अब्शालोम

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् अब्शालोम

२ शमूएल 3 : 3
3 तिनका माहिला छोरा किलाब थिए, जसकी आमा कर्मेलका नाबालकी विधवा अबीगेल थिइन्‌; तिनका साहिँला छोरा अब्‍शालोम थिए, जसकी आमा गशूरका राजा तल्‍मैकी छोरी माका थिइन्‌;

१ इतिहास 3 : 2
2 साहिँला अब्‍शालोम, जसकी आमा गशूरका राजा तल्‍मैकी छोरी माका थिइन्, काहिँला अदोनियाह, जसकी आमा हग्‍गीत थिइन्,

२ शमूएल 14 : 25
25 सुन्‍दरतामा सारा इस्राएलमा अब्‍शालोम जत्तिकै प्रशंसाको योग्‍य कोही थिएन। शिरदेखि पैतालासम्‍म तिनमा कुनै खोट थिएन।

२ शमूएल 13 : 29
29 अनि अब्‍शालोमका मानिसहरूले तिनले भनेझैँ गरे। तब सबै राजकुमारहरू हतार-हतार आ-आफ्‍नो खच्‍चरमा चढ़ेर घरतिर लागे।

२ शमूएल 13 : 38
38 गशूरमा भागेपछि अब्‍शालोम तीन वर्षसम्‍म त्‍यहाँ बसे।

२ शमूएल 14 : 24
24 तर राजाले भने, “त्‍यो आफ्‍नै घरमा बसोस्‌। त्‍यो मेरो उपस्‍थितिमा नआओस्‌।” यसैले अब्‍शालोम आफ्‍नै घरमा गए, र राजाको सामुन्‍ने देखा परेनन्‌।

२ शमूएल 15 : 6
6 राजाकहाँ इन्‍साफ माग्‍ने हरेकसँग यस्‍तै व्‍यवहार गरेर अब्‍शालोमले इस्राएलीहरूको प्‍यार आफूतिर खिँचे।

२ शमूएल 15 : 13
13 एक जना सन्‍देशवाहक आएर दाऊदलाई भन्‍यो, “इस्राएलका मानिसहरूको मन त अब्‍शालोमतिर छ।”

२ शमूएल 18 : 17
17 तिनीहरूले अब्‍शालोमको लाश लगेर वनको एउटा ठूलो खाड़लमा फ्‍याँकिदिए, र त्‍यसमाथि ढुङ्गाको थुप्रो लगाइदिए। यसै बीचमा इस्राएलीहरू सबै आ-आफ्‍नो घरमा भागेर गए।

२ शमूएल 18 : 33
33 तब राजा शोकाकुल भएर मूल ढोकामाथिको कोठामा गएर रोए, अनि माथि हिँड्‌दैजाँदा तिनी यसो भन्‍दै रोए, “हाय मेरो छोरो! मेरो छोरो अब्‍शालोम, मेरो छोरो अब्‍शालोम! तेरो सट्टामा मै मरेको भए त हुनेथियो! हाय अब्‍शालोम, मेरो छोरो, मेरो छोरो!”

२ शमूएल 19 : 8
8 तब राजा उठे र मूल ढोकामा बसे। अनि जब राजा मूल ढोकामा बसिरहनुभएको छ भनी मानिसहरूलाई सुनाइयो तब तिनीहरू सबै राजाको सामुन्‍ने देखा परे। त्‍यस बेलासम्‍ममा इस्राएलीहरूचाहिँ आ-आफ्‍नो घरमा भागिसकेका थिए।

२ शमूएल 14 : 27
27 अब्‍शालोमका तीन छोरा र तामार नाउँ भएकी एउटी छोरी जन्‍मेका थिए। तामार एक अत्‍यन्‍त सुन्‍दरी स्‍त्री बनिन्‌।

२ शमूएल 18 : 18
18 आफू जिउँदो हुँदा अब्‍शालोमले राजाको बेँसीमा एउटा खामो लगेर खड़ा गरेका थिए, किनभने तिनी सोच्‍थे, “मेरो नाउँ राख्‍नलाई मेरो छोरो छैन।” तिनले त्‍यस खामोलाई आफ्‍नै नाउँ दिए, अनि आजको दिनसम्‍म त्‍यस खामोलाई अब्‍शालोमको स्‍मारक भनिन्‍छ।

१ राजाहरू 15 : 2
2 र तिनले यरूशलेममा तीन वर्ष राज्‍य गरे। तिनकी आमाको नाउँ माका थियो। तिनी अबीशालोमकी छोरी थिइन्‌।

२ इतिहास 11 : 20
20 त्‍यसपछि तिनले अब्‍शालोमकी छोरी माकालाई विवाह गरे। तिनीबाट तिनका यी सन्‍तान भए: अबिया, अत्तै, जीजा र शलोमीत।

२ शमूएल 18 : 18
18 आफू जिउँदो हुँदा अब्‍शालोमले राजाको बेँसीमा एउटा खामो लगेर खड़ा गरेका थिए, किनभने तिनी सोच्‍थे, “मेरो नाउँ राख्‍नलाई मेरो छोरो छैन।” तिनले त्‍यस खामोलाई आफ्‍नै नाउँ दिए, अनि आजको दिनसम्‍म त्‍यस खामोलाई अब्‍शालोमको स्‍मारक भनिन्‍छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *