यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् अपाङ्ग
लेवीहरू 21 : 16 – 23
16 परमप्रभुले मोशालाई भन्नुभयो,
17 “हारूनलाई भन्: ‘तेरो कुलका सबै पुस्तामा खोट हुने जोसुकै होस्, आफ्ना परमेश्वरको भोजन चढ़ाउनलाई त्यो नजिक नआओस्।
18 खोट भएको जुनसुकै मानिस होस्, अन्धा वा लङ्गड़ा, रूप वा अङ्ग बिग्रेको,
19 खुट्टा कि हात बाङ्गिएको,
20 कुप्रे, बाउन्ने, आँखाको रोग भएको, पाकेको घाउ भएको, अण्डमा चोट लागेको कोही पनि नजिक नआओस्।
21 हारून पूजाहारीका वंशमध्येको खोट भएको कोही पनि परमप्रभुको निम्ति अग्नि-होम चढ़ाउनलाई नजिक नआओस्। त्यसमा खोट छ। त्यो आफ्ना परमेश्वरको भोजन चढ़ाउनलाई नजिक आउनुहुँदैन।
22 आफ्ना परमेश्वरको पवित्र र महापवित्र भोजन त्यसले खान सक्छ।
23 तर त्यसमा खोट भएकोले त्यसले पर्दा र वेदीको नजिक आएर मेरो पवित्रस्थान अपवित्र नपारोस्। तिनीहरूलाई पवित्र पार्ने परमप्रभु म नै हुँ’।”
Leave a Reply