अभिमान

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् अभिमान

हितोपदेश 3 : 5
5 आफ्‍नो सारा हृदयले परमेश्‍वरमा भरोसा राख्, र तेरो आफ्‍नै समझशक्तिमा भर नपर्‌

हितोपदेश 3 : 7
7 आफ्‍नै नजरमा बुद्धिमान्‌ नहोऊ, परमप्रभुको भय मान्‌ र दुष्‍कर्मलाई त्‍याग्‌।

हितोपदेश 12 : 15
15 मूर्खको बाटो आफ्‍नो नजरमा ठीकै देखिन्‍छ, तर समझदार मानिसले अरूको सल्‍लाह सुन्‍छ।

हितोपदेश 23 : 4
4 धनी बन्‍न आफूलाई बेसरी नघोट्‌, बुद्धिमानी बनी संयम गर्‌।

हितोपदेश 26 : 5
5 मूर्खलाई त्‍यसको मूर्खताअनुसारको जवाफ दे, नत्रता त्‍यो आफ्‍नै नजरमा बुद्धिमान्‌ हुनेछ।

हितोपदेश 26 : 12
12 आफ्‍नै नजरमा आफूलाई बुद्धिमान्‌ ठान्‍ने मानिस देखेको छस्‌? त्‍यसको भन्‍दा त बरु मूर्खको लागि धेरै आशा हुन्‍छ।

हितोपदेश 26 : 16
16 ढङ्ग मिलाएर जवाफ दिने सात जना मानिसभन्‍दा पनि अल्‍छे आफ्‍नै नजरमा बुद्धिमान्‌ बन्‍छ।

हितोपदेश 28 : 11
11 धनी मानिस आफ्‍नै नजरमा बुद्धिमान्‌ हुन सक्‍छ, तर विवेक भएको गरीब मानिसले त्‍यसलाई छर्लङ्गै देख्‍छ।

हितोपदेश 28 : 26
26 आफैमा भरोसा राख्‍ने व्‍यक्ति मूर्ख हो, तर बुद्धिमा हिँड्‌ने सुरक्षित रहन्‍छ।

यशैया 5 : 21
21 धिक्‍कार तिनीहरूलाई, जो आफ्‍नै दृष्‍टिमा बुद्धिमान्, र आफ्‍नै नजरमा चलाक छन्‌।

यर्मिया 9 : 23
23 परमप्रभु यसो भन्‍नुहुन्‍छ: “बुद्धिमान्‌ मानिसले आफ्‍नो बुद्धिमा घमण्‍ड नगरोस्, अथवा बलियो मानिसले आफ्‍नो बलमा घमण्‍ड नगरोस्, अथवा धनी मानिसले आफ्‍नो धनमा घमण्‍ड नगरोस्,

लूका 18 : 12
12 म हप्‍तामा दुई पल्‍ट उपवास बस्‍तछु। मैले पाएका सबै थोकको दशांश म दिन्‍छु।’

रोमी 1 : 22
22 बुद्धिमान्‌ छु भन्‍ने दाबी गरे तापनि तिनीहरू मूर्खै भए,

रोमी 11 : 25
25 भाइ हो, आफ्‍नै अभिमानमा तिमीहरू बुद्धिमान्‌ हुन खोज्‍छौ कि भनेर तिमीहरू यो रहस्‍य बुझ भन्‍ने म चाहन्‍छु, कि अन्‍यजातिहरूको संख्‍या पूर्ण नभएसम्‍म इस्राएलीहरूको एक अंशमा कठोरता आएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *