यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् अवधारणा, चमत्कारी
उत्पत्ति 21 : 2
2 सारा गर्भवती भइन्, र अब्राहामको वृद्धावस्थामा, परमेश्वरले अब्राहामलाई भन्नुभएको समयमा तिनले एक जना छोरा जन्माइन्।
उत्पत्ति 25 : 21
21 तिनी बाँझी भएकी हुनाले इसहाकले आफ्नी पत्नीको निम्ति परमप्रभुसँग प्रार्थना गरे। तब परमप्रभुले उनको प्रार्थना सुन्नुभयो, र रिबेका गर्भवती भइन्।
उत्पत्ति 30 : 22
22 तब परमेश्वरले राहेललाई सम्झनुभयो, र तिनको बिन्ती सुनेर उहाँले तिनको गर्भ खोलिदिनुभयो।
१ शमूएल 1 : 20
20 हन्नाह गर्भवती भइन्, र बेला पुगेपछि तिनले एक जना छोरो जन्माइन्। तिनले त्यसको नाउँ शमूएल राखिन्, किनभने “मैले त्यसलाई परमप्रभुसँग मागेकी हुँ” भनी तिनी भन्थिन्।
लूका 1 : 25
25 “मानिसहरूका बीचमा मेरो कलङ्क हटाउनलाई अब परमप्रभुले ममाथि यसरी कृपा गर्नुभएको हो।”
लूका 1 : 37
37 किनकि परमेश्वरको निम्ति कुनै कुरा असम्भव छैन।”
लूका 1 : 58
58 परमप्रभुले तिनीमाथि उहाँको ठूलो अनुग्रह देखाउनुभएको छ भन्ने सुनेर तिनका छिमेकीहरू र नातेदारहरू तिनीसँग रमाए।
मत्ती 1 : 18
18 येशू ख्रीष्टको जन्म यस प्रकारले भयो: उहाँकी आमा मरियमको मगनी योसेफसँग भएको थियो, तर उनीहरूको विवाह हुन अघि मरियम पवित्र आत्माद्वारा गर्भवती भएकी थाहा भयो।
मत्ती 1 : 20
20 तर जब उनले यी कुरा विचार गर्दैथिए, सपनामा परमप्रभुका दूत देखा परे, र उनलाई यसो भने, “योसेफ, दाऊदका छोरा, तिम्री पत्नी मरियमलाई स्वीकार गर्न नडराऊ, किनभने जो तिनको गर्भमा हुनुहुन्छ, उहाँ पवित्र आत्माबाट हुनुहुन्छ।
लूका 1 : 35
35 स्वर्गदूतले तिनलाई जवाफ दिएर भने, “पवित्र आत्मा तिमीमा आउनुहुनेछ, र सर्वोच्चका शक्तिको छाया तिमीमाथि पर्नेछ। यसैकारण जो जन्मनुहुनेछ, उहाँ पवित्र, अर्थात् परमेश्वरका पुत्र कहलाइनुहुनेछ।
Leave a Reply