अरूप्रति दयालु हुनु

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् अरूप्रति दयालु हुनु

लूका 6 : 31
31 जसो मानिसहरूले तिमीहरूसँग गरून्‌ भन्‍ने तिमीहरू इच्‍छा गर्दछौ, तिमीहरूले पनि तिनीहरूसँग त्‍यसै गर।

यूहन्‍ना 13 : 34 – 35
34 “एउटा नयाँ आज्ञा म तिमीहरूलाई दिँदछु: तिमीहरू एक-अर्कालाई प्रेम गर। तिमीहरूसँग मैले जस्‍तो प्रेम गरेको छु, तिमीहरूले पनि एक-अर्कालाई त्‍यस्‍तै प्रेम गर।
35 यदि तिमीहरूले एक-अर्कालाई प्रेम गर्‍यौ भने, यसैबाट सबैले जान्‍नेछन्, कि तिमीहरू मेरा चेलाहरू हौ।”

रोमी 12 : 9 – 13
9 प्रेम निष्‍कपट होस्‌। जुन कुरा खराब छ, त्‍यसलाई घृणा गर। जुन कुरा असल छ, त्‍यसमा लागिरहो।
10 भातृ-प्रेमसँग एकअर्कालाई प्रेम गर। आफूलाई भन्‍दा बढ़ी अरूलाई आदर गर।
11 जोशमा पछि नहट। पवित्र आत्‍मामा प्रज्‍वलित होओ, प्रभुको सेवा गर्दैरहो।
12 आफ्‍नो आशामा आनन्‍द गर, सङ्कष्‍टमा धैर्य धारण गर, प्रार्थनामा निरन्‍तर लागिरहो।
13 सन्‍तहरूको खाँचोमा सहायता देओ, अतिथिसत्‍कार कायम राख।

गलाती 5 : 22 – 23
22 तर पवित्र आत्‍माको फलचाहिँ प्रेम, आनन्‍द, शान्‍ति, धैर्य, दया, भलाइ, विश्‍वस्‍तता,
23 नम्रता, संयम हुन्‌। यस्‍ता कुराहरूका विरुद्धमा कुनै व्‍यवस्‍था छैन।

हिब्रू 13 : 1 – 2
1 भातृ-प्रेम बनिरहोस्‌।
2 परदेशीहरूको अतिथि-सत्‍कार गर्न नबिर्स, किनकि यसरी नै कसै-कसैले थाहै नपाई स्‍वर्गदूतहरूको सत्‍कार गरेका छन्‌।

१ पत्रुस 4 : 9
9 विनागनगन एउटाले अर्काको अतिथिसत्‍कार गर।

लूका 10 : 30 – 37
30 येशूले जवाफ दिनुभयो, “एक जना मानिस यरूशलेमबाट यरीहोतिर जाँदैथियो। त्‍यो डाँकूहरूको फेला पर्‍यो। तिनीहरूले त्‍यसलाई नाङ्गै पारेर पिटे, र अधमरो पारी छोड़ेर गए।
31 संयोगले एक जना पूजाहारी त्‍यही बाटो भएर जाँदैथियो, र त्‍यो अधमरो मान्‍छेलाई देखेर त्‍यो अर्कोपट्टि तर्केर गयो।
32 त्‍यसै गरी एक जना लेवी पनि त्‍यस ठाउँमा आएर त्‍यसलाई देखेपछि अर्कोपट्टि तर्केर गयो।
33 तर एक जना सामरी उसको यात्रामा जाँदैगर्दा त्‍यो मान्‍छे भएको ठाउँमा आइपुग्‍यो, र त्‍यसलाई देखेर उसको मन दयाले भरियो।
34 र त्‍यसकहाँ गएर तेल र दाखमद्य लगाएर त्‍यसका घाउहरूमा पट्टी बाँधिदियो, र आफ्‍नै गधामाथि चढ़ाएर त्‍यसलाई एउटा पौवामा ल्‍याई त्‍यसको हेरचाह गर्‍यो।
35 भोलिपल्‍ट उसले चाँदीका दुई सिक्‍का पौवाको मालिकलाई दिएर भन्‍यो, ‘यिनको हेरचाह गर, र अरू बढ़ी खर्च लागे म फर्केर आउँदा तिमीलाई तिरिदिनेछु’।”
36 येशूले सोध्‍नुभयो, “तिम्रो विचारमा यी तीन जनामध्‍ये डाँकूहरूका हातमा पर्ने मानिसको छिमेकी कुनचाहिँ ठहरियो?”
37 तिनले भने, “त्‍यस मानिसमाथि दया देखाउनेचाहिँ।” तब येशूले तिनलाई भन्‍नुभयो, “जाऊ, तिमी पनि त्‍यसै गर।”

१ कोरिन्थी 13 : 1 – 13
1 मैले मानिसहरू र स्‍वर्गदूतहरूको भाषामा बोलें तापनि ममा प्रेम छैन भने, म हल्‍ला मचाउने घण्‍टा र झ्‍याइँ-झ्‍याइँ गर्ने झ्‍याली मात्र हुन्‍छु।
2 मसँग अगमवाणी बोल्‍ने शक्ति होला, र सबै रहस्‍य र सबै ज्ञानहरू बुझ्‍न सकूँला, र पहाड़हरू हटाउन सक्‍नेसम्‍मको सम्‍पूर्ण विश्‍वास मसित होला, तर ममा प्रेमचाहिँ छैन भने म केही पनि होइनँ।
3 यदि मैले सारा सम्‍पत्ति बाँड़िदिएँ, र मेरो शरीर जलाउनलाई दिइहालें, तर मसित प्रेम छैन भने मलाई केही लाभ हुँदैन।
4 प्रेम सहनशील हुन्‍छ र दयालु हुन्‍छ। प्रेमले डाह गर्दैन, न शेखी गर्छ।
5 प्रेम हठी हुँदैन, न ढीट हुन्‍छ। प्रेमले आफ्‍नै कुरामा जिद्दी गर्दैन, झर्को मान्‍दैन, खराबीको हिसाब राख्‍दैन।
6 प्रेम खराबीमा प्रसन्‍न हुँदैन, तर ठीक कुरामा रमाउँछ।
7 प्रेमले सबै कुरा सहन्‍छ, सबै कुराको पत्‍यार गर्छ, सबै कुरामा आशा राख्‍छ, सबै कुरामा स्‍थिर रहन्‍छ।
8 प्रेमको कहिल्‍यै अन्‍त्‍य हुँदैन। अगमवाणीहरू बितेर जानेछन्, भाषाहरू बन्‍द हुनेछन्, ज्ञान टलिजानेछ।
9 हाम्रो ज्ञान अपूर्ण छ, हाम्रो अगमवाणी अपूर्ण छ।
10 तर जब सिद्धताचाहिँ आउनेछ, तब अपूर्णता टलिजानेछ।
11 जब म बालक थिएँ तब बालकजस्‍तै बोल्‍थें, बालकले जस्‍तो विचार गर्थें, बालकले जस्‍तै तर्क गर्थें, तर जब म जवान भएँ तब बालकको चाल छोडिदिएँ।
12 अहिले हामी ऐनामा जस्‍तै धमिलोसँग देख्‍छौं, तर त्‍यस बेलाचाहिँ छर्लङ्ग देख्‍नेछौं। अहिले म थोरै मात्र बुझ्‍दछु, त्‍यस बेलाचाहिँ पूरै बुझ्‍नेछु, जसरी म पनि पूर्ण रूपले चिनिएको छु।
13 अब विश्‍वास, आशा, प्रेम, यी तीन रहन्‍छन्, तर यिनमा सर्वोत्तमचाहिँ प्रेम नै हो।

हिब्रू 10 : 19 – 25
19 यसकारण भाइ हो, येशूको रगतद्वारा महापवित्र स्‍थानमा प्रवेश गर्ने साहस हामीलाई हुन्‍छ।
20 हाम्रा निम्‍ति एउटा नयाँ र जीवित मार्ग उहाँले खोलिदिनुभयो, जसको कारण पर्दाद्वारा, अर्थात्‌ उहाँको शरीरद्वारा भएर हामी भित्र पस्‍न सक्‍छौं।
21 परमेश्‍वरको घरानामा हाम्रा एक जना महान्‌ पूजाहारी हुनुभएको हुनाले,
22 हाम्रा हृदय खराब विवेकबाट छर्कोद्वारा चोख्‍याइएर र शुद्ध पानीले हाम्रो शरीरलाई धोएर साँचो हृदयले विश्‍वासको सम्‍पूर्ण भरोसामा हामी परमेश्‍वरको समीप जाऔं।
23 हामीले दृढ़ स्‍वीकार गरेको आशालाई दोधार नभईकन दह्रिलोसँग थामिराखौं, किनकि जसले प्रतिज्ञा गर्नुभयो, उहाँ विश्‍वासयोग्‍य हुनुहुन्‍छ।
24 हामी एउटाले अर्कालाई प्रेम र असल कामको निम्‍ति कसरी उत्‍साहित गराउने त्‍यस कुरामाथि विचार गरौं।
25 कति जनाको सङ्गतिमा नजाने बानी हुन्‍छ, तर हामीचाहिँ एकसाथ भेला हुन नछोडौं। तर प्रभुको दिन नजिक आइरहेको तिमीहरूले देखेका हुनाले एउटाले अर्कालाई झन्‌ प्रोत्‍साहन देओ।

मत्ती 7 : 21 – 23
21 “मलाई ‘प्रभु, प्रभु’ भन्‍ने सबै स्‍वर्गको राज्‍यमा प्रवेश गर्नेछैनन्‌। स्‍वर्गमा हुनुहुने मेरा पिताको इच्‍छा पालन गर्ने मानिस मात्र परमेश्‍वरको राज्‍यमा प्रवेश गर्नेछ।
22 त्‍यो दिन धेरैले मलाई भन्‍नेछन्, ‘प्रभु, प्रभु, के हामीले तपाईंको नाउँमा अगमवाणी बोलेनौं? तपाईंको नाउँमा भूतहरू धपाएनौं। र तपाईंको नाउँमा अनेक शक्तिशाली काम गरेनौं र?’
23 अनि म तिनीहरूलाई सफासँग भन्‍नेछु, ‘मैले तिमीहरूलाई कहिल्‍यै चिनेको छैनँ। ए अधर्म काम गर्नेहरू हो, मबाट दूर होओ।’

गलाती 2 : 6
6 प्रतिष्‍ठित देखा पर्ने व्‍यक्तिहरू जो थिए— र तिनीहरू जस्‍ता भए तापनि मलाई त केही फरक पर्दैन, परमेश्‍वरले मानिसको पनपक्ष गर्नुहुन्‍न— यिनीहरूले मेरो सन्‍देशमा केही थपिदिएनन्‌।

कलस्सी 3 : 12 – 14
12 यसकारण परमेश्‍वरका चुनिएकाहरू, पवित्र र प्रिय भएर तिमीहरूले करुणा, दया, दीनता, नम्रता र धैर्य धारण गर।
13 एउटाले अर्कालाई सहने गर, कुनै मानिसको विरुद्धमा केही दोषको कारण छ भने, एक-अर्कालाई क्षमा गर्ने गर। जसरी प्रभुले तिमीहरूलाई क्षमा गर्नुभएको छ, त्‍यसरी तिमीहरूले पनि क्षमा गर्नुपर्छ।
14 यी सबैभन्‍दा बढ़ी बरु प्रेम धारण गर, जसले सबै थोकलाई सम्‍पूर्ण एकतामा एकसाथ बाँध्‍छ।

१ राजाहरू 17 : 10 – 24
10 यसैले तिनी सारपतमा गए। जब तिनी सारपतको मूल ढोकामा आइपुगे, तब तिनले एउटी विधवालाई दाउरा बटुलिरहेकी देखे। तिनले हपारेर त्‍यसलाई भने, “कृपा गरी एउटा लोहोटामा मलाई अलिकता पानी पिउनलाई ल्‍याइदेऊ।”
11 त्‍यो विधवा पानी ल्‍याउनलाई जाँदाजाँदै तिनले फेरि हपारेर त्‍यसलाई भने, “कृपा गरी एक टुक्रा रोटी मलाई ल्‍याइदेऊ।”
12 त्‍यस विधवाले जवाफ दिई “जीवित परमप्रभु तपाईंका परमेश्‍वरको नाउँमा शपथ खाएर म भन्‍छु, कि भाँड़ामा एक मुट्ठी पीठो र ढुङ्‌ग्रोमा अलिकता तेलबाहेक मसित केही रोटी छैन। म आफै र मेरो छोराको निम्‍ति खानेकुरा बनाएर खाई मर्नलाई घरमा केही झिँजामिजा लानलाई खोज्‍दैछु।”
13 एलियाले त्‍यसलाई भने, “नडराऊ, घर गएर तिमीले भनेझैँ गर। तर पहिले तिमीसित जे छ त्‍यसको एउटा सानो रोटी बनाएर मकहाँ ल्‍याऊ, र त्‍यसपछि तिमी र तिम्रो छोराको निम्‍ति केही बनाऊ।
14 किनकि परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: ‘देशमा परमप्रभुले पानी नपठाउञ्‍जेल भाँड़ाको पीठो सिद्धिनेछैन र ढुङ्‌ग्रोको तेल रित्तिनेछैन’।”
15 त्‍यो विधवा गएर एलियाले भनेझैँ गरी। यसैले एलियाको निम्‍ति र त्‍यो र त्‍यसका परिवारको निम्‍ति दिनहुँ खानेकुरा भयो।
16 किनकि एलियाद्वारा परमप्रभुले भन्‍नुभएझैँ भाँड़ाको पीठो सिद्धिएन, र ढुङ्‌ग्रोको तेल पनि रित्तिएन।
17 केही समयपछि त्‍यो स्‍त्री, त्‍यस घरकी मालिक्‍नीको छोरो बिरामी पर्‍यो, र त्‍यो झन्‌-झन्‌ सिकिस्‍त हुँदैगयो, अनि आखिरमा त्‍यसले सास फेर्न पनि छोड़्यो।
18 तब त्‍यस स्‍त्रीले एलियालाई भनी, “हे परमेश्‍वरका जन, तपाईंको मेरो विरुद्धमा के छ? के तपाईं यहाँ मेरो पाप सम्‍झाएर मेरो छोरालाई मार्न आउनुभएको हो?”
19 एलियाले जवाफ दिए, “तिम्रो छोरो यहाँ मलाई देऊ।” एलियाले त्‍यसलाई त्‍यस स्‍त्रीका हातबाट लिएर आफू बसेको माथिल्‍लो कोठामा लगे, र त्‍यसलाई आफ्‍नो ओछ्यानमा राखे।
20 त्‍यसपछि तिनले परमप्रभुलाई हपारेर भने, “हे परमप्रभु मेरा परमेश्‍वर, के म जसकहाँ बसेको छु त्‍यसको छोरालाई मारेर त्‍यस विधवामाथि यो विपत्ति तपाईंले ल्‍याउनुभएको हो?”
21 तब तिनी तीन पल्‍ट त्‍यस बालकमाथि लमतन्‍न पस्रे, र परमप्रभुलाई हपारेर भने, “हे परमप्रभु मेरा परमेश्‍वर, फेरि यस बालकको जीवन यसमा फर्कोस्‌।”
22 परमप्रभुले एलियाको पुकारा सुन्‍नुभयो, र त्‍यसमा जीवन फर्क्‍यो र त्‍यो बाँच्‍यो।
23 एलियाले बालकलाई उठाएर कोठाबाट तल घरमा लगे। त्‍यसकी आमालाई तिनले दिएर यसो भने, “हेर त, तिम्रो छोरो जिउँदैछ।”
24 तब त्‍यस विधवाले एलियालाई भनी, “अब मलाई यो थाहा भयो, कि तपाईं परमेश्‍वरका जन हुनुहुँदोरहेछ, र तपाईंको मुखबाट निस्‍केको परमप्रभुको वचन सत्‍य रहेछ।”

कलस्सी 4 : 1 – 18
1 मालिक हो, तिमीहरूका पनि स्‍वर्गमा मालिक हुनुहुन्‍छ भन्‍ने जानेर आफ्‍ना कमाराहरूसँग न्‍यायसङ्गत र उचित व्‍यवहार गर।
2 सतर्क भएर धन्‍यवादसहित स्‍थिर भई प्रार्थनामा लागिरहो।
3 हाम्रा निम्‍ति पनि प्रार्थना गर, ताकि ख्रीष्‍टको त्‍यो रहस्‍य प्रचार गर्नलाई परमेश्‍वरले हामीलाई वचनको निम्‍ति एउटा ढोका खोलिदेऊन्, जसको निम्‍ति म थुनामा परेको छु,
4 र मैले बोल्‍नुपर्ने वचन खुलस्‍त पार्न सकूँ।
5 समयको सदुपयोग गर्दै, बाहिरकाहरूसँग बुद्धिमानीसाथ व्‍यवहार गर।
6 नूनले स्‍वादिलो पारेजस्‍तो तिमीहरूको बोलीवचन सधैँ कृपालु होस्, ताकि प्रत्‍येकलाई कसरी जवाफ दिनुपर्ने हो, सो तिमीहरू जान।
7 मेरो विषयमा सबै कुरा प्रिय भाइ, विश्‍वासी धर्म-सेवक र प्रभुमा सङ्गी-दास तुखिकसले तिमीहरूलाई भन्‍नेछन्‌।
8 यस अभिप्रायले नै मैले तिनलाई तिमीहरूकहाँ पठाएको हुँ, कि तिमीहरूले हाम्रो विषयमा थाहा पाओ, र तिनले तिमीहरूका हृदयलाई प्रोत्‍साहित तुल्‍याऊन्‌।
9 तिनीसँग ओनेसिमस आउँदैछन्, जो तिमीहरूमध्‍येका एक जना हुन्, र तिनी हाम्रा विश्‍वासी र प्रिय भाइ हुन्‌। यहाँको सबै हालखबर तिनीहरूले तिमीहरूलाई बताउनेछन्‌।
10 मेरा सङ्गी-कैदी, अरिस्‍तार्खसले तिमीहरूलाई अभिवादन पठाएका छन्‌। बारनाबासको भानिज मर्कूसको पनि अभिवादन। तिनको विषयमा तिमीहरूले आदेश पाइसकेका छौ— तिनी तिमीहरूकहाँ आए भने तिनलाई स्‍वागत गर।
11 युस्‍तस नाउँ भएका येशूले पनि तिमीहरूलाई अभिवादन पठाएका छन्‌। परमेश्‍वरका राज्‍यको निम्‍ति मेरा सहकर्मीहरूमध्‍ये यहूदी विश्‍वासीहरू यिनीहरू मात्र हुन्‌। यिनीहरूद्वारा मलाई सान्‍त्‍वना मिलेको छ।
12 तिमीहरूमध्‍येका एक जना ख्रीष्‍ट येशूका दास इपाफ्रासले पनि अभिवादन पठाएका छन्‌। तिनले आफ्‍ना प्रार्थनामा परिश्रमसाथ सधैँ तिमीहरूलाई स्‍मरण गर्छन्, ताकि तिमीहरू परिपक्‍व होओ, र परमेश्‍वरका सारा इच्‍छामा सम्‍पूर्ण रूपले निर्धक्‍क भई बस्‍न सक।
13 किनकि म तिनको निम्‍ति गवाही दिन्‍छु, कि तिमीहरू र लाउडिकिया र हिरापोलिसमा हुनेहरूका निम्‍ति तिनले घोर परिश्रम गरेका छन्‌।
14 प्रिय वैद्य लूका र डेमासले पनि तिमीहरूलाई अभिवादन पठाएका छन्‌।
15 लाउडिकियाका भाइहरू र नुम्‍फास र तिनका घरमा भएका मण्‍डलीलाई मेरो अभिवादन देओ।
16 तिमीहरूका बीचमा यो पत्र पढ़िएपछि लाउडिकियाका मण्‍डलीमा पनि यो पढ्‌न लगाओ, र लाउडिकियाको चिट्ठी पनि तिमीहरूले पढ़।
17 “तिमीले प्रभुबाट पाएका सेवाको काम पूरा गर” भनी अर्खिप्‍पसलाई भनिदेओ।
18 म पावल, यो अभिवादनचाहिँ आफ्‍नै हातले लेख्‍दैछु। मेरा साङ्‌लाहरूलाई याद राख। तिमीहरूसँग अनुग्रह रहोस्‌।

१ पत्रुस 3 : 8 – 12
8 अन्‍त्‍यमा तिमीहरू सबैमा आत्‍माको एकता राख, एउटाले अर्कोलाई सहानुभूति देखाओ, भातृ-प्रेम गर, कोमल हृदयका होओ, र नम्र मनका होओ।
9 खराबीको बदला खराबी नगर्ने अथवा अपमानको बदला अपमान नगर्ने, बरु त्‍यसको सट्टामा आशिष्‌ दिने होओ, किनकि यसैको लागि तिमीहरू बोलाइएका छौ, कि तिमीहरूले आशिष्‌ प्राप्‍त गर्न सक।
10 किनकि, “जसले जीवनलाई प्रेम गर्छ, र असल दिनहरू देख्‍ने इच्‍छा गर्दछ, त्‍यसले आफ्‍नो जिब्रोलाई खराबीबाट र आफ्‍ना ओठलाई छली कुरा बोल्‍नबाट अलग राखोस्‌।
11 त्‍यो खराबीबाट फर्कोस्‌ र असल गरोस्, त्‍यसले शान्‍तिको खोजी गरोस्‌ र त्‍यसको पछि लागोस्‌।
12 किनकि परमेश्‍वरको नजर धर्मात्‍माहरूमाथि रहन्‍छ, र उहाँका कान तिनीहरूका प्रार्थनातिर खुला हुन्‍छन्, तर परमप्रभुको मुहार खराबी गर्नेहरूका विरुद्धमा हुन्‍छ।”

हिब्रू 13 : 2
2 परदेशीहरूको अतिथि-सत्‍कार गर्न नबिर्स, किनकि यसरी नै कसै-कसैले थाहै नपाई स्‍वर्गदूतहरूको सत्‍कार गरेका छन्‌।

एफिसी 2 : 8 – 9
8 किनभने अनुग्रहबाट विश्‍वासद्वारा तिमीहरूले उद्धार पाएका छौ— र यो तिमीहरू आफैबाट होइन, यो त परमेश्‍वरको वरदान हो—
9 कर्महरूद्वारा होइन, नत्रता मानिसले घमण्‍ड गर्नेछ।

प्रेरित 28 : 2
2 त्‍यहाँका बासिन्‍दाहरूले हामीलाई अपूर्व दया देखाए। पानी परेर जाडो भएको कारणले तिनीहरूले आगो बालिदिए, र हामी सबैलाई स्‍वागत गरे।

मीका 6 : 8
8 ए मानिस, जे असल छ, त्‍यो उहाँले तँलाई देखाउनुभएको छ। र परमप्रभुले तँबाट के चाहनुहुन्‍छ? केवल यति, ठीकसित काम गर्नू र कृपालाई प्रेम गर्नू र तेरा परमेश्‍वरसित विनम्र भएर हिँड्‌नू।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *