यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् अबीशाई
१ इतिहास 2 : 16
16 तिनका बहिनीहरू सरूयाह र अबीगेल थिए। सरूयाहका तीन जना छोराहरू अबीशै, योआब र असाहेल थिए।
२ शमूएल 23 : 18
18 सरूयाहका छोरा योआबका भाइ अबीशै ती तीन जनामाथिका प्रमुख थिए। तिनले तीन सय जनाका विरुद्धमा आफ्नो भाला चलाएर उनीहरूलाई मारे। यसैले ती तीन जनाजस्तै तिनी प्रसिद्ध भए।
१ शमूएल 26 : 8
8 अबीशैले दाऊदलाई भने, “परमेश्वरले तपाईंको शत्रुलाई आज तपाईंको हातमा सुम्पिदिनुभएको रहेछ। भालाले घोचेर एकै खेपमा उनलाई भूइँमा रोपिदिने मलाई हुकुम दिनुहोस्। मैले दुई खेप हिर्काउनैपर्दैन।”
२ शमूएल 2 : 24
24 तर सूर्य अस्ताउँदा तिनीहरू गिबोनका खर्कको बाटोमा गीहनेरको अम्मा डाँड़ामा नआइपुगुञ्जेल योआब र अबीशैले चाहिँ अबनेरलाई खेदी नै रहे।
२ शमूएल 3 : 30
30 यसरी गिबोनको लड़ाइँमा अबनेरले तिनीहरूका भाइ असाहेललाई मारेको हुनाले योआब र तिनका भाइ अबीशैले अबनेरलाई मारे।
१ इतिहास 18 : 12
12 एदोमचाहिँ सरूयाहका छोरा अबीशैले परास्त गरे। तिनले नूनको उपत्यकामा उनीहरूका अठाह्र हजारलाई नाश गरे।
२ शमूएल 10 : 10
10 बाँकी फौजलाई चाहिँ तिनले आफ्ना भाइ अबीशैको जिम्मामा दिए, जसले अम्मोनीहरूका सामुन्ने मोर्चा बाँधे।
२ शमूएल 10 : 14
14 जब अम्मोनीहरूले अरामीहरूलाई भागेका देखे, तब उनीहरू पनि अबीशैको सामुन्नेबाट भागेर सहरभित्र पसे। तब योआब अम्मोनीहरूसित लड़ाइँ गर्न छोड़ेर यरूशलेममा आए।
२ शमूएल 16 : 9
9 तब सरूयाहका छोरा अबीशैले राजालाई भने, “हजूर, यो मरेको कुकुरले किन हजूरलाई सराप्ने? म पारि गएर त्यसको टाउको उड़ाइदिनेछु।”
२ शमूएल 19 : 21
21 तब सरूयाहका छोरा अबीशैले भने, “परमप्रभुका अभिषिक्त राजालाई सरापेको हुनाले शिमी मारिनुपर्दैन र?”
२ शमूएल 18 : 2
2 त्यसपछि तिनले आफ्नो सेनालाई तीन भागमा विभक्त गरे— एक तिहाइ योआबको अधीनमा, एक तिहाइ सरूयाहका छोरा अबीशै, योआबका भाइको अधीनमा र एक तिहाइ गित्ती इत्तैको अधीनमा। राजाले सेनालाई भने, “म पनि तिमीहरूसँगै लड़ाइँमा जानेछु।”
२ शमूएल 18 : 5
5 राजाले योआब, अबीशै र इत्तैलाई यो हुकुम गरे, “मेरो खातिर त्यस जवान अब्शालोमसित नरम व्यवहार गर्नू।” अब्शालोमलाई जोगाइदिनू भनी राजाले आफ्ना प्रत्येक सेनापतिलाई दिएको हुकुम सबै सेनाले सुने।
२ शमूएल 20 : 22
22 तब ती स्त्री गइन्, र भेला भएका सबै मानिसलाई त्यसको बुद्धिपूर्ण सल्लाह सुनाइन्। तिनीहरूले बिक्रीको छोरा शेबाको टाउको काटेर योआबकहाँ फ्याँकिदिए। तब योआबले तुरही बजाए, र सबै सेना सहर छोड़ेर आ-आफ्नो घरतिर लागे, अनि योआबचाहिँ राजाकहाँ यरूशलेममा फर्केर गए।
२ शमूएल 21 : 17
17 यसै बेला सरूयाहका छोरा अबीशै दाऊदलाई सहायता गर्नलाई आए। तिनले त्यस पलिश्तीलाई हिर्काएर मारे। तब दाऊदका मानिसहरूले इस्राएलको प्रकाश नै निभ्नेछ भन्ने डरले दाऊद तिनीहरूसँग लड़ाइँमा अब कहिल्यै जानेछैनन् भनी तिनको सामु शपथ खाए।
१ इतिहास 11 : 20
20 योआबका भाइ अबीशै ती तीन जनामाथिका प्रमुख थिए। एक पल्ट तिनले तीन सय जनामाथि भाला चलाएर तिनीहरूलाई मारे, र यसरी ती तीन जनाजस्तै तिनी प्रसिद्ध भए।
Leave a Reply