अन्य देवताहरू

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् अन्य देवताहरू

प्रस्‍थान 23 : 13
13 मैले भनेका सबै कुरामा तिमीहरूले ध्‍यान देओ। अरू देवताहरूको नाउँ नै पनि नलेओ। ती तिमीहरूको मुखबाट उच्‍चारण नै नहोस्‌।

व्यवस्था 6 : 14
14 तिमीहरूका वरिपरिका जातिहरूका अरू देवताहरूका पछि नलाग्‍नू,

व्यवस्था 32 : 17
17 तिनीहरूले भूतहरूका निम्‍ति बलि चढ़ाए, जो ईश्‍वर होइनन्, तिनीहरूले नचिनेका देवताहरूलाई, भर्खरै देखा परेका देवताहरूलाई, तिमीहरूका पिता-पुर्खाले भक्ति नगरेका देवताहरूलाई।

यूहन्‍ना 14 : 6
6 येशूले तिनलाई भन्‍नुभयो, “बाटो, सत्‍य र जीवन म नै हुँ। मद्वारा बाहेक कोही पनि पिताकहाँ आउन सक्‍दैन।

यहोशू 24 : 2
2 यहोशूले सबै मानिसहरूलाई भने, “परमप्रभु इस्राएलका परमेश्‍वर भन्‍नुहुन्‍छ, ‘उहिले अब्राहाम र नाहोरका बुबा तेरह, तिमीहरूका पिता-पुर्खाहरू यूफ्रेटिस नदी पारि बस्‍थे, र तिनीहरूले अरू देवताहरू पुज्‍दथे।

यशैया 44 : 6
6 “इस्राएलका महाराजा र उद्धारक र सर्वशक्तिमान्‌ परमप्रभु यसो भन्‍नुहुन्‍छ: पहिलो र पछिल्‍लो म नै हुँ। मबाहेक अरू परमेश्‍वर छैन।

व्यवस्था 28 : 14
14 मैले आज तिमीहरूलाई दिएका आदेशहरूमध्‍ये कुनैबाट दाहिने र देब्रेतिर लागेर अन्‍य देवताहरूका पछि लागी तिनीहरूको सेवा नगर।

उत्‍पत्ति 3 : 22
22 तब परमप्रभु परमेश्‍वरले भन्‍नुभयो, “मानिस हामीजस्‍तै असल र खराबको ज्ञान जान्‍ने भएको छ। अब त्‍यसले जीवनको रूखको फल पनि टिपेर खान नपाओस्, नत्रभने त्‍यो सधैँभरि जीवित रहला।”

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *