यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् अरूलाई दुर्व्यवहार गर्ने
रोमी 12 : 19
19 प्रिय हो, आफैले कहिल्यै बदला नलेओ, तर परमेश्वरको क्रोधमा छोडिदेओ। किनभने, लेखिएको छ, “बदला लिने काम मेरो हो, म नै बदला लिनेछु,” परमप्रभु भन्नुहुन्छ।
हितोपदेश 3 : 27 – 32
27 ज-जसलाई भलाइ गर्नुपर्छ, तेरो हातमा भइञ्जेल त्यो नरोक्,
28 जब कि तँसँग त्यो अहिले नै छ, आफ्नो छिमेकीलाई “पछि आऊ, भोलिपर्सि दिऊँला,” नभन्।
29 आफ्नो छिमेकीको विरुद्धमा षड्यन्त्र नरच्। जो तेरो नजिक भरोसा राखेर बस्दछ।
30 विनाकारण कुनै मानिसलाई दोष नलगा, जसले तेरो कुनै खराबी गरेको छैन।
31 हिंसात्मक मानिसको ईर्ष्या नगर्, र त्यसको कुनै पनि मार्गलाई नछान्।
32 किनकि परमप्रभु कुटिल मानिसलाई घृणा गर्नुहुन्छ, तर सोझाहरूलाई आफ्नो विश्वासमा राख्नुहुन्छ।
२ कोरिन्थी 5 : 10
10 किनकि हामी सबै ख्रीष्टका न्याय-आसनको सामुन्ने खड़ा हुनुपर्छ, यसरी शरीरमा हुँदा आफूले गरेबमोजिम हरेकले असल वा खराब प्रतिफल पाउनेछ।
हितोपदेश 6 : 12 – 15
12 बदमाश र दुष्ट मानिस त्यही हो जो भ्रष्ट कुराकानी गरिहिँड्छ,
13 जसले आँखा झिम्क्याउँछ, र खुट्टा र औँलाले इशारा गर्दछ।
14 आफ्नो छली हृदयमा त्यसले दुष्ट कुरा रच्दछ। त्यसले सधैँ विवाद उत्पन्न गराउँछ।
15 त्यसैले त्यसमाथि अचानक विपत्ति आइलाग्नेछ, उपायविना नै त्यो एक्कासि नष्ट हुनेछ।
हितोपदेश 4 : 14 – 19
14 दुष्टको मार्गमा खुट्टा नहाल् अथवा दुष्ट मानिसको चालमा नहिँड्।
15 त्यसलाई त्यागिदे, त्यसमाथि तेरो पाइला नराख्, त्यसबाट तर्केर आफ्नै बाटो लाग्।
16 किनभने दुष्टहरू खराब काम नगरुञ्जेल सुत्न सक्दैनन्, कसैको पतन नगरुञ्जेल तिनीहरूलाई निद्रै लाग्दैन।
17 दुष्टता तिनीहरूको भोजन र उपद्रव तिनीहरूको पिउने पदार्थ हो।
18 धर्मीको चाल प्रभातको प्रथम चमकजस्तै हो, त्यो मध्यदिन नहोउञ्जेल झन्-झन् चहकिलो हुँदैजान्छ।
19 तर दुष्टको चालचाहिँ घोर अन्धकारजस्तो हो, केले आफ्नो पतन हुँदैछ सो तिनीहरू जान्दैनन्।
हितोपदेश 3 : 5 – 6
5 आफ्नो सारा हृदयले परमेश्वरमा भरोसा राख्, र तेरो आफ्नै समझशक्तिमा भर नपर्
6 आफ्ना सारा मार्गमा उहाँलाई सम्झी, र उहाँले तेरा मार्गहरू सोझा तुल्याइदिनुहुनेछ।
मत्ती 19 : 1 – 30
1 यी कुरा बोल्नुभएपछि येशू गालीलबाट यर्दनपारि यहूदाको इलाकातिर जानुभयो।
2 ठूला भीड़हरू उहाँको पछि लागे र उहाँले त्यहाँ मानिसहरूलाई निको पार्नुभयो।
3 फरिसीहरू उहाँकहाँ आएर उहाँलाई जाँच गर्न भनी उहाँलाई सोधे, “के कसैले कुनै कारण पत्नीसँग विवाहविच्छेद गर्न उचित छ?”
4 तर उहाँले भन्नुभयो, “के तिमीहरूले पढ़ेका छैनौ, कि सृष्टिकर्ताले तिनीहरूलाई सुरुमा नै नर र नारी बनाउनुभयो,
5 र भन्नुभयो, ‘यसैकारण मानिसले आफ्ना बुबा र आमालाई छोड़ेर आफ्नी पत्नीसँग मिलिरहन्छ, र ती दुई जना एउटै शरीर हुनेछन्।’
6 ती अब दुई होइनन्, तर एउटै शरीर हुन्छन्। यसकारण परमेश्वरले जसलाई एकसाथ जोड्नुभएको छ, त्यसलाई कुनै मानिसले नछुट्ट्याओस्।”
7 तिनीहरूले उहाँलाई भने, “मोशाले किन विवाहविच्छेदको त्यागपत्र दिएर पत्नीलाई त्याग्ने आज्ञा दिए?”
8 उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूका हृदयको कठोरताले गर्दा नै मोशाले पत्नीलाई त्याग गर्ने अनुमति तिमीहरूलाई दिएका हुन्। तर सुरुदेखि यस्तो थिएन।
9 म तिमीहरूलाई भन्दछु, जसले व्यभिचारको कारणबाहेक आफ्नी पत्नीलाई त्यागेर अर्कीसँग विवाह गर्छ, त्यसले व्यभिचार गर्दछ, अनि जसले त्यागिएकीलाई विवाह गर्छ, त्यसले पनि व्यभिचार गर्दछ।”
10 चेलाहरूले उहाँलाई भने, “पति-पत्नीको यस्तै सम्बन्ध हो भनेता, विवाह नगर्नु नै असल हुनेछ।”
11 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “सबै मानिसले यो वचन ग्रहण गर्न सक्दैनन्, केवल तिनीहरूले मात्र सक्छन् जसलाई यो दिइएको छ।
12 किनकि कोही जन्मँदै नपुंसक हुन्छन्, कतिचाहिँ मानिसले बनाएका नपुंसक हुन्छन्। कतिचाहिँ आफैले आफैलाई स्वर्ग-राज्यको निम्ति नपुंसक बनाउँछन्। जसले यो ग्रहण गर्न सक्छ, त्यसले त्यो ग्रहण गरोस्।”
13 येशूले बालकहरूमाथि हात राखी प्रार्थना गरिदेऊन् भनी मानिसहरूले तिनीहरूलाई उहाँकहाँ ल्याए। अनि चेलाहरूले ती मानिसहरूलाई हप्काए।
14 तर येशूले भन्नुभयो, “बालकहरूलाई मकहाँ आउन देओ, तिनीहरूलाई नरोक। किनभने स्वर्गको राज्य यस्तैहरूको हो।”
15 अनि बालकहरूमाथि हात राख्नुभएपछि उहाँ त्यहाँबाट जानुभयो।
16 उहाँकहाँ आएर एक जनाले भने, “हे गुरु, मैले अनन्त जीवन प्राप्त गर्नलाई के असल काम गर्नुपर्छ?”
17 उहाँले तिनलाई भन्नुभयो, “असल के हो त्यस विषयमा तिमी मलाई किन सोध्दछौ? असल त एउटै मात्र हुनुहुन्छ। तर तिमी जीवनमा प्रवेश गर्न इच्छा गर्दछौ भने, आज्ञाहरू पालन गर।”
18 तिनले उहाँलाई भने, “कुन-कुनचाहिँ?” येशूले भन्नुभयो, “तैंले हत्या नगर्नू, तैंले व्यभिचार नगर्नू, तैंले चोरी नगर्नू, तैंले झूटो गवाही नदिनू।
19 आफ्ना आमा-बुबाको आदर गर्नू, र आफ्नो छिमेकीलाई आफूलाई झैँ प्रेम गर्नू।”
20 ती जवान मानिसले उहाँलाई भने, “यी सब त मैले पालन गरेकै छु। अब ममा के कमी छ?”
21 येशूले तिनलाई भन्नुभयो, “तिमी सिद्ध हुन चाहन्छौ भने, गएर तिमीसित भएका सबै बेचेर दरिद्रहरूलाई देऊ, र तिमीले स्वर्गमा धन प्राप्त गर्नेछौ, अनि आएर मपछि लाग।”
22 जब ती जवान मानिसले यो कुरा सुने, तिनी दुःखित भएर गइहाले, किनकि तिनको धेरै धन-सम्पत्ति थियो।
23 अनि येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “साँच्चै, म तिमीहरूलाई भन्दछु, स्वर्गको राज्यमा धनी मानिसलाई प्रवेश गर्नु गाह्रो पर्नेछ।
24 फेरि म तिमीहरूलाई भन्दछु, धनी मानिसलाई परमेश्वरको राज्यभित्र पस्नुभन्दा बरु ऊँटलाई सियोको नाथ्रीबाट छिर्नु सजिलो हुनेछ।”
25 यो सुनेर चेलाहरूले अति आश्चर्य मानी सोधे, “तब कसले उद्धार पाउन सक्छ?”
26 येशूले तिनीहरूमाथि दृष्टि लगाई भन्नुभयो, “मानिसहरूका लागि यो असम्भव छ, तर परमेश्वरको लागि सबै कुरा सम्भव छ।”
27 तब पत्रुसले उहाँलाई भने, “हेर्नुहोस् हामीले त सबै थोक छोड़ेर तपाईंको पछि लागेका छौं। हामीले चाहिँ के पाउनेछौं?”
28 येशूले तिनीहरूलाई भन्नुभयो, “साँच्चै, म तिमीहरूलाई भन्दछु, तिमीहरू जो मेरो पछि लागेका छौ, नयाँ सृष्टिमा जब मानिसको पुत्र आफ्नो महिमाको सिंहासनमा बस्नेछ, तब तिमीहरू पनि बाह्र सिंहासनमा बस्नेछौ, र इस्राएलका बाह्र कुलमाथि इन्साफ गर्नेछौ।
29 हरेक जसले मेरो नाउँको खातिर घर, दाजुभाइ वा दिदी-बहिनी अथवा बुबा वा आमा वा छोरा-छोरी वा जग्गाजमिन छोड़ेको छ, त्यसले सय गुणा पाउनेछ, र अनन्त जीवनको अधिकार पाउनेछ।
30 तर धेरै जो पहिला छन् पछि पर्नेछन्, र पछि हुनेहरूचाहिँ पहिला हुनेछन्।”
हितोपदेश 3 : 13 – 15
13 धन्य हो त्यो मानिस जसले बुद्धि प्राप्त गर्छ, र समझशक्ति हासिल गर्छ,
14 किनभने बुद्धि चाँदीभन्दा धेरै लाभदायक हुन्छ, र त्यसले सुनले भन्दा बढ़ी फाइदा दिन्छ।
15 त्यो मानिकभन्दा पनि बहुमूल्य हुन्छ, र तैंले इच्छा गरेको कुनै पनि थोक त्यससँग तुलना गर्न सकिँदैन।
गलाती 3 : 28
28 अब न त यहूदी छ न ग्रीक, न कमारा छ न फुक्का, न त पुरुष न स्त्री छ, किनभने ख्रीष्ट येशूमा तिमीहरू सबै एउटै हौ।
मत्ती 19 : 14
14 तर येशूले भन्नुभयो, “बालकहरूलाई मकहाँ आउन देओ, तिनीहरूलाई नरोक। किनभने स्वर्गको राज्य यस्तैहरूको हो।”
भजनसंग्रह 24 : 1 – 10
1 दाऊदको भजन [1] पृथ्वी र त्यसमा भएका जो-जति छन् सबै परमप्रभुका हुन्, संसार र त्यसमा वास गर्नेहरू सबै उहाँकै हुन्।
2 किनभने उहाँले त्यसलाई समुद्रमाथि बसाल्नुभएको छ, र पानीहरूको गहिराइमा त्यसलाई स्थापित गर्नुभएको छ।
3 परमप्रभुको डाँड़ामा को उक्लन सक्ला? र उहाँको पवित्रस्थानमा को खड़ा हुन सक्छ?
4 त्यही नै, जसको हात निर्दोष छ, र जसको हृदय निर्मल छ, जसले आफ्नो मनलाई मूर्तितिर लगाएको छैन, र जसले झूटो कुरामाथि शपथ खाँदैन।
5 त्यसले नै परमप्रभुबाट आशीर्वाद पाउनेछ, र त्यसको उद्धारकर्ता परमेश्वरले त्यसलाई निर्दोष ठहराउनुहुनेछ।
6 उहाँलाई खोज्ने पुस्ताका मानिसहरू यस्तै हुन्छन्, जसले, हे याकूबका परमेश्वर, तपाईंको दर्शन खोज्दछन्। सेला
7 हे मूल ढोका हो, तिमीहरूका शिर उठाओ, हे प्राचीन ढोका हो, उच्च होओ, र महिमाका महाराजा तीबाट प्रवेश गरून्।
8 महिमाका महाराजा को हुनुहुन्छ? परमप्रभु, जो सामर्थी र प्रतापी हुनुहुन्छ, परमप्रभु, जो लड़ाइँमा पराक्रमी हुनुहुन्छ।
9 हे मूल ढोका हो, तिमीहरूका शिर उठाओ, हे प्राचीन ढोका हो, शिर उठाओ, र महिमाका महाराजा तीबाट प्रवेश गरून्!
10 महिमाका यी महाराजाचाहिँ को हुनुहुन्छ? सर्वशक्तिमान् परमप्रभु, उहाँ नै महिमाका महाराजा हुनुहुन्छ। सेला
हितोपदेश 4 : 11 – 13
11 म तँलाई बुद्धिको बाटो सिकाउँछु र सोझो बाटोमा डोर्याउँछु।
12 तँ हिँड्दा, तेरा पाइलाहरू अड्किनेछैनन्, तँ दगुर्दा लरबरिनेछैनस्।
13 अर्तीलाई समातिराख्, त्यसलाई उम्कन नदे, त्यसलाई राम्ररी पालन गर्, किनभने त्यो तेरो जीवन हो।
२ पत्रुस 3 : 18
18 तर हाम्रा प्रभु र मुक्तिदाता येशू ख्रीष्टको अनुग्रह र ज्ञानमा बढ्दैजाओ। उहाँलाई अहिले र सदासर्वदा महिमा होस्। आमेन।
हितोपदेश 12 : 27
27 अल्छे शिकारीले शिकार फेला पार्दैन, तर लगनशील मानिसले धन-सम्पत्ति पाउँछ।
२ कोरिन्थी 5 : 1
1 किनभने हामी जान्दछौं, कि हामीले वास गरेको यो पार्थिव शरीर ढली गए तापनि स्वर्गमा अनन्तसम्म रहने परमेश्वरले दिनुभएको हाम्रो घर छ, जो हातले बनाइएको होइन।
मत्ती 5 : 3 – 10
3 “धन्य आत्मामा दीन हुनेहरू, किनभने स्वर्गको राज्य तिनीहरूको हो।
4 धन्य शोक गर्नेहरू, किनभने तिनीहरूले सान्त्वना पाउनेछन्।
5 धन्य नम्रहरू, किनभने तिनीहरूले पृथ्वीको अधिकार पाउनेछन्।
6 धन्य धार्मिकताको निम्ति भोकाउने र तिर्खाउनेहरू, किनभने तिनीहरू तृप्त हुनेछन्।
7 धन्य दयावन्तहरू, किनभने तिनीहरूले दया पाउनेछन्।
8 धन्य शुद्ध हृदय हुनेहरू, किनभने तिनीहरूले परमेश्वरलाई देख्नेछन्।
9 धन्य मेलमिलाप गराउनेहरू, किनभने तिनीहरू परमेश्वरका छोराहरू कहलाइनेछन्।
10 धन्य धार्मिकताको निम्ति सताइनेहरू, किनभने स्वर्गको राज्य तिनीहरूको हो।
मत्ती 6 : 1
1 “होशियार बस, तिमीहरू मानिसहरूलाई देखाउनलाई धर्मकार्य नगर। नत्रता स्वर्गमा हुनुहुने तिमीहरूका पिताबाट तिमीहरूले केही इनाम पाउनेछैनौ।
हितोपदेश 2 : 6 – 15
6 किनभने परमप्रभुले बुद्धि दिनुहुन्छ, र उहाँको मुखबाट ज्ञान र समझशक्तिका कुराहरू निस्कन्छन्।
7 उहाँले ईमानदारको लागि आफ्नो भण्डारमा विजय साँचेर राख्नुभएको छ, जसको चाल निर्दोष छ तिनीहरूका लागि उहाँ ढाल हुनुहुन्छ,
8 किनभने उहाँले न्यायको मार्ग रक्षा गर्नुहुन्छ, र आफ्ना विश्वासयोग्य भक्तजनहरूको बाटो सुरक्षित राख्नुहुन्छ।
9 तब धार्मिकता न्यायसङ्गत र उचित के हो— साथै हरेक असल मार्ग के हो तैंले बुझ्नेछस्।
10 किनभने बुद्धिले तेरो हृदयमा प्रवेश गर्नेछ, र ज्ञानचाहिँ तेरो प्राणको लागि आनन्ददायक हुनेछ।
11 विवेकले तँमाथि हेरचाह गर्नेछ, समझशक्तिले तेरो रक्षा गर्नेछ।
12 बुद्धिले तँलाई दुष्ट चालबाट, र छली कुरा गर्ने मानिसहरूबाट जोगाउनेछ।
13 त्यस्ताहरू ईमानदारीको चाल त्यागेर अन्धकारमा हिँड्डुल गर्छन्,
14 तिनीहरू खराब काम गर्नमा प्रसन्न हुन्छन्, र दुष्टको बदमाशीमा रमाउँछन्,
15 जसका बाटाहरू बाङ्गोटिङ्गो, र जसका आफ्नै चालहरू कुटिल छन्।
याकूब 5 : 16
16 यसकारण तिमीहरू एकले-अर्कासँग आ-आफ्ना पाप स्वीकार गर। तिमीहरू निको हुनलाई एउटाले अर्काको निम्ति प्रार्थना गर। धार्मिक मानिसको प्रार्थना शक्तिशाली र प्रभावशाली हुन्छ।
Leave a Reply