो अधर्ममा नै मर्नेछ, तर तैंले चाहिँ आफ्नो प्राण बचाएको हुनेछस्।
इजकिएल 33 : 17
17 “तापनि तेरा देशवासीहरूले भन्छन्, ‘परमप्रभुको चाल न्यायसङ्गत छैन’। तर वास्तवमा त तिनीहरूकै चाल पो न्यायसङ्गत छैन।
होशे 5 : 6
6 जब तिनीहरू आफ्ना भेड़ाबाख्रा र गाई-गोरुका बगाल लिएर परमप्रभुलाई खोज्न जान्छन्, तब तिनीहरूले उहाँलाई पाउनेछैनन्। उहाँले आफूलाई तिनीहरूदेखि हटाउनुभएको छ।
मत्ती 10 : 15
15 साँच्चै, म तिमीहरूलाई भन्दछु, न्यायको दिनमा त्यस सहरको दशाभन्दा बरु सदोम र गमोराको हालत बढ़ी सहनीय हुनेछ।
मत्ती 11 : 24
24 तर म तिमीहरूलाई भन्दछु, न्यायको दिनमा तेरो भन्दा त सदोम मुलुकको हालत बढ़ी सहनीय हुनेछ।”
मत्ती 23 : 38
38 हेर, तिमीहरूको घर उजाड छोडिएको छ।
मत्ती 25 : 46
46 “तब यिनीहरू अनन्त दण्डको भागी हुनेछन्, तर धर्मी जनहरू अनन्त जीवनमा प्रवेश गर्नेछन्’।”
लूका 19 : 27
27 तर मैले तिनीहरूमाथि राज गरेको नचाहने मेरा ती शत्रुहरूलाई यहाँ ल्याओ, र तिनीहरूलाई मेरै सामुन्ने मार’।”
लूका 12 : 47
47 “आफ्नो मालिकको इच्छा जानेर तयार नरहने र तिनको इच्छाबमोजिम नगर्ने दासले चाहिँ ज्यादै पिटाइ खानेछ।
लूका 13 : 28
28 “जब तिमीहरूले अब्राहाम, इसहाक, याकूब र सबै अगमवक्ताहरूलाई परमेश्वरको राज्यभित्र देख्नेछौ, अनि तिमीहरू आफैचाहिँ बाहिर फालिएका हुन्छौ, तब तिमीहरू विलाप गर्नेछौ र दाह्रा किट्नेछौ।
Leave a Reply