यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् अब्नेर
१ शमूएल 14 : 51
51 शाऊलका पिता कीश र अबनेरका पिता नेरचाहिँ अबीएलका छोराहरू थिए।
१ शमूएल 9 : 1
1 बेन्यामीनको कुलका एक जना मान्य मानिस थिए, जसको नाउँ कीश थियो। तिनी अबीएलका छोरा, जरोरका नाति, बकोरतका पनाति र आपीहका जनाति थिए।
१ शमूएल 14 : 50
50 उनकी पत्नीचाहिँ अहीमासकी छोरी अहीनोम थिइन्। अनि उनका सेनापति तिनका काका नेरका छोरा अबनेर थिए।
१ शमूएल 17 : 55
55 शाऊलले दाऊदलाई त्यस पलिश्तीको विरुद्धमा गइरहेका देख्दा, उनले आफ्ना सेनापति अबनेरलाई सोधे, “अबनेर, त्यो ठिटो कसको छोरो हो?” अबनेरले भने, “हजूरका जीवनको शपथ खाएर म भन्दछु कि मलाई थाहा छैन।”
१ शमूएल 26 : 5
5 कति पनि ढिलो नगरी तिनी शाऊलले छाउनी हालेको ठाउँमा गए, र शाऊल र उनका सेनापति नेरका छोरा अबनेर सुतिरहेको ठाउँ देखे। आफ्नो फौजका चारैतिरको छाउनी बनाएर पङ्क्तिहरूका बीचमा शाऊल सुतिरहेका थिए।
१ शमूएल 26 : 14
14 दाऊदले सेना र नेरका छोरा अबनेरलाई कराएर भने, “अबनेर, मलाई जवाफ देऊ।” अबनेरले जवाफ दिए, “राजालाई हपार्ने तिमी को हौ?”
१ इतिहास 26 : 28
28 दर्शी शमूएल, कीशका छोरा शाऊल, नेरका छोरा अबनेर र सरूयाहका छोरा योआबले समर्पण गरेका सबै थोक, अनि अर्पण गरिएका अरू सबै थोकहरू शलोमीत र तिनका कुटुम्बहरूको जिम्मामा थिए।
२ शमूएल 2 : 32
32 तिनीहरूले असाहेललाई बोकेर लगे, र बेथलेहेममा तिनका बुबाको चिहानमा गाड़े। त्यसपछि योआब र तिनका मानिसहरू रातभरि हिँड़ेर मिरमिरे उज्यालोमा हेब्रोनमा पुगे।
२ शमूएल 3 : 21
21 तब अबनेरले दाऊदलाई भने, “अब म गएर हजूरको सामुन्ने सारा इस्राएलीहरूलाई ल्याउनेछु, र तिनीहरूले हजूरसँग एउटा करार बाँधून्। त्यसपछि हजूर आफूले इच्छा गर्नुभएजति माथि तपाईंले राज्य गर्नुहोस्।” तब दाऊदले अबनेरलाई बिदा दिए, र उनी शान्तिसँग गए।
२ शमूएल 3 : 39
39 म अभिषिक्त राजा भए तापनि सरूयाहका यी निर्दयी छोराहरूका सामुन्ने म कमजोर र शक्तिहीन भएको छु। तिनीहरू मेरो निम्ति अति नै बलिया भए। परमप्रभुले दुष्ट काम गर्नेलाई त्यसका योग्यको प्रतिफल देऊन्।”
Leave a Reply