अपोलोस

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् अपोलोस

प्रेरित 18 : 28
28 किनकि तिनले धर्मशास्‍त्रका वचनद्वारा येशू नै ख्रीष्‍ट हुनुहुन्‍छ भन्‍ने कुरा देखाईकन यहूदीहरूलाई सबैका सामुन्‍ने बिलकुल निरुत्तर तुल्‍याए।

प्रेरित 19 : 1
1 अपोल्‍लोस कोरिन्‍थमा हुँदा पावल भित्री इलाकाहरू भएर एफिससमा आए। त्‍यहाँ तिनले कुनै-कुनै चेलाहरूलाई भेट्टाए।

१ कोरिन्थी 1 : 12
12 मेरो भनाईको तात्‍पर्य यही हो, तिमीहरू कसैले, “म पावलको”, कसैले “म अपोल्‍लोसको”, कसैले “म केफासको” र कसैले “म ख्रीष्‍टको हुँ” भन्‍छौ अरे।

१ कोरिन्थी 3 : 7
7 यसकारण रोप्‍ने केही होइन, न पानी हाल्‍ने केही हो, तर परमेश्‍वर मात्र, जसले वृद्धि दिनुहुन्‍छ।

१ कोरिन्थी 16 : 12
12 अब भाइ अपोल्‍लोसको विषयमा मलाई यो भन्‍नु छ, कि मैले तिनलाई अरू भाइहरूसँग मिली तिमीहरूसँग भेटघाट गर्ने निक्‍कै आग्रह गरेथें, तर अहिले आउन तिनलाई बिलकुलै इच्‍छा भएन। तर मौका पाउनासाथ तिनी आउनेछन्‌।

तीतस 3 : 13
13 वकील जेनास र अपोल्‍लोसलाई यात्रामा भरमग्‍दूर मदत गरिदेऊ, र तिनीहरूलाई केही कुराको खाँचो नपरोस्‌।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *