अरूलाई दोष लगाउने

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् अरूलाई दोष लगाउने

मत्ती 7 : 3 – 5
3 “किन तिमी आफ्‍नो भाइको आँखामा भएको धूलोको कण देख्‍तछौ, तर तिम्रो आफ्‍नै आँखामा भएको मूढ़ाचाहिँ थाहा पाउँदैनौ?
4 अथवा तिम्रो आफ्‍नै आँखामा मूढ़ा छ भने कसरी तिमी तिम्रो भाइलाई भन्‍न सक्‍छौ, ‘मलाई तिम्रो आँखाबाट धूलोको कण निकाल्‍न देऊ।’
5 ए ढोंगी, पहिले आफ्‍नै आँखाबाट मूढ़ा निकाल, तब तिम्रो भाइको आँखाबाट धूलोको कण निकाल्‍नलाई तिमी सफासँग देख्‍न सक्‍नेछौ।

१ कोरिन्थी 13 : 1 – 13
1 मैले मानिसहरू र स्‍वर्गदूतहरूको भाषामा बोलें तापनि ममा प्रेम छैन भने, म हल्‍ला मचाउने घण्‍टा र झ्‍याइँ-झ्‍याइँ गर्ने झ्‍याली मात्र हुन्‍छु।
2 मसँग अगमवाणी बोल्‍ने शक्ति होला, र सबै रहस्‍य र सबै ज्ञानहरू बुझ्‍न सकूँला, र पहाड़हरू हटाउन सक्‍नेसम्‍मको सम्‍पूर्ण विश्‍वास मसित होला, तर ममा प्रेमचाहिँ छैन भने म केही पनि होइनँ।
3 यदि मैले सारा सम्‍पत्ति बाँड़िदिएँ, र मेरो शरीर जलाउनलाई दिइहालें, तर मसित प्रेम छैन भने मलाई केही लाभ हुँदैन।
4 प्रेम सहनशील हुन्‍छ र दयालु हुन्‍छ। प्रेमले डाह गर्दैन, न शेखी गर्छ।
5 प्रेम हठी हुँदैन, न ढीट हुन्‍छ। प्रेमले आफ्‍नै कुरामा जिद्दी गर्दैन, झर्को मान्‍दैन, खराबीको हिसाब राख्‍दैन।
6 प्रेम खराबीमा प्रसन्‍न हुँदैन, तर ठीक कुरामा रमाउँछ।
7 प्रेमले सबै कुरा सहन्‍छ, सबै कुराको पत्‍यार गर्छ, सबै कुरामा आशा राख्‍छ, सबै कुरामा स्‍थिर रहन्‍छ।
8 प्रेमको कहिल्‍यै अन्‍त्‍य हुँदैन। अगमवाणीहरू बितेर जानेछन्, भाषाहरू बन्‍द हुनेछन्, ज्ञान टलिजानेछ।
9 हाम्रो ज्ञान अपूर्ण छ, हाम्रो अगमवाणी अपूर्ण छ।
10 तर जब सिद्धताचाहिँ आउनेछ, तब अपूर्णता टलिजानेछ।
11 जब म बालक थिएँ तब बालकजस्‍तै बोल्‍थें, बालकले जस्‍तो विचार गर्थें, बालकले जस्‍तै तर्क गर्थें, तर जब म जवान भएँ तब बालकको चाल छोडिदिएँ।
12 अहिले हामी ऐनामा जस्‍तै धमिलोसँग देख्‍छौं, तर त्‍यस बेलाचाहिँ छर्लङ्ग देख्‍नेछौं। अहिले म थोरै मात्र बुझ्‍दछु, त्‍यस बेलाचाहिँ पूरै बुझ्‍नेछु, जसरी म पनि पूर्ण रूपले चिनिएको छु।
13 अब विश्‍वास, आशा, प्रेम, यी तीन रहन्‍छन्, तर यिनमा सर्वोत्तमचाहिँ प्रेम नै हो।

१ कोरिन्थी 2 : 15
15 आत्‍मिक मानिसले सबै कुराको जाँच गर्दछ, तर ऊचाहिँ कुनै मानिसद्वारा जाँचिनेछैन।

गलाती 6 : 1 – 6
1 भाइ हो, यदि कुनै मानिस अपराधमा पक्राउ पर्‍यो भने तिमीहरू जो आत्‍मिक छौ, तिमीहरूले नै नम्रतापूर्वक तिनको सुधार गर। आफ्‍नै पनि विचार राख, नत्रता तिमीहरू पनि परीक्षामा पर्नेछौ।
2 एउटाले अर्काको भार उठाओ, र यसरी ख्रीष्‍टको व्‍यवस्‍था पूरा गर।
3 किनकि कुनै मूल्‍य नभएको मानिसले आफैलाई केही हुँ भनी ठान्‍छ भने त्‍यसले आफैलाई धोका दिन्‍छ।
4 प्रत्‍येकले आफ्‍नै कामको जाँच गरोस्, तब मात्र त्‍यसले आफैलाई अरूसँग तुलना नगरी आफैमाथि गर्व गर्न सक्‍छ।
5 किनभने हरेकले आफ्‍नो भार आफै उठाउनुपर्छ।
6 वचनको शिक्षा पाउने हरेकले आफ्‍ना सबै असल थोकहरू वचन सिकाउनेसँग बाँड़चूड़ गर्नुपर्छ।

हितोपदेश 15 : 13 – 14
13 आनन्‍दित हृदयले अनुहार प्रसन्‍न पार्छ, तर हृदयको पीरले आत्‍मालाई आघात पुर्‍याउँछ।
14 विवेकशील हृदयले ज्ञानको खोजी गर्छ, तर मूर्खको मुखले मूर्खता नै रुचाउँछ।

२ कोरिन्थी 12 : 9
9 तर मलाई उहाँले भन्‍नुभयो, “मेरो अनुग्रह तेरो निम्‍ति पर्याप्‍त छ, किनभने मेरो शक्ति दुर्बलतामा नै सिद्ध हुन्‍छ।” यसकारण ख्रीष्‍टको शक्ति ममा वास गरोस्‌ भनेर म बरु मेरो दुर्बलतामा बढ़ी खुशीसाथ गर्व गर्नेछु।

रोमी 12 : 2
2 यस संसारको ढाँचामा नचल, तर आफ्‍नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित होओ, र परमेश्‍वरको असल, ग्रहणयोग्‍य र सिद्ध इच्‍छा के हो, त्‍यो तिमीहरूले जाँच्‍न सक।

याकूब 4 : 7
7 यसकारण आफैलाई परमेश्‍वरको अधीनमा राख। दियाबलसको विरोध गर, र त्‍यो तिमीहरूबाट भाग्‍नेछ।

फिलिप्पी 3 : 13 – 14
13 भाइ हो, मैले यी सब पक्रिसकेको छु भनी म ठान्‍दिनँ, तर म एउटा काम गर्दछु, कि पछाडिका कुराहरू बिर्सेर र अगाडिका कुराहरूतिर जोड़सँग लम्‍कँदै
14 ख्रीष्‍ट येशूमा परमेश्‍वरको स्‍वर्गीय बोलावटमा पाइने पुरस्‍कारको निम्‍ति निशानातिर म जोड़सँग अगि बढ्‌दछु।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *