अरूको सेवा गर्दै

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् अरूको सेवा गर्दै

१ पत्रुस 4 : 10
10 जसले जस्‍तो वरदान पाएको छ, परमेश्‍वरका अनुग्रहका विभिन्‍न वरदान पाएका भण्‍डारेझैँ ती एक-अर्काको निम्‍ति प्रयोग गर।

१ पत्रुस 4 : 10 – 11
10 जसले जस्‍तो वरदान पाएको छ, परमेश्‍वरका अनुग्रहका विभिन्‍न वरदान पाएका भण्‍डारेझैँ ती एक-अर्काको निम्‍ति प्रयोग गर।
11 यदि कसैले बोल्‍दछ भने, परमेश्‍वरको वचन बोलेजस्‍तै त्‍यसले बोलोस्‌। यदि कसैले सेवा गर्छ भने परमेश्‍वरले दिनुभएको शक्तिद्वारा त्‍यसले त्‍यो गरोस्, यस हेतुले कि सबै कुरामा येशू ख्रीष्‍टद्वारा परमेश्‍वरलाई नै प्रशंसा होस्‌। उहाँलाई नै महिमा र पराक्रम सदासर्वदा होस्‌। आमेन।

प्रेरित 20 : 35
35 मैले सबै कुरामा तपाईंहरूलाई उदाहरण दिएको छु, कि तपाईंहरूले पनि यसरी नै कड़ा परिश्रम गरेर निर्धाहरूलाई मदत गर्नुपर्छ। प्रभु येशूको वचन याद राख्‍नुहोस्, कसरी उहाँ आफैले भन्‍नुभएको छ, कि लिनुभन्‍दा दिनु अझ धन्‍य हो।”

गलाती 5 : 13 – 14
13 भाइ हो, तिमीहरू त स्‍वतन्‍त्रताको निम्‍ति बोलाइएका हौ। केवल त्‍यस स्‍वतन्‍त्रतालाई पापमय स्‍वभावको निम्‍ति प्रयोग नगर। तर प्रेममा तिमीहरू एक-अर्काको सेवक बन।
14 किनभने समस्‍त व्‍यवस्‍था एउटै वचनमा पूरा भएको छ, “तैंले आफ्‍नो छिमेकीलाई आफूलाई झैँ प्रेम गर्‌।”

यूहन्‍ना 13 : 12 – 14
12 तिनीहरूका गोडा धोइसक्‍नुभएपछि आफ्‍नो बाहिरी वस्‍त्र लाएर उहाँ फेरि बस्‍नुभयो। तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “के तिमीहरू जान्‍दछौ, मैले तिमीहरूका निम्‍ति के गरें?
13 तिमीहरू मलाई ‘गुरु र प्रभु’ भन्‍दछौ, त्‍यो तिमीहरू ठीकै भन्‍दछौ, किनभने म उही हुँ।
14 यदि तिमीहरूका प्रभु र गुरु भईकन मैले तिमीहरूका गोडा धोएको छु भने तिमीहरूले पनि एक-अर्काका गोडा धुनुपर्छ,

मर्कूस 10 : 44 – 45
44 अनि तिमीहरूमा जसले पहिलो हुने इच्‍छा गर्दछ, त्‍यो सबैको दास हुनैपर्दछ।
45 किनकि मानिसको पुत्र सेवा पाउन होइन, तर सेवा गर्न र धेरैका छुटकाराको मोलको निम्‍ति आफ्‍नो प्राण दिन आएको हो।”

मर्कूस 9 : 35
35 तब उहाँ बस्‍नुभयो, र बाह्रै जनालाई बोलाउनुभयो, र तिनीहरूलाई भन्‍नुभयो, “कोही मानिस पहिलो हुने इच्‍छा गर्छ भने, त्‍यो सबैभन्‍दा पछिल्‍लो र सबैको सेवक हुनुपर्छ।”

मत्ती 20 : 28
28 जसरी मानिसको पुत्र पनि सेवा पाउनलाई होइन तर सेवा गर्न र धेरैको छुटकाराको मोल स्‍वरूप आफ्‍नो प्राण दिन आयो।”

फिलिप्पी 2 : 1 – 11
1 यदि ख्रीष्‍टमा केही प्रोत्‍साहन छ भने, प्रेमको केही प्रेरणा, पवित्र आत्‍माको केही सङ्गति, केही स्‍नेह र सहानुभूति छ भने,
2 तिमीहरू एउटै मनका भएर, एउटै प्रेम राखेर, पूर्ण सम्‍मतिसाथ एउटै चित्तका भएर मेरो आनन्‍द पूरा गर।
3 स्‍वार्थ वा अहङ्कारमा केही नगर, तर नम्रतामा एउटाले अर्कालाई आफूभन्‍दा श्रेष्‍ठ ठान।
4 तिमीहरू हरेकले आफ्‍नै हित मात्र नखोज, तर अरूका हितलाई पनि हेर।
5 तिमीहरूमा यस्‍तो मन होस्, जो ख्रीष्‍ट येशूमा पनि थियो।
6 परमेश्‍वरको स्‍वरूपमा भएर पनि उहाँले परमेश्‍वरको बराबरी हुने कुरालाई एउटा पक्रिराख्‍ने वस्‍तुजस्‍तो ठान्‍नुभएन।
7 तर आफैलाई रित्त्याईकन कमाराको रूप धारण गरेर, तथा मनुष्‍य भएर जन्‍मनुभयो।
8 स्‍वरूपमा मानिसजस्‍तै भएर आफैलाई होच्‍याउनुभयो, र मृत्‍युसम्‍मै, अर्थात्‌ क्रूसको मृत्‍युसम्‍मै आज्ञाकारी रहनुभयो।
9 त्‍यसैकारण परमेश्‍वरले उहाँलाई अति उच्‍च पार्नुभयो, र उहाँलाई त्‍यो नाउँ प्रदान गर्नुभयो, जो हरेक नाउँभन्‍दा उच्‍च छ,
10 कि स्‍वर्गमा, पृथ्‍वीमाथि र पृथ्‍वीमुनि भएको हरेक प्राणीले येशूको नाउँमा घुँड़ा टेक्‍नुपर्छ,
11 र हरेक जिब्रोले परमेश्‍वर पिताका महिमाको निम्‍ति येशू ख्रीष्‍टलाई प्रभु भनी स्‍वीकार गर्नुपर्छ।

हितोपदेश 11 : 25
25 उदार मानिसको फलिफाप हुन्‍छ, अरूलाई उत्‍साह दिने व्‍यक्तिले आफू पनि नयाँ उत्‍साह प्राप्‍त गर्नेछ।

मत्ती 23 : 11
11 तिमीहरूमध्‍ये जो सबैभन्‍दा उच्‍च छ, त्‍यो तिमीहरूको सेवक हुनेछ।

लूका 6 : 38
38 देओ, र तिमीहरूलाई पनि दिइनेछ। मानिसहरूले प्रशस्‍त परिमाणमा खाँदीखाँदी बेसरी हल्‍लाएर, पोखिने गरी तिमीहरूको पोल्‍टामा राखिदिनेछन्‌। किनकि जुन नापले तिमीहरू दिन्‍छौ, त्‍यही नापमा तिमीहरूले पनि फिर्ता पाउनेछौ।”

हितोपदेश 19 : 17
17 गरीबप्रति दयालु हुनु परमप्रभुलाई सापट दिनु हो, र त्‍यसले जे गरेको छ, त्‍यसको इनाम उहाँले त्‍यसलाई दिनुहुनेछ।

मर्कूस 10 : 45
45 किनकि मानिसको पुत्र सेवा पाउन होइन, तर सेवा गर्न र धेरैका छुटकाराको मोलको निम्‍ति आफ्‍नो प्राण दिन आएको हो।”

मत्ती 25 : 35 – 40
35 किनभने म भोकाएको थिएँ, तिमीहरूले मलाई खान दियौ। म तिर्खाएको थिएँ, तिमीहरूले मलाई पिउन दियौ। म परदेशी थिएँ, तिमीहरूले मलाई आश्रय दियौ।
36 नाङ्गै थिएँ, तिमीहरूले मलाई वस्‍त्र लगाइदियौ। बिरामी थिएँ, तिमीहरू मलाई हेर्न आयौ। झ्‍यालखानमा थिएँ, तिमीहरू मकहाँ आयौ।’
37 “तब धर्मीजनहरूले उनलाई जवाफ दिनेछन्, ‘हे प्रभु, कहिले हामीले तपाईंलाई भोकाउनुभएको देख्‍यौं, र खान दियौं? अथवा तिर्खाउनुभएको देख्‍यौं, र पिउन दियौं?
38 कहिले हामीले तपाईंलाई परदेशी देख्‍यौं, र तपाईंलाई आश्रय दियौं? अथवा नाङ्गो देख्‍यौं र वस्‍त्र लगाइदियौं?
39 र कहिले हामीले तपाईंलाई बिरामी वा झ्‍यालखानमा देख्‍यौं, र तपाईंकहाँ आयौं?’
40 “तब राजाले तिनीहरूलाई जवाफ दिएर भन्‍नेछन्, ‘साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, तिमीहरूले यी मेरा भाइहरूमध्‍ये सबैभन्‍दा सानामा एक जनालाई जे-जति गर्‍यौ, त्‍यो तिमीहरूले मलाई नै गर्‍यौ।’

१ यूहन्‍ना 3 : 18
18 मेरा साना बालकहरू, वचन वा मुखले मात्र हामी प्रेम नगरौं, तर काम र सत्‍यताले प्रेम गरौं।

१ शमूएल 12 : 24
24 तिमीहरूले परमप्रभुको श्रद्धा गर र तिमीहरूका पूरा हृदयले ईमानदारीसित उहाँको सेवा गर। तिमीहरूका निम्‍ति उहाँले कस्‍तो ठूलो काम गर्नुभएको छ, सो विचार गर।

मत्ती 5 : 16
16 यसरी नै तिमीहरूको ज्‍योति मानिसहरूका सामुन्‍ने चम्‍कोस्, र तिनीहरूले तिमीहरूका सुकर्म देखून्, र स्‍वर्गमा हुनुहुने तिमीहरूका पिताको महिमा गरून्‌।

याकूब 2 : 1 – 296

1 मेरा भाइ हो, प्रभु येशू ख्रीष्‍ट, महिमाका प्रभुमाथि तिमीहरूको विश्‍वास भएको हुनाले तिमीहरूले कुनै भेदभाव नदेखाओ।
2 यदि कोही मानिस सुनका औँठीहरू र राम्रा-राम्रा लुगा लगाएर तिमीहरूको सभामा आयो, र कुनै एक जना गरीब पनि झुत्रे-झाम्रे लुगा लगाएर आयो भने,
3 तिमीहरूले त्‍यो राम्रो लुगा लाउनेलाई आदर गरेर, “यहाँ राम्रो ठाउँमा बस्‍नुहोस्” भन्‍छौ, र त्‍यस गरीबलाई चाहिँ “तँ त्‍यहीँ उभि” अथवा “मेरा पाउनेर बस्” भन्‍छौ भने,
4 के तिमीहरूले आफ्‍नै बीचमा भेदभाव देखाएनौ, र कुविचार भएका न्‍यायकर्ता भएनौ र?
5 मेरा प्रियहरू, सुन, के परमेश्‍वरले संसारका गरीबहरूलाई विश्‍वासमा धनी तुल्‍याएर त्‍यस राज्‍यका उत्तराधिकारी हुनलाई चुन्‍नुभएन र? यहि राज्‍य उहाँलाई प्रेम गर्नेहरूलाई उहाँले दिने प्रतिज्ञा गर्नुभएको होइन र?
6 तर तिमीहरूले त गरीब मानिसको अपमान गरेका छौ। के धनीहरूले तिमीहरूलाई अत्‍याचार गर्दैनन्‌ र? के तिनीहरूले तिमीहरूलाई अदालतमा लाँदैनन्‌ र?
7 के तिनीहरूले त्‍यही आदरणीय नाउँको अपवाद गर्दैनन्‌ र, जुन नाउँद्वारा तिमीहरूलाई बोलावट भएको छ?
8 यदि “आफ्‍ना छिमेकीलाई आफूलाई झैँ प्रेम गर” भन्‍ने पवित्र-धर्मशास्‍त्रको राजकीय व्‍यवस्‍थालाई साँच्‍चै पूरा गर्दछौ भनेता असलै गर्दछौ।
9 यदि तिमीहरूले भेदभाव देखायौ भनेता तिमीहरू पाप गर्दछौ, र व्‍यवस्‍थाद्वारा अपराधी ठहरिन्‍छौ।
10 किनकि जसले सम्‍पूर्ण व्‍यवस्‍था पालन गर्छ तर एउटै कुरामा चुक्‍छ भने, व्‍यवस्‍थाका सबै कुरामा त्‍यो दोषी ठहरिएको हुन्‍छ।
11 किनकि जसले “व्‍यभिचार नगर्‌” भन्‍नुभयो, उहाँले “हत्‍या नगर्‌” पनि भन्‍नुभयो। तसर्थ यदि तिमीले व्‍यभिचार गर्दैनौ तर हत्‍या गर्दछौ भने, तिमी व्‍यवस्‍थाका अपराधी भएका छौ।
12 यसकारण तिमीहरूको बोली र व्‍यवहार स्‍वतन्‍त्रताको व्‍यवस्‍थाबमोजिम न्‍याय पाउनेहरूका जस्‍तै होस्‌।
13 किनकि जुन मानिसले कृपा गरेको छैन, त्‍यसको न्‍याय कृपाविना नै हुन्‍छ। कृपा न्‍यायमाथि विजयी हुन्‍छ।
14 मेरा भाइ हो, यदि कोही मानिसले “मसित विश्‍वास छ” भन्‍छ, तर कामचाहिँ गर्दैन भने, यसबाट के लाभ? के त्‍यसको विश्‍वासले त्‍यसलाई बचाउन सक्‍छ र?
15 यदि कोही भाइ वा बहिनीले झुत्रे-झाम्रे लुगा लगाएको छ, र त्‍यसलाई दिनहुँको भोजनको अपुग छ,
16 र तिमीहरूमध्‍ये कसैले त्‍यसलाई, “शान्‍तिसँग जाऊ, न्‍यानो गरी बस, पेटभरि खाऊ” मात्र भन्‍छ, तर त्‍यसको शरीरलाई चाहिने कुराहरूचाहिँ दिँदैन भने, त्‍यसबाट के लाभ हुन्‍छ र?
17 यसरी विश्‍वास पनि काममा प्रकट हुँदैन भने त्‍यो विश्‍वास मृत हो।
18 तर कसैले भन्‍ला, “तिमीसित विश्‍वास छ, मेराचाहिँ कामहरू छन्‌।” कामविनाको तिम्रो विश्‍वास मलाई देखाऊ, र मैले गरेको कामद्वारा म आफ्‍नो विश्‍वास तिमीलाई देखाउनेछु।
19 तिमीहरू विश्‍वास गर्दछौ कि परमेश्‍वर एउटै हुनुहुन्‍छ। त्‍यो असल हो। भूतात्‍माहरू पनि विश्‍वास गर्छन्‌ र थरथर काम्‍छन्‌।
20 मूर्ख हो, कामविनाको विश्‍वास व्‍यर्थ हुन्‍छ भन्‍ने कुराको प्रमाण चाहन्‍छौ?
21 जब हाम्रा पुर्खा अब्राहामले आफ्‍नो छोरो इसहाकलाई वेदीमा अर्पण गरे, तब तिनी कामद्वारा नै धर्मी ठहरिएनन्‌ र?
22 तिमी देख्‍तछौ, कि तिनका कामहरू सँगसँगै विश्‍वास क्रियाशील थियो, र कामद्वारा नै विश्‍वास पूर्ण भएको थियो।
23 पवित्रधर्मशास्‍त्रको यसो भन्‍ने वचन पूरा भयो, “अब्राहामले परमेश्‍वरमा विश्‍वास गरे, र यो उनको निम्‍ति धार्मिकता गनियो,” र उनी परमेश्‍वरका मित्र कहलिए।
24 तिमीहरू देख्‍तछौ कि कामद्वारा मानिस धर्मी ठहरिँदोरहेछ, विश्‍वासद्वारा मात्र होइन।
25 त्‍यसै गरी राहाब वेश्‍याले पनि, जब तिनले गुप्‍तचरहरूलाई सत्‍कार गरेर अर्कै बाटो पठाइदिइन्, तब कामहरूबाट तिनी धर्मी ठहरिएकी होइनन्‌ र?
26 जसरी शरीर आत्‍मादेखि अलग हुँदा मरेको हुन्‍छ, त्‍यसै गरी विश्‍वास पनि कामहरूदेखि अलग हुँदा मरेको हुन्‍छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *