यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् अबिहु
प्रस्थान 6 : 23
23 हारूनले अम्मीनादाबकी छोरी नहशोनकी बहिनी एलीशेबालाई विवाह गरे, र तिनले उनीबाट नादाब, अबीहू, एलाजार र ईतामारलाई जन्माइन्।
गन्ती 3 : 2
2 हारूनका छोराहरूका नाउँ यी नै हुन्: जेठा नादाब, अबीहू, एलाजार र ईतामार।
प्रस्थान 24 : 9
9 त्यसपछि मोशा, हारून, नादाब, अबीहू र इस्राएलका धर्म-गुरुहरूमध्ये सत्तरी जना माथि उक्ले,
प्रस्थान 28 : 1
1 तैंले इस्राएलीहरूका बीचबाट तेरो दाजु हारून र त्यसका छोराहरूलाई तँकहाँ ले, र तिनीहरूले मेरो निम्ति पूजाहारीको काममा सेवा गरून्— हारून र त्यसका छोराहरू, नादाब, अबीहू, एलाजार र ईतामार।
लेवीहरू 10 : 2
2 यसकारण त्यतिखेर परमप्रभुबाट आगो निस्केर उनीहरूलाई भस्म पार्यो, र उनीहरू परमप्रभुको सामु मरे।
गन्ती 26 : 61
61 तर नादाब र अबीहूचाहिँ परमप्रभुको सामु अन्य अग्निद्वारा बलि चढ़ाउँदा मरेका थिए।)
गन्ती 3 : 4
4 तर नादाब र अबीहू सीनैको उजाड़-स्थानमा परमप्रभुको सामुन्ने अपवित्र आगोले बलि चढ़ाउँदा उहाँकै सामुन्ने मरे, अनि तिनीहरूका सन्तान थिएन। त्यसैले एलाजार र ईतामार मात्र आफ्ना बुबा हारूनको जीवनकालमा पूजाहारीको सेवा गर्थे।
Leave a Reply