अरूलाई स्वीकार गर्दै

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् अरूलाई स्वीकार गर्दै

रोमी 14 : 1 – 4
1 विश्‍वासमा कमजोर हुने मानिसलाई ग्रहण गर, तर उसको मतसम्‍बन्‍धी कुरामा वाद-विवाद गर्नलाई होइन।
2 कसैले सबै थोक खान हुन्‍छ भनी विश्‍वास गर्छ, तर विश्‍वासमा कमजोर हुनेले चाहिँ सागसब्‍जी मात्र खान्‍छ।
3 खानेले नखाने मानिसलाई तुच्‍छ नठानोस्, र नखानेले खानेलाई दोष नलगाओस्‌। किनभने परमेश्‍वरले त्‍यसलाई ग्रहण गर्नुभएको छ।
4 अर्काको चाकरलाई इन्‍साफ गर्ने तिमी को हौ? त्‍यो त आफ्‍नै मालिकको सामु खड़ा हुन्‍छ वा पतित हुन्‍छ। त्‍यो खड़ा गराइनेछ, किनभने, त्‍यसका मालिकले त्‍यसलाई खड़ा गराउन सक्‍छ।

रोमी 15 : 5 – 7
5 स्‍थिरता र उत्‍साहका परमेश्‍वरले तिमीहरूलाई ख्रीष्‍ट येशूसँग एक भएर एक-अर्कासँग एक चित्तका भई जिउन देऊन्,
6 कि एकै मनका भएर एउटै सोरले हाम्रा प्रभु येशू ख्रीष्‍टका परमेश्‍वर र पिताको महिमा तिमीहरू गर्न सक।
7 यसकारण परमेश्‍वरका महिमाको निम्‍ति ख्रीष्‍टले तिमीहरूलाई ग्रहण गर्नुभएबमोजिम तिमीहरूले पनि एउटाले अर्कालाई ग्रहण गर।

रोमी 2 : 11
11 किनकि परमेश्‍वरले पक्षपात गर्नुहुन्‍न।

१ कोरिन्थी 5 : 11
11 तर यस्‍ताको सङ्गत नगर्नू भनेर मैले तिमीहरूलाई लेखे, जसले आफैलाई विश्‍वासी भाइ हुँ भनी भन्‍छ, तर वास्‍तवमा जो व्‍यभिचारी, वा लोभी, वा मूर्तिपूजक, वा निन्‍दा गर्ने, वा मतवाला वा लुटाहा हो। त्‍यस्‍तो मानिससँग त खान पनि नबस।

२ यूहन्‍ना 1 : 10 – 11
10 यदि कोही तिमीकहाँ आएर यो सिद्धान्‍त ल्‍याएन भने त्‍यसलाई घरमा स्‍वागत नगर्नू। त्‍यसलाई अभिवादन पनि नगर्नू।
11 किनकि त्‍यसलाई अभिवादन गर्ने त त्‍यसका दुष्‍ट कामहरूमा सहभागी हुन्‍छ।

२ तिमोथी 4 : 1 – 2
1 परमेश्‍वरको सामने र जिउँदा र मरेकाहरूको इन्‍साफ गर्न आउनुहुने ख्रीष्‍ट येशूको सामने, अनि उहाँको आगमन र राज्‍यलाई ध्‍यानमा राखेर म तिमीलाई कड़ा आज्ञा दिँदछु,
2 वचन प्रचार गर, समय र बेसमयमा तत्‍पर बस, अर्ती देऊ, हप्‍काऊ, उत्‍साह देऊ र धैर्यमा र शिक्षा दिने कुरामा नचुक।

यूहन्‍ना 6 : 37
37 पिताले मलाई दिनुहुने सबै मकहाँ आउनेछन्, र मकहाँ आउनेलाई कुनै रीतिले म त्‍याग्‍नेछैनँ।

लूका 6 : 42
42 तिमी आफ्‍नो आँखामा भएको मूढ़ा देख्‍दैनौ भने, आफ्‍नो भाइलाई ‘ए भाइ, तिम्रो आँखामा भएको छेस्‍को मलाई निकाल्‍न देऊ’ भनी तिमी कसरी भन्‍न सक्‍छौ? ए कपटी, पहिला आफ्‍नै आँखाबाट मूढ़ा निकाल, र तब तिमीले भाइको आँखामा भएको छेस्‍को निकाल्‍नलाई छर्लङ्गै देख्‍न सक्‍छौ।

१ यूहन्‍ना 3 : 15
15 आफ्‍नो दाजुभाइलाई घृणा गर्ने हरेक हत्‍यारा हो, र कुनै हत्‍यारासँग अनन्‍त जीवन रहँदैन भन्‍ने तिमीहरूलाई थाहै छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *