यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् अफवाहहरू
प्रस्थान 23 : 1
1 झूटा गवाही नदेओ। दुष्टको साथ लागेर त्यसको निम्ति ईर्ष्यापूर्ण गवाह नबन।
हितोपदेश 11 : 13 – 14
13 कुरौटेले गोप्य भरोसामा आघात पुर्याउँछ, तर विश्वसनीय मानिसले कुरा गुप्तमै राख्छ।
14 पथप्रदर्शनको अभावले देशको पतन हुन्छ, तर धेरै सल्लाहकारहरूको कारण विजय निश्चित हुन्छ।
याकूब 4 : 1 – 2
1 तिमीहरूका बीचमा लड़ाइँ र झगड़ाहरू कुन कुराले ल्याउँछ? के यी सब तिम्रो शरीरका अङ्गहरूमा सङ्घर्ष गर्ने अभिलाषाहरूबाट आएका होइनन् र?
2 तिमीहरू इच्छा त गर्दछौ, तर तिमीहरू पाउँदैनौ। तिमीहरू हत्या गर्दछौ र लोभ गर्छौ, तर पाउन सक्दैनौ। तिमीहरू झगड़ा गर्दछौ र लड़ाइँ गर्छौ। तिमीहरूसित हुँदैन, किनभने तिमीहरू परमेश्वरसँग माग्दैनौ।
हितोपदेश 26 : 20
20 दाउराविना आगो निभ्छ, कुरौटेविना खिचोला शान्त हुन्छ।
हितोपदेश 21 : 15
15 जब न्याय हुन्छ, धर्मीहरू हर्षित हुन्छन्, तर कुकर्मीहरू भने त्रासित हुन्छन्।
मत्ती 7 : 12
12 मानिसहरूले तिमीहरूसँग जस्तो व्यवहार गरून् भन्ने तिमीहरू चाहन्छौ, तिमीहरूले पनि तिनीहरूसँग त्यस्तै व्यवहार गर, किनभने यही नै व्यवस्था र अगमवक्ताका शिक्षाको सारांश हो।
Leave a Reply