अल्लाह

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् अल्लाह

यूहन्‍ना 14 : 6
6 येशूले तिनलाई भन्‍नुभयो, “बाटो, सत्‍य र जीवन म नै हुँ। मद्वारा बाहेक कोही पनि पिताकहाँ आउन सक्‍दैन।

यूहन्‍ना 1 : 1
1 आदिमा वचन हुनुहुन्‍थ्‍यो, वचन परमेश्‍वरसँग हुनुहुन्‍थ्‍यो, अनि वचन परमेश्‍वर हुनुहुन्‍थ्‍यो।

मत्ती 5 : 44
44 तर म तिमीहरूलाई भन्‍दछु, आफ्‍ना शत्रुहरूलाई प्रेम गर, र तिमीहरूलाई सताउनेहरूका निम्‍ति प्रार्थना गर,

याकूब 4 : 2
2 तिमीहरू इच्‍छा त गर्दछौ, तर तिमीहरू पाउँदैनौ। तिमीहरू हत्‍या गर्दछौ र लोभ गर्छौ, तर पाउन सक्‍दैनौ। तिमीहरू झगड़ा गर्दछौ र लड़ाइँ गर्छौ। तिमीहरूसित हुँदैन, किनभने तिमीहरू परमेश्‍वरसँग माग्‍दैनौ।

१ यूहन्‍ना 1 : 5
5 जुन सन्‍देश हामीले उहाँबाट सुन्‍यौं र तिमीहरूलाई सुनाउँछौं, त्‍यो यही हो, कि परमेश्‍वर ज्‍योति हुनुहुन्‍छ, र उहाँमा कत्ति पनि अँध्‍यारो छैन।

याकूब 1 : 13 – 14
13 परीक्षा हुँदा कसैले पनि यसो नभनोस्, “परमेश्‍वरद्वारा मेरो परीक्षा भएको हो।” किनकि कुनै खराब कुराबाट परमेश्‍वरको परीक्षा हुन सक्‍दैन, र उहाँ आफैले पनि कुनै मानिसको परीक्षा गर्नुहुन्‍न।
14 तर हरेक मानिस आफ्‍नै खराब इच्‍छाद्वारा लोभिएर परीक्षामा पर्दछ।

हिब्रू 1 : 5
5 “तिमी मेरा पुत्र हौ, मैले नै आज तिमीलाई जन्‍माएको छु” भनी के कुनै स्‍वर्गदूतलाई परमेश्‍वरले कहिल्‍यै भन्‍नुभयो? र फेरि, “म तिनका पिता हुनेछु, र तिनी मेरा पुत्र हुनेछन्‌” भनी कुनै स्‍वर्गदूतलाई कहिल्‍यै भन्‍नुभयो?

१ कोरिन्थी 1 : 17
17 किनभने बप्‍तिस्‍मा दिन होइन, तर सुसमाचार प्रचार गर्न ख्रीष्‍टले मलाई पठाउनुभएको हो— सांसारिक बुद्धिको कुरामा होइन, नत्रता ख्रीष्‍टको क्रूसको शक्ति व्यर्थ हुनेछ।

योना 1 : 17
17 तर योनालाई निल्‍न परमप्रभुले एउटा ठूलो माछा जुटाउनुभयो, र तीन दिन र तीन रातसम्‍म योना त्‍यस माछाको पेटभित्र रहे।

यशैया 14 : 12
12 ए बिहानको तारा, प्रभातको पुत्र, तँ स्‍वर्गबाट कसरी खसेको छस्‌! उहिले जाति-जातिहरूलाई होच्‍याउने, तँ कसरी भूइँमा तल खसालिइस्‌।

उत्‍पत्ति 1 : 26
26 अनि परमेश्‍वरले भन्‍नुभयो, “मानिसलाई आफ्‍नै स्‍वरूपमा, हाम्रै प्रतिरूपमा बनाऔं। तिनीहरूले समुद्रका माछाहरू, आकाशका पक्षीहरू, पाल्तु पशुहरू र जमिनमा चलहल गर्ने सबै जन्‍तुहरूमाथि अधिकार गरून्‌।”

यूहन्‍ना 1 : 11
11 उहाँ आफ्‍नै मानिसहरूकहाँ आउनुभयो, तर उहाँका आफ्‍ना मानिसहरूले उहाँलाई ग्रहण गरेनन्‌।

लूका 1 : 35
35 स्‍वर्गदूतले तिनलाई जवाफ दिएर भने, “पवित्र आत्‍मा तिमीमा आउनुहुनेछ, र सर्वोच्‍चका शक्तिको छाया तिमीमाथि पर्नेछ। यसैकारण जो जन्‍मनुहुनेछ, उहाँ पवित्र, अर्थात्‌ परमेश्‍वरका पुत्र कहलाइनुहुनेछ।

२ शमूएल 22 : 9
9 उहाँको नाकबाट धूवाँ निस्‍क्‍यो, र भस्‍मकारी अग्‍नि उहाँको मुखबाट निस्‍क्‍यो, जलिरहेको आगोको भुङ्‌ग्रो त्‍यसभित्र दन्‍क्‍यो।

यशैया 14 : 12 – 19
12 ए बिहानको तारा, प्रभातको पुत्र, तँ स्‍वर्गबाट कसरी खसेको छस्‌! उहिले जाति-जातिहरूलाई होच्‍याउने, तँ कसरी भूइँमा तल खसालिइस्‌।
13 तैंले आफ्‍नो हृदयमा भनिस्, “म स्‍वर्गमा उक्‍लनेछु। परमेश्‍वरका ताराहरूभन्‍दा माथि म मेरो सिंहासनलाई उच्‍च पार्नेछु। पवित्र पर्वतको सबैभन्‍दा उच्‍च टाकुरामा सभासद्‌को पर्वतमा म विराजमान हुनेछु।
14 म बादलको टुप्‍पाभन्‍दा माथि उक्‍लनेछु, म आफूलाई सर्वोच्‍च परमेश्‍वर जत्तिकै बनाउनेछु।”
15 तर तँ चिहानसम्‍म, खाड़लको तल्‍लो गहिराइसम्‍मै होच्‍याइस्‌।
16 तँलाई देख्‍नेहरूले तँलाई एक टक लाएर हेर्नेछन्, र तेरो भाग्‍यमाथि ध्‍यानसित गुनेर भन्‍नेछन्, “पृथ्‍वीलाई हल्‍लाउने तथा राज्‍यहरूलाई थरहरी पार्ने
17 त्‍यो त्‍यही मानिस हो, जसले संसारलाई मरुभूमि बनायो र त्‍यसका सहरहरूलाई पराजय गर्‍यो? कैदीहरूलाई घर जानलाई नदिने के यो त्‍यही मानिस हो?”
18 जाति-जातिका सबै राजाहरू, प्रत्‍येक आ-आफ्‍नै चिहानमा गौरवमा पस्रिरहेका छन्‌।
19 तर तँचाहिँ त तेरो चिहानबाट नचाहिने हाँगाजस्‍तै फ्‍याँकिइस्‌। तँ तरवारले रोपिएकाहरूसँग, खाड़लका ढुङ्गाहरूमा खसेकाहरूसँग मारिएकाहरूले ढाकिएको छस्‌। तँ खुट्टाले कुल्‍चिएर पैतालामुनि परेको लाशझैँ भएको छस्‌।

दानिएल 7 : 25
25 उसले सर्वोच्‍चको विरुद्धमा बोल्‍नेछ र उहाँका पवित्र जनहरूलाई अत्‍याचार गर्नेछ र ठहर्‍याइएका समय र व्‍यवस्‍थाहरू फेर्न प्रयत्‍न गर्नेछ। पवित्र जनहरू साढ़े तीन वर्षसम्‍म [1] उसको हातमा सुम्‍पिइनेछन्‌।

मत्ती 5 : 9
9 धन्‍य मेलमिलाप गराउनेहरू, किनभने तिनीहरू परमेश्‍वरका छोराहरू कहलाइनेछन्‌।

लूका 6 : 28
28 सराप्‍नेहरूलाई आशीर्वाद देओ, दुर्व्‍यवहार गर्नेहरूका निम्‍ति प्रार्थना गर।

यशैया 3 : 18
18 त्‍यस दिन परमप्रभुले तिनीहरूका सिङ्गारका गहनाहरू, अर्थात्‌ चुरा र शिरबन्‍दी, चन्‍द्रहार,

याकूब 1 : 13
13 परीक्षा हुँदा कसैले पनि यसो नभनोस्, “परमेश्‍वरद्वारा मेरो परीक्षा भएको हो।” किनकि कुनै खराब कुराबाट परमेश्‍वरको परीक्षा हुन सक्‍दैन, र उहाँ आफैले पनि कुनै मानिसको परीक्षा गर्नुहुन्‍न।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *