अनाथ

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् अनाथ

याकूब 1 : 27
27 परमेश्‍वर र पिताको अगाडि शुद्ध र पवित्र धर्म यही हो: अनाथ र विधवाहरूलाई तिनीहरूको कष्‍टमा हेरचाह गर्नु, र आफूलाई संसारबाट निष्‍कलङ्क राख्‍नु।

प्रस्‍थान 22 : 22 – 24
22 “विधवा अथवा टुहुराबाट फाइदा नलेओ।
23 फाइदा लियौ र तिनीहरूले मेरो पुकारा गरे भने, म निश्‍चय नै तिनीहरूको पुकारा सुन्‍नेछु।
24 मेरो क्रोध दन्‍कनेछ। म तिमीहरूलाई तरवारले मार्नेछु, र तिमीहरूका पत्‍नीहरू विधवा हुनेछन्‌ र तिमीहरूका छोराछोरीहरू पितृहीन हुनेछन्‌।

यूहन्‍ना 14 : 18
18 “म तिमीहरूलाई टुहुरा छोड्‌नेछैनँ। म तिमीहरूकहाँ आउनेछु।

यशैया 1 : 17
17 भलाइ गर्न सिक! न्‍याय खोज, अत्‍याचारमा परेकाहरूलाई प्रोत्‍साहन देओ, टुहुरा-टुहुरीको रक्षा गर, विधवाको पक्षमा बोलिदेओ।

भजनसंग्रह 27 : 10
10 मेरा बुबा र मेरी आमाले मलाई त्‍यागे तापनि परमप्रभुले मलाई सम्हाल्नुहुनेछ।

भजनसंग्रह 68 : 5
5 परमेश्‍वर आफ्‍नो पवित्र वासस्‍थानमा अनाथका पिता र विधवाहरूका रक्षक हुनुहुन्‍छ।

भजनसंग्रह 82 : 3
3 दुर्बल र अनाथहरूको रक्षा गर, गरीब र थिचोमिचोमा परेकाहरूको न्‍याय गर।

भजनसंग्रह 146 : 9
9 विदेशीहरूलाई परमप्रभुले रक्षा गर्नुहुन्‍छ! अनाथ र विधवालाई उहाँले सम्हाल्‍नुहुन्‍छ, तर दुष्‍टहरूका युक्तिहरू उहाँले विफल पार्नुहुन्‍छ।

अय्‍यूब 29 : 12
12 किनभने सहायताको लागि पुकारा गर्दा गरीब मानिसहरूलाई, र रक्षाहीन पितृहीनहरूलाई मैले बचाएँ।

प्रस्‍थान 22 : 22
22 “विधवा अथवा टुहुराबाट फाइदा नलेओ।

मत्ती 6 : 1 – 4
1 “होशियार बस, तिमीहरू मानिसहरूलाई देखाउनलाई धर्मकार्य नगर। नत्रता स्‍वर्गमा हुनुहुने तिमीहरूका पिताबाट तिमीहरूले केही इनाम पाउनेछैनौ।
2 “यसकारण जब तिमीहरू दान दिन्‍छौ, तब आफ्‍ना सामु तुरही नबजाओ, जस्‍तो ढोंगीहरूले सभाघरहरू र सड़कहरूमा मानिसहरूबाट प्रशंसा पाउनलाई गर्दछन्‌। साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, तिनीहरूले आफ्‍ना इनाम पाइसकेका छन्‌।
3 तर जब तिमी दान दिँदछौ, तिम्रो दाहिने हातले के गरिरहेछ सो देब्रे हातले थाहा नपाओस्‌।
4 तिम्रो दान गुप्‍तमा होस्, र गुप्‍तमा देख्‍नुहुने तिम्रा पिताले तिमीलाई इनाम दिनुहुनेछ।

प्रेरित 20 : 35
35 मैले सबै कुरामा तपाईंहरूलाई उदाहरण दिएको छु, कि तपाईंहरूले पनि यसरी नै कड़ा परिश्रम गरेर निर्धाहरूलाई मदत गर्नुपर्छ। प्रभु येशूको वचन याद राख्‍नुहोस्, कसरी उहाँ आफैले भन्‍नुभएको छ, कि लिनुभन्‍दा दिनु अझ धन्‍य हो।”

यूहन्‍ना 14 : 15 – 21
15 “तिमीहरूले मलाई प्रेम गर्छौ भने मेरा आज्ञाहरू पालन गर्नेछौ।
16 र म पितासँग बिन्‍ती गर्नेछु, र उहाँले तिमीहरूलाई अर्को सल्‍लाहकार दिनुहुनेछ, र उहाँ तिमीहरूसँग सदासर्वदा रहनुहुनेछ।
17 यिनी सत्‍यका आत्‍मा हुनुहुन्‍छ, जसलाई संसारले ग्रहण गर्न सक्‍दैन, किनभने संसारले उहाँलाई न त देख्‍छ न चिन्‍छ। तिमीहरू उहाँलाई चिन्‍छौ, किनभने उहाँ तिमीहरूसँग वास गर्नुहुन्‍छ, र उहाँ तिमीहरूमा रहनुहुनेछ।
18 “म तिमीहरूलाई टुहुरा छोड्‌नेछैनँ। म तिमीहरूकहाँ आउनेछु।
19 अब केही समयपछि संसारले मलाई कहिल्‍यै देख्‍नेछैन, तर तिमीहरूले मलाई देख्‍नेछौ। म जीवित भएको हुनाले, तिमीहरू पनि जीवित रहनेछौ।
20 त्‍यस दिन तिमीहरूले जान्‍नेछौ, कि म मेरा पितामा छु, र तिमीहरू ममा, र म तिमीहरूमा छु।
21 मलाई प्रेम गर्ने त्‍यही हो जससँग मेरा आज्ञा छन्‌ र ती पालन गर्दछ। अनि मलाई प्रेम गर्नेलाई मेरा पिताले प्रेम गर्नुहुन्‍छ। म त्‍यसलाई प्रेम गर्नेछु, र म आफैलाई त्‍यसकहाँ प्रकट गर्नेछु।”

भजनसंग्रह 10 : 18
18 तपाईं अनाथ र थिचोमिचोमा परेकाहरूको रक्षा गर्नुहुन्‍छ, ताकि पृथ्‍वीको मरणशील मानिसले आतङ्क अझै नमच्‍चाओस्‌।

व्यवस्था 14 : 28 – 29
28 प्रत्‍येक तीन वर्षको अन्‍तमा वर्ष-वर्षको उब्‍जनीको सबै दशांश सहरको ढुकुटीमा थन्‍क्‍याउनू,
29 के तिमीहरूसित सहरमा बस्‍ने केही हिस्‍सा वा अंश नहुने लेवीहरू, र परदेशी, टुहुरा-टुहुरी र विधवाहरू आएर अघाउञ्‍जेल खाऊन्, र परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूका सबै काममा तिमीहरूलाई आशिष्‌ देऊन्।

भजनसंग्रह 10 : 17
17 हे परमप्रभु, पीडितहरूको इच्‍छा तपाईं सुन्‍नुहुन्‍छ, तिनीहरूको हृदयलाई तपाईं बलियो पार्नुहुन्‍छ। तिनीहरूको पुकारा तपाईं सुन्‍नुहुन्‍छ।

मत्ती 25 : 40
40 “तब राजाले तिनीहरूलाई जवाफ दिएर भन्‍नेछन्, ‘साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, तिमीहरूले यी मेरा भाइहरूमध्‍ये सबैभन्‍दा सानामा एक जनालाई जे-जति गर्‍यौ, त्‍यो तिमीहरूले मलाई नै गर्‍यौ।’

मलाकी 3 : 5
5 “यसैले म न्‍याय गर्नलाई तिमीहरूको नजिक आउनेछु। टुनामुना गर्नेहरू, व्‍यभिचारीहरू र झूटो गवाही बक्‍नेहरूका विरुद्धमा, मजदूरहरूलाई ज्‍यालामा ठग्‍नेहरू, विधवा र टुहुरा-टुहुरीमाथि अत्‍याचार गर्नेहरू, विदेशीलाई न्‍याय नगरिदिनेहरू, र मेरो डर नमान्‍नेहरू, यी सबैका विरुद्धमा म झट्टै गवाही दिनेछु,” सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ।

भजनसंग्रह 10 : 14
14 तर हे परमेश्‍वर, तपाईं दु:ख र शोक देख्‍नुहुन्‍छ, तपाईंले ती आफ्‍नै हातमा लिनुहुन्‍छ, दु:खीले आफैलाई तपाईंमा सुम्‍पन्‍छ, अनाथको सहायक तपाईं नै हुनुहुन्‍छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *