अरूको लागि आशिष् हो

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् अरूको लागि आशिष् हो

मत्ती 5 : 16
16 यसरी नै तिमीहरूको ज्‍योति मानिसहरूका सामुन्‍ने चम्‍कोस्, र तिनीहरूले तिमीहरूका सुकर्म देखून्, र स्‍वर्गमा हुनुहुने तिमीहरूका पिताको महिमा गरून्‌।

फिलिप्पी 2 : 3 – 4
3 स्‍वार्थ वा अहङ्कारमा केही नगर, तर नम्रतामा एउटाले अर्कालाई आफूभन्‍दा श्रेष्‍ठ ठान।
4 तिमीहरू हरेकले आफ्‍नै हित मात्र नखोज, तर अरूका हितलाई पनि हेर।

फिलिप्पी 2 : 1 – 30
1 यदि ख्रीष्‍टमा केही प्रोत्‍साहन छ भने, प्रेमको केही प्रेरणा, पवित्र आत्‍माको केही सङ्गति, केही स्‍नेह र सहानुभूति छ भने,
2 तिमीहरू एउटै मनका भएर, एउटै प्रेम राखेर, पूर्ण सम्‍मतिसाथ एउटै चित्तका भएर मेरो आनन्‍द पूरा गर।
3 स्‍वार्थ वा अहङ्कारमा केही नगर, तर नम्रतामा एउटाले अर्कालाई आफूभन्‍दा श्रेष्‍ठ ठान।
4 तिमीहरू हरेकले आफ्‍नै हित मात्र नखोज, तर अरूका हितलाई पनि हेर।
5 तिमीहरूमा यस्‍तो मन होस्, जो ख्रीष्‍ट येशूमा पनि थियो।
6 परमेश्‍वरको स्‍वरूपमा भएर पनि उहाँले परमेश्‍वरको बराबरी हुने कुरालाई एउटा पक्रिराख्‍ने वस्‍तुजस्‍तो ठान्‍नुभएन।
7 तर आफैलाई रित्त्याईकन कमाराको रूप धारण गरेर, तथा मनुष्‍य भएर जन्‍मनुभयो।
8 स्‍वरूपमा मानिसजस्‍तै भएर आफैलाई होच्‍याउनुभयो, र मृत्‍युसम्‍मै, अर्थात्‌ क्रूसको मृत्‍युसम्‍मै आज्ञाकारी रहनुभयो।
9 त्‍यसैकारण परमेश्‍वरले उहाँलाई अति उच्‍च पार्नुभयो, र उहाँलाई त्‍यो नाउँ प्रदान गर्नुभयो, जो हरेक नाउँभन्‍दा उच्‍च छ,
10 कि स्‍वर्गमा, पृथ्‍वीमाथि र पृथ्‍वीमुनि भएको हरेक प्राणीले येशूको नाउँमा घुँड़ा टेक्‍नुपर्छ,
11 र हरेक जिब्रोले परमेश्‍वर पिताका महिमाको निम्‍ति येशू ख्रीष्‍टलाई प्रभु भनी स्‍वीकार गर्नुपर्छ।
12 यसकारण मेरा प्रिय हो, जसरी तिमीहरूले सधैँ आज्ञापालन गरेका छौ, मेरो उपस्‍थितिमा मात्र गरेजस्‍तो होइन, तर अब झन्‌ बढ़ी मेरो अनुपस्‍थितिमा डर र कम्‍पसाथ तिमीहरूको आफ्‍नो मुक्तिको काम पूरा गर्न परिश्रम गर।
13 किनकि तिमीहरूलाई उहाँको असल अभिप्रायअनुसार इच्‍छा गर्ने र काम गर्ने दुवै तुल्‍याउनलाई परमेश्‍वर तिमीहरूमा काम गर्नुहुन्‍छ।
14 गनगन अथवा वाद-विवाद नगरी सबै काम गर्दैजाओ,
15 कि तिमीहरूचाहिँ निर्दोष र सुधा भएर टेढ़ा र बरालिएका पुस्‍ताको बीचमा परमेश्‍वरका निष्‍खोट सन्‍तान होओ, जुन पुस्‍ताको बीच संसारमा तिमीहरू ताराहरूझैँ चम्‍कन्‍छौ।
16 जीवनको वचन दह्रिलो गरी पक्रिराख, ताकि म व्‍यर्थमा दगुरिनँ, र मैले व्‍यर्थमा परिश्रम गरिनँ भनी ख्रीष्‍टको दिनमा म गर्व गर्न सकूँ।
17 यदि तिमीहरूका विश्‍वासको बलिदानमाथि अर्घ-बलिको रूपमा अर्पित हुनुपरे तापनि म आनन्‍दित छु, र तिमीहरू सबैसँग म रमाउँछु।
18 त्‍यसै गरी तिमीहरू पनि मसँग खुशी हुनु र रमाउनुपर्छ।
19 म तिमीहरूकहाँ तिमोथीलाई चाँड़ै पठाउन प्रभुमा आशा गर्दछु, ताकि तिमीहरूको समाचार पाएर म पनि प्रसन्‍न हुन सकूँ।
20 तिनीजस्‍तो साँचो मनले तिमीहरूका कल्‍याणको चिन्‍ता गर्ने मानिस मसँग अरू कोही छैन।
21 येशू ख्रीष्‍टका कुराको वास्‍ता नगरी, तिनीहरू सबै आफ्‍नै स्‍वार्थ खोज्‍छन्‌।
22 तर तिमोथीको योग्‍यता त तिमीहरूलाई थाहै छ, कि जसरी छोराले बाबुको सेवा गर्दछ, त्‍यसरी नै तिनले मसँग सुसमाचारको काममा सेवा गरे।
23 यसकारण मेरो निम्‍ति के-कसो हुन्‍छ सो बुझ्‍ने बित्तिकै तिनलाई पठाउने आशा गर्दछु।
24 अनि म पनि चाँड़ै आउँला भनी प्रभुमा भरोसा राखेको छु।
25 इपाफ्रोडिटस, जो मेरा भाइ, सहकर्मी र सङ्गी-सिपाही तथा तिमीहरूले पठाएका दूत र मलाई खाँचो पर्दा सेवा गर्ने हुन्, तिनलाई तिमीहरूकहाँ पठाउन आवश्‍यक ठानेको छु,
26 किनकि तिनले तिमीहरू सबैका निम्‍ति अति तृष्‍णा गरिरहेका छन्‌। तिनी बिरामी भएको खबर तिमीहरूले थाहा पाएकाले तिनी व्‍याकुल भएका छन्‌।
27 तिनी साँच्‍चै मरणान्‍त बिरामी थिए, तर परमेश्‍वरले तिनीमाथि दया देखाउनुभयो। तिनीमाथि मात्र होइन, तर मलाई शोकमाथि शोक नथपिओस्‌ भनेर ममाथि पनि दया गर्नुभयो।
28 यसकारण म तिनलाई पठाउन झन्‌ बढ़ी उत्‍सुक छु, ताकि तिनलाई फेरि देखेर तिमीहरू रमाउनेछौ, र मेरो चिन्‍ता पनि कम हुनेछ।
29 त्‍यसैले ज्‍यादै आनन्‍दसाथ प्रभुमा तिनलाई ग्रहण गर, र यस्‍ता मानिसहरूलाई आदर गर।
30 किनकि मप्रतिको तिमीहरूको सेवा पूरा गर्नलाई ख्रीष्‍टका कामको निम्‍ति तिनी मृत्‍युको मुखैमा पुगेका थिए।

उत्‍पत्ति 12 : 1 – 20
1 परमप्रभुले अब्रामलाई भन्‍नुभयो, “तेरो देश र तेरा कुटुम्‍ब तथा तेरा पिताका घरबाट निस्‍केर जुन देश म तँलाई देखाउँछु त्‍यहाँ जा।
2 “म तँबाट एउटा ठूलो जाति खड़ा गर्नेछु, र तँलाई आशिष्‌ दिनेछु। म तेरो नाउँ प्रसिद्ध गराउनेछु, र तँ आशिष्‌को मूल हुनेछस्‌।
3 तँलाई आशिष्‌ दिनेहरूलाई म आशिष्‌ दिनेछु, र तँलाई सराप दिनेहरूलाई सराप दिनेछु। तँद्वारा नै पृथ्‍वीका सबै कुलले आशिष्‌ पाउनेछन्‌।”
4 यसैकारण परमप्रभुले भन्‍नुभएबमोजिम अब्राम गइहाले, र लोत पनि तिनीसँग गए। हारानबाट निस्‍केर जाँदा अब्राम पचहत्तर वर्षका थिए।
5 अब्राम, तिनकी पत्‍नी साराई र तिनका भतिजा लोत र तिनीहरूले जम्‍मा गरेका सबै धन-सम्‍पत्ति र हारानमा प्राप्‍त गरेका मानिसहरूलाई लिएर कनान देशमा जानलाई निस्‍के, अनि त्‍यहाँ पुगे।
6 अब्राम त्‍यस देशबाट भएर शकेममा भएको मोरेका फलाँटको रूख भएको ठाउँसम्‍म पुगे। त्‍यस बेला त्‍यस ठाउँमा कनानीहरू बस्‍थे।
7 परमप्रभु अब्रामकहाँ देखा पर्नुभयो, र तिनलाई भन्‍नुभयो, “म तेरा सन्‍तानलाई यो देश दिनेछु।” यसैले तिनीकहाँ देखा पर्नुभएको परमप्रभुको निम्‍ति तिनले त्‍यहाँ एउटा वेदी बनाए।
8 त्‍यहाँबाट तिनी हिँड़ेर बेथेलको पूर्वपट्टि भएको पहाड़मा सरे, र बेथेललाई पश्‍चिम र ऐ सहरलाई पूर्वपट्टि पारेर आफ्‍नो पाल टाँगे। तिनले परमप्रभुको निम्‍ति एउटा वेदी बनाएर परमप्रभुका नाउँको पुकारा गरे।
9 अनि अब्राम अझै यात्रा गर्दै नेगेव भनिने दक्षिण देशतिर गए।
10 अनि त्‍यस देशमा अनिकाल पर्‍यो। अनिकाल तीव्र भएको हुनाले अब्राम मिश्रदेशमा प्रवास गर्नलाई गए।
11 तिनी मिश्रमा पस्‍नै लाग्‍दा तिनले आफ्‍नी पत्‍नी साराईलाई भने, “हेर, तिमी हेर्नमा सुन्‍दरी छ्यौ भन्‍ने मलाई थाहा छ।
12 जब मिश्रीहरूले तिमीलाई देख्‍छन्, ‘यो त त्‍यसकी पत्‍नी रहिछ’ भन्‍नेछन्‌। र मलाई मारेर तिमीलाई चाहिँ जीवित राख्‍नेछन्‌।
13 ‘म तिनकी बहिनी हुँ’ भनी तिमीले भनिदेऊ, र तिम्रो कारण मलाई भलो हुनेछ, र तिम्रै कारण मेरो ज्‍यान जोगिनेछ।”
14 जब अब्राम मिश्रमा पसे तब मिश्रीहरूले त्‍यस स्‍त्रीलाई अत्‍यन्‍त सुन्‍दरी रहिछन्‌ भनी देखे।
15 अनि फारोका अधिकारीहरूले तिनलाई देखेर फारोकहाँ तिनको तारीफ गरे, र तिनलाई फारोको महलमा लगे।
16 तिनको खातिर फारोले अब्रामसँग राम्रो व्‍यवहार गरे, र अब्रामलाई भेड़ा, गाईबस्‍तु, कमारा-कमारी, गधा र ऊँटहरू दिए।
17 तर परमप्रभुले अब्रामकी पत्‍नी साराईको कारणले फारो र उनको परिवारमाथि भयानक विपत्तिहरू पठाउनुभयो।
18 यसकारण फारोले अब्रामलाई बोलाएर भने, “यो तिमीले मलाई के गर्‍यौ? तिनी तिम्री पत्‍नी हुन्‌ भनेर तिमीले मलाई किन भनेनौ?
19 ‘तिनी मेरी बहिनी हुन्,’ भनेर तिमीले किन भन्‍यौ? यसैले मैले तिनलाई मेरी पत्‍नी तुल्‍याउन लगेको हुँ। अब हेर, तिम्री पत्‍नी यहीँ छिन्‌। तिनलाई लिएर जाऊ।”
20 अनि फारोले आफ्‍ना मानिसहरूलाई तिनको विषयमा हुकुम गरे, र तिनीहरूले अब्रामलाई तिनकी पत्‍नी र तिनीसँग भएका सबै थोकहरूसमेत पठाइदिए।

