अरबीहरू

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् अरबीहरू

२ इतिहास 9 : 14
14 त्‍यसबाहेक मालहरू निकासी गर्ने व्‍यापारी र पैकारीहरूका महसूलबाट पनि राजस्‍व आउँथ्‍यो। अरब देशका सबै राजाहरू र प्रादेशिक राज्‍यपालहरूले पनि राजाको निम्‍ति सुन र चाँदी ल्‍याउँथे।

२ इतिहास 17 : 11
11 कुनै-कुनै पलिश्‍तीहरूले त यहोशापातकहाँ उपहारहरू र चाँदीको सौगात ल्‍याए। अरबीहरूले पनि सात हजार सात सय भेड़ा र सात हजार सात सय बोकाहरू ल्‍याए।

२ इतिहास 21 : 17
17 सबै धन-सम्‍पत्ति जो उनीहरूले राजाको महलमा फेला पारे, तिनका छोराहरू र पत्‍नीहरूलाई समेत लगे। कान्‍छा छोरा अहज्‍याहबाहेक तिनका कुनै छोरा पनि बाँकी रहेन।

२ इतिहास 22 : 1
1 यरूशलेमका बासिन्‍दाहरूले तिनको सट्टामा तिनका कान्‍छा छोरा अहज्‍याहलाई राजा तुल्‍याए, किनभने आक्रमणमा अरबीहरूसित मिलेका लूटपीट गर्नेहरूले तिनका सबै ठूला छोराहरूलाई मारेका थिए। यसैकारण यहोरामका छोरा अहज्‍याह यहूदाका राजा भए।

२ इतिहास 26 : 7
7 परमेश्‍वरले तिनलाई पलिश्‍तीहरू, गूर-बालमा बस्‍ने अरबीहरू र मोनीहरूका विरुद्धमा सहायता गर्नुभयो।

नहेम्‍याह 2 : 19
19 तर होरोनी सन्‍बलत र अम्‍मोनी अधिकृत तोबिया र अरबी गेशेमले यो कुरा सुनेर हामीलाई यसो भनेर खिसी गर्दै हाम्रो गिल्‍ला गर्न लागे, “तिमीहरू के गरिरहेछौ? के यो राजाको विरुद्धमा गरेको विद्रोह होइन र?”

नहेम्‍याह 4 : 7
7 तर जब सन्‍बलत, तोबिया, अरबीहरू, अम्‍मोनीहरू र अश्‍दोदीहरूले यरूशलेमका पर्खालको नयाँ कामको खूब प्रगति भएको छ र प्‍वालहरू पनि पुरिँदैछन्‌ भनी सुने तब उनीहरू साह्रै रिसाए।

इजकिएल 27 : 21
21 “‘अरब देश र केदारका सबै राजकुमारहरू तेरा ग्राहक थिए। तिनीहरूले थुमा, भेड़ा र बाख्राका व्‍यापार तँसित गर्थे।

प्रेरित 2 : 11
11 क्रेटका बासिन्‍दाहरू र अरबीहरू पनि छौं, अनि हामी आ-आफ्‍ना भाषामा परमेश्‍वरका महान्‌ कार्यहरूको चर्चा तिनीहरूले गरिरहेका सुन्‍दैछौं।”

गलाती 1 : 17
17 न त मभन्‍दा अघि प्रेरित हुनेहरूकहाँ म यरूशलेममा गएँ, तर तुरुन्‍तै अरब देशमा गएँ, र पछि दमस्‍कसमा फर्केर आएँ।

यशैया 21 : 17
17 धनुर्धारीहरू, केदारका योद्धाहरूमध्‍ये बाँचेकाहरू थोरै मात्र हुनेछन्‌।” परमप्रभु इस्राएलका परमेश्‍वरले त्‍यसै भन्‍नुभएको छ।

यशैया 42 : 11
11 मरुभूमि र त्‍यसमा भएका नगरहरूले आ-आफ्‍ना सोर उचालून्‌। केदार बसेका बस्‍तीहरूसमेतले गाऊन्, सेलाका मानिसहरू आनन्‍दले गाऊन्‌। तिनीहरू पर्वतका टाकुराबाट कराऊन्‌।

यशैया 60 : 7
7 केदारका सबै भेड़ाबाख्राहरूका बगाल तँकहाँ जम्‍मा हुनेछन्‌। नबायोतका भेड़ाहरूले तेरो सेवा गर्नेछन्‌। तिनीहरू बलि स्‍वरूप मेरो वेदीमा ग्रहणयोग्‍य हुनेछन्, र मेरो महिमाको मन्‍दिरलाई म सिँगार्नेछु।

यर्मिया 25 : 24
24 अरब देशका सबै राजाहरू र मरुभूमिमा बस्‍ने विदेशीहरूका सबै राजाहरूलाई,

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *