यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् अबेल-बेथ-माकाह
२ शमूएल 20 : 22
22 तब ती स्त्री गइन्, र भेला भएका सबै मानिसलाई त्यसको बुद्धिपूर्ण सल्लाह सुनाइन्। तिनीहरूले बिक्रीको छोरा शेबाको टाउको काटेर योआबकहाँ फ्याँकिदिए। तब योआबले तुरही बजाए, र सबै सेना सहर छोड़ेर आ-आफ्नो घरतिर लागे, अनि योआबचाहिँ राजाकहाँ यरूशलेममा फर्केर गए।
१ राजाहरू 15 : 20
20 आसासित बेन-हदद सहमत भए, र उनले आफ्ना फौजका सेनापतिहरूलाई इस्राएलका सहरहरूका विरुद्धमा पठाए। उनले इयोन, दान, हाबिल-बेथ-माका र नप्तालीसमेत सबै किन्नरेत विजय गरे।
२ इतिहास 16 : 4
4 बेन-हददले आसा राजाको कुरा स्वीकार गरे। तिनले आफ्ना सेनापतिहरूलाई इस्राएलका सहरहरूका विरुद्धमा लड्न हुकुम दिए, र तिनीहरूले इयोन, दान, हाबिल-मैम अनि नप्तालीका सबै भण्डार राख्ने सहरहरूलाई कब्जा गरे।
२ राजाहरू 15 : 29
29 इस्राएलका राजा पेकहको समयमा अश्शूरका राजा तिग्लत-पिलेसेरले आएर इयोन, हाबिल-बेथ-माका, यानोह, केदेश र हासोर लिए। उनले गिलाद र गालील, नप्तालीका सबै जग्गासमेत लिए, र मानिसहरूलाई अश्शूर देशमा कैद गरेर लगे।
Leave a Reply