लूका 6 : 31
31 जसो मानिसहरूले तिमीहरूसँग गरून्‌ भन्‍ने तिमीहरू इच्‍छा गर्दछौ, तिमीहरूले पनि तिनीहरूसँग त्‍यसै गर।

एफिसी 2 : 10
10 किनकि हामी असल कामहरूका निम्‍ति ख्रीष्‍ट येशूमा सृजना गरिएका उहाँका हातका सीप हौं। हामी तीबमोजिम हिँड़ौं भन्‍ने हेतुले परमेश्‍वरले पहिलेबाटै ती तयार गर्नुभएको थियो।

२ कोरिन्थी 9 : 8 – 11
8 परमेश्‍वरले तिमीहरूलाई हरेक आशिष्‌ प्रशस्‍त मात्रामा दिन सक्‍नुहुन्‍छ, ताकि तिमीहरूसित सधैँ नै हरेक कुरा प्रशस्‍त होस्, र हरेक असल कामको निम्‍ति तिमीहरूले प्रशस्‍त मात्रामा दिन सक।
9 यसरी लेखिएको छ, “उसले छर्छ, र गरीबहरूलाई दिन्‍छ, उसको धार्मिकता सदासर्वदै रहिरहन्‍छ।”
10 छर्नेलाई बीउ र खानलाई भोजन दिनुहुनेले तिमीहरूलाई बीउ दिनुहुनेछ, र त्‍यसमा वृद्धि गराउनुहुनेछ, अनि तिमीहरूका धार्मिकताको फसल बढ़ाउनुहुनेछ।
11 तिमीहरूको ठूलो उदारताको निम्‍ति हरेक कुरामा तिमीहरू धनी तुल्‍याइनेछौ, जुन उदारताले हामीद्वारा परमेश्‍वरमा चढ़ाउने धन्‍यवाद उत्‍पन्‍न गराउनेछ।

मत्ती 7 : 12
12 मानिसहरूले तिमीहरूसँग जस्‍तो व्‍यवहार गरून्‌ भन्‍ने तिमीहरू चाहन्‍छौ, तिमीहरूले पनि तिनीहरूसँग त्‍यस्‍तै व्‍यवहार गर, किनभने यही नै व्‍यवस्‍था र अगमवक्ताका शिक्षाको सारांश हो।

३ यूहन्‍ना 1 : 11
11 प्रिय हो, खराबीको अनुसरण नगर, तर भलाइको अनुसरण गर। जसले भलो गर्दछ, त्‍यो परमेश्‍वरको हो, जसले खराबी गर्दछ, त्‍यसले परमेश्‍वरलाई देखेको छैन।

रोमी 8 : 28
28 हामी जान्‍दछौं, उहाँलाई प्रेम गर्नेहरू र उहाँका अभिप्रायअनुसार बोलाइएकाहरूका निम्‍ति हरेक कुरामा परमेश्‍वरले भलाइ नै गर्नुहुन्‍छ।

मत्ती 6 : 31 – 33
31 यसकारण ‘के खाऔंला?’ कि ‘के पिऔंला?’ कि ‘के पहिरौंला?’ भनेर फिक्री नगर।
32 किनकि अन्‍यजातिहरूले यी सब थोक खोज्‍दछन्, र तिमीहरूका स्‍वर्गमा हुनुहुने पिताले तिमीहरूलाई यी सबै थोकको खाँचो छ भनी जान्‍नुहुन्‍छ।
33 तर पहिले उहाँको राज्‍य र उहाँका धार्मिकताको खोजी गर, र यी सबै थोक तिमीहरूका निम्‍ति थपिनेछन्‌।

याकूब 5 : 16
16 यसकारण तिमीहरू एकले-अर्कासँग आ-आफ्‍ना पाप स्‍वीकार गर। तिमीहरू निको हुनलाई एउटाले अर्काको निम्‍ति प्रार्थना गर। धार्मिक मानिसको प्रार्थना शक्तिशाली र प्रभावशाली हुन्‍छ।

मत्ती 6 : 1 – 34
1 “होशियार बस, तिमीहरू मानिसहरूलाई देखाउनलाई धर्मकार्य नगर। नत्रता स्‍वर्गमा हुनुहुने तिमीहरूका पिताबाट तिमीहरूले केही इनाम पाउनेछैनौ।
2 “यसकारण जब तिमीहरू दान दिन्‍छौ, तब आफ्‍ना सामु तुरही नबजाओ, जस्‍तो ढोंगीहरूले सभाघरहरू र सड़कहरूमा मानिसहरूबाट प्रशंसा पाउनलाई गर्दछन्‌। साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, तिनीहरूले आफ्‍ना इनाम पाइसकेका छन्‌।
3 तर जब तिमी दान दिँदछौ, तिम्रो दाहिने हातले के गरिरहेछ सो देब्रे हातले थाहा नपाओस्‌।
4 तिम्रो दान गुप्‍तमा होस्, र गुप्‍तमा देख्‍नुहुने तिम्रा पिताले तिमीलाई इनाम दिनुहुनेछ।
5 “जब तिमी प्रार्थना गर्दछौ तब ढोंगीहरूजस्‍ता नहोओ, किनकि तिनीहरू सभाघरहरूमा र सड़कहरूका कुनामा मानिसहरूले देखून्‌ भनी खड़ा भएर प्रार्थना गर्न मन गर्दछन्‌। साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, तिनीहरूले आफ्‍नो इनाम पाइसकेका छन्‌।
6 तर तिमी जब प्रार्थना गर्दछौ, आफ्‍नो भित्री कोठामा पस, र ढोका थुनेर गुप्‍तमा हुनुहुने तिम्रा पितालाई प्रार्थना गर, र गुप्‍तमा देख्‍नुहुने तिम्रा पिताले तिमीलाई इनाम दिनुहुनेछ।
7 र प्रार्थना गर्दा अन्‍यजातिहरूजस्‍ता व्‍यर्थै नबरबराओ। किनभने धेरै शब्‍दमा बोल्‍दा तिनीहरूको सुनाइ हुन्‍छ भन्‍ने तिनीहरू विचार गर्दछन्‌।
8 यसकारण तिनीहरूजस्‍ता नहोओ। किनभने तिमीहरूले उहाँसँग माग्‍नभन्‍दा अघिबाटै तिमीहरूलाई कुन-कुन कुराको खाँचो छ, सो तिमीहरूका पिता जान्‍नुहुन्‍छ।
9 “तर तिमीहरूचाहिँ यस किसिमले प्रार्थना गर: ‘हे हाम्रा पिता, जो स्‍वर्गमा हुनुहुन्‍छ, तपाईंको नाउँ पवित्र होस्‌।
10 तपाईंको राज्‍य आओस्‌। तपाईंको इच्‍छा स्‍वर्गमा जस्‍तो छ, त्‍यस्‍तै यस पृथ्‍वीमा पूरा होस्‌।
11 हामीलाई आज हाम्रो दैनिक भोजन दिनुहोस्‌।
12 हाम्रा अपराध क्षमा गर्नुहोस्, जसरी हामीले आफ्‍ना अपराधीहरूलाई क्षमा गरेका छौं।
13 हामीलाई परीक्षामा पर्न नदिनुहोस्, तर दुष्‍टबाट छुटाउनुहोस्‌ किनभने राज्‍य, पराक्रम र महिमा सदासर्वदा तपाईंकै हुन्, आमेन।’
14 किनकि तिमीहरूले मानिसहरूका अपराध क्षमा गर्‍यौ भने तिमीहरूका स्‍वर्गमा हुनुहुने पिताले पनि तिमीहरूलाई क्षमा गर्नुहुनेछ।
15 तर तिमीहरूले मानिसहरूका अपराध क्षमा गरेनौ भने तिमीहरूका पिताले तिमीहरूका अपराध क्षमा गर्नुहुनेछैन।
16 “जब तिमीहरू उपवास बस्‍तछौ, तब ढोंगीहरूजस्‍ता उदासी चेहरा नदेखाओ। किनकि मानिसहरूलाई उपवास बसेका देखाउनलाई तिनीहरू आफ्‍ना मोहड़ा अँध्‍यारा पार्छन्‌। साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, तिनीहरूले आफ्‍ना इनाम पाइसकेका छन्‌।
17 तर तिमीचाहिँ उपवास बस्‍दा आफ्‍नो शिरमा तेल लगाऊ, र आफ्‍नो मुख धोऊ।
18 र तिम्रो उपवास मानिसहरूले होइन, तर गुप्‍तमा हुनुहुने तिम्रा पिताले देखून्, र गुप्‍तमा देख्‍नुहुने तिम्रा पिताले तिमीलाई इनाम दिनुहुनेछ।
19 “आफ्‍नो निम्‍ति पृथ्‍वीमा धन-सम्‍पत्ति नथुपार, जहाँ कीरा र खियाले ती नष्‍ट पार्छन्‌ र जहाँ चोरहरूले घर फोरेर ती चोर्छन्‌।
20 तर आफ्‍नो निम्‍ति स्‍वर्गमा धन-सम्‍पत्ति थुपार, जहाँ कीराले वा खियाले नष्‍ट पार्दैन, र चोरले पनि चोर्दैन।
21 किनकि जहाँ तिम्रो धन हुन्‍छ, त्‍यहीँ तिम्रो मन पनि हुन्‍छ।
22 “आँखा शरीरको बत्ती हो। यसकारण यदि तिम्रा आँखा स्‍वस्‍थ छन्‌ भने, तिम्रो सारा शरीर उज्‍यालो हुनेछ।
23 तर तिम्रा आँखा खराब छन्‌ भने, तिम्रो सारा शरीर अँध्‍यारो हुनेछ। यसकारण तिमीभित्र भएको उज्‍यालोचाहिँ अँध्‍यारो भयो भने, त्‍यो अँध्‍यारो कस्‍तो घोर हुन्‍छ!
24 “कसैले दुई मालिकको सेवा गर्न सक्‍दैन। किनभने त्‍यसले एउटालाई घृणा गर्नेछ र अर्कालाई प्रेम गर्नेछ। अथवा त्‍यसले एउटाप्रति भक्ति राख्‍नेछ, र अर्कालाई त्‍यसले तुच्‍छ ठान्‍नेछ। तिमीहरूले परमेश्‍वर र धनको सेवा गर्न सक्‍दैनौ।
25 “यसैकारण म तिमीहरूलाई भन्‍दछु, ‘के खाउँला, के पिउँला’ भनी आफ्‍नो प्राणको निम्‍ति र ‘के लगाउँला’ भनी आफ्‍नो शरीरको निम्‍ति फिक्री नगर।’ के जीवन खानेकुराभन्‍दा र शरीर लुगाफाटाभन्‍दा उत्तम होइन?
26 आकाशका चराचुरुङ्गीलाई हेर। तिनीहरूले न त बीउ छर्छन्, न अन्‍न कटनी गर्छन्, न भकारीमा बटुल्‍छन्, तर तिमीहरूका स्‍वर्गका पिताले तिनीहरूलाई खुवाउनुहुन्‍छ। के तिमीहरू तिनीहरूभन्‍दा बढ़ी मूल्‍यवान्‌ छैनौ र?
27 तिमीहरूमध्‍ये कुनचाहिँले फिक्री गरेर आफ्‍नो आयुमा एक घड़ी पनि थप्‍न सक्‍छ?
28 “अनि लुगाफाटाका निम्‍ति तिमीहरू किन फिक्री गर्दछौ? मैदानका लिली फूललाई हेर, ती कसरी बढ्‌दछन्‌। तिनले न परिश्रम गर्दछन्, न धागो कात्‍छन्‌।
29 तर म तिमीहरूलाई भन्‍दछु, सोलोमन राजा पनि आफ्‍ना सारा वैभवमा तिनीहरूमध्‍ये एउटा जति आभूषित थिएनन्‌।
30 आज हुने र भोलि अगेनोमा फालिने घाँसलाई परमेश्‍वरले यसरी पहिराउनुहुन्‍छ भने, ए अल्‍पविश्‍वासी हो, के तिमीहरूलाई झन्‌ बढ़ी उहाँले पहिराउनुहुनेछैन र?
31 यसकारण ‘के खाऔंला?’ कि ‘के पिऔंला?’ कि ‘के पहिरौंला?’ भनेर फिक्री नगर।
32 किनकि अन्‍यजातिहरूले यी सब थोक खोज्‍दछन्, र तिमीहरूका स्‍वर्गमा हुनुहुने पिताले तिमीहरूलाई यी सबै थोकको खाँचो छ भनी जान्‍नुहुन्‍छ।
33 तर पहिले उहाँको राज्‍य र उहाँका धार्मिकताको खोजी गर, र यी सबै थोक तिमीहरूका निम्‍ति थपिनेछन्‌।
34 यसकारण भोलिको निम्‍ति फिक्री नगर, किनकि भोलिको दिनले आफ्‍नो फिक्री आफै गर्नेछ। आजको दुःख आजको निम्‍ति पर्याप्‍त छ।”

१ पत्रुस 3 : 15
15 तर ख्रीष्‍टलाई प्रभु मानेर तिम्रो हृदयमा उहाँको श्रद्धा गर। तिमीहरूमा भएका आशाको विषयमा कसैले सोधपूछ गरे त्‍यसको जवाफ दिन सधैँ तत्‍पर बस, तर त्‍यो काम नम्रता र श्रद्धासाथ गर।

हिब्रू 11 : 6
6 विश्‍वासविना परमेश्‍वरलाई प्रसन्‍न पार्नु असम्‍भव छ। किनकि जो परमेश्‍वरको नजिक आउँछ, त्‍यसले परमेश्‍वर हुनुहुन्‍छ र उहाँलाई खोज्‍नेहरूलाई उहाँले प्रतिफल दिनुहुन्‍छ भन्‍ने पक्‍का विश्‍वास गर्नुपर्छ।

एफिसी 1 : 3
3 हाम्रा प्रभु येशू ख्रीष्‍टका परमेश्‍वर र पिताको प्रशंसा होस्, जसले हामीलाई स्‍वर्गीय स्‍थानहरूमा हरेक आत्‍मिक आशिष्‌ले ख्रीष्‍टमा आशीर्वाद दिनुभएको छ।

१ यूहन्‍ना 3 : 2
2 प्रिय हो, अहिले हामी परमेश्‍वरका सन्‍तान हौं, र हामी के होऔंला, सो अहिलेसम्‍म प्रकट भएको छैन। यति जान्‍दछौं, कि जब उहाँ प्रकट हुनुहुन्‍छ, तब हामी उहाँजस्‍तै हुनेछौं। किनकि उहाँ जस्‍तो हुनुहुन्‍छ हामी उहाँलाई त्‍यस्‍तै देख्‍नेछौं।

भजनसंग्रह 40 : 1 – 3
1 सङ्गीत-निर्देशकका निम्‍ति दाऊदको भजन [1] मैले धैर्यसाथ परमप्रभुको प्रतीक्षा गरें, उहाँले ममाथि दृष्‍टि गर्नुभयो र मेरो पुकारा सुन्‍नुभयो।
2 उहाँले मलाई सर्वनाशको खाड़ल र हिले धापबाट निकाल्‍नुभयो। उहाँले मेरा खुट्टाहरूलाई चट्टानमाथि बसाल्‍नुभयो, र मलाई उभिन दृढ़ स्‍थान दिनुभयो।
3 उहाँले मेरा ओठमा एउटा नयाँ गीत राखिदिनुभयो, हाम्रा परमेश्‍वरका प्रशंसाको एउटा गीत। धेरैले यो देख्‍नेछन्‌ र डराउनेछन्‌, र परमप्रभुमा भरोसा राख्‍नेछन्‌।

हिब्रू 10 : 24
24 हामी एउटाले अर्कालाई प्रेम र असल कामको निम्‍ति कसरी उत्‍साहित गराउने त्‍यस कुरामाथि विचार गरौं।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *