अरिस्टार्कस

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् अरिस्टार्कस

प्रेरित 19 : 29
29 सारा सहरमा होहल्‍ला मच्‍चियो र तिनीहरू एक जुट भएर पावलका सहयात्री माकेडोनियावासी गायस र अरिस्‍तार्खसलाई समातेर रङ्गशालाभित्र घिस्‍स्‍याउँदै लगे।

प्रेरित 20 : 4
4 तब बेरिया-निवासी पुरसका छोरा सोपात्रोस, थेसलोनिकेबाट अरिस्‍तार्खस र सिकन्‍दस, डर्बीका गायस, अनि तिमोथी र एशियाका तुखिकस र त्रोफिमस तिनको साथ गए।

प्रेरित 27 : 2
2 एड्रामिटेनोसबाट एशियाका विभिन्‍न बन्‍दरगाहहरू हुँदै जाने एउटा जहाजमा चढ़ेर हामीले यात्रा सुरु गर्‍यौं। अरिस्‍तार्खस नाउँ भएका थेसलोनिकेका एक जना माकेडोनी हाम्रा साथमा थिए।

कलस्सी 4 : 10
10 मेरा सङ्गी-कैदी, अरिस्‍तार्खसले तिमीहरूलाई अभिवादन पठाएका छन्‌। बारनाबासको भानिज मर्कूसको पनि अभिवादन। तिनको विषयमा तिमीहरूले आदेश पाइसकेका छौ— तिनी तिमीहरूकहाँ आए भने तिनलाई स्‍वागत गर।

फिलेमोन 1 : 24
24 त्‍यसै गरी सहकर्मी मर्कूस, अरिस्‍तार्खस, डेमास र लूकाले पनि।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *