यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् अपराधीहरू
मत्ती 27 : 15
15 निस्तार-चाड़मा भीड़ले चाहेबमोजिम हाकिमले एक जना कैदी छोडिदिने प्रथा थियो।
मत्ती 27 : 21
21 हाकिमले फेरि तिनीहरूलाई सोधे, “यी दुईमा कुनचाहिँलाई म तिमीहरूका निम्ति मुक्त गरिदिऊँ भन्ने तिमीहरू चाहन्छौ?” तिनीहरूले भने, “बारब्बालाई।”
मर्कूस 15 : 6
6 निस्तार-चाड़को बेला मानिसहरूले मागेको एक जना कैदीलाई तिनीहरूका निम्ति पिलातसले छोड्ने गर्थे।
लूका 23 : 17
17 चाड़को उपलक्ष्यमा तिनीहरूका निम्ति पिलातसले एउटा कैदी छोडिदिनुपर्थ्यो।]
उत्पत्ति 39 : 23
23 योसेफको जिम्मामा राखिएको कुनै कुरामा पनि झ्यालखानका हाकिमले केही फिक्री गर्दैनथिए, किनभने परमप्रभु योसेफको साथमा हुनुहुन्थ्यो। योसेफले जे गरे तापनि परमप्रभुले तिनलाई त्यसमा सफल गराउनुहुन्थ्यो।
एज्रा 7 : 26
26 तिम्रा परमेश्वरको व्यवस्था र राजाको कानून पालन नगर्ने जुनसुकैलाई पनि कठोर दण्ड दिइनैपर्छ— मृत्युदण्ड, वा देश निष्कासन, वा सम्पत्ति जफत वा कैद।”
प्रेरित 4 : 3
3 तब उनीहरूले यिनीहरूलाई पक्रे, र भोलिपल्टसम्म थुनामा राखे, किनभने त्यस बेला साँझ परिसकेको थियो।
प्रेरित 12 : 5
5 यसरी पत्रुस झ्यालखानमा राखिए, तर तिनको निम्ति मण्डलीले परमेश्वरलाई बड़ो जोशसँग प्रार्थना गरिरहेको थियो।
प्रेरित 16 : 40
40 तिनीहरू झ्यालखानबाट बाहिर निस्केर लिडियाको घरमा गए, र भाइहरूसँग भेटघाट गरेपछि उनीहरूलाई प्रोत्साहन दिई बिदा भए।
उत्पत्ति 40 : 15
15 किनकि मलाई वास्तवमा हिब्रूहरूको देशबाट चोरी गरेर ल्याएको हो, र यहाँ पनि झ्यालखानमा पर्ने काम मैले केही गरेको थिइनँ।”
उत्पत्ति 41 : 14
14 यसैकारण फारोले योसेफलाई बोलाउन पठाए, र उनीहरूले तिनलाई झ्यालखानबाट निकालेर ल्याए। तिनले दाह्री र कपाल खौरे, र लुगा फेरे। अनि तिनी फारोको सामुन्ने हाजिर भए।
प्रस्थान 12 : 29
29 मध्यरातमा सिंहासनमा बस्ने फारोको जेठो छोरादेखि लिएर झ्यालखानमा हुने कैदीको जेठो छोरासम्म, सबै गाईबस्तुहरूका पहिले बियाएकासमेत, मिश्रमा सबैलाई पहिले जन्मेकाहरू परमप्रभुले मार्नुभयो।
यशैया 24 : 22
22 कैदीहरू कैदखानाभित्र बाँधेर राखिएझैँ तिनीहरू एकसाथ जम्मा गरिनेछन्। तिनीहरू झ्यालखानमा बन्द गरिनेछन्, र धेरै दिनपछि तिनीहरूलाई सजाय दिइनेछ।
यर्मिया 37 : 16
16 तिनीहरूले यर्मियालाई तहखानाको कालकोठरीमा हालिदिए, जहाँ तिनी धेरै दिनसम्म रहे।
यर्मिया 38 : 10
10 तब राजाले कूशी एबेद-मेलेकलाई यसो भनेर हुकुम गरे, “यहाँबाट तीस जना मानिसहरू साथमा लगेर तिनी त्यहाँ मर्न अघि नै यर्मिया अगमवक्तालाई त्यस इनारबाट निकाल।”
विलाप 3 : 53
53 तिनीहरूले मेरो जीवन खाड़लमा अन्त गर्न खोजे र ममाथि ढुङ्गाहरू हाने,
Leave a Reply