यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् अनन्त जीवन
यूहन्ना 3 : 16
16 “किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस्।
यूहन्ना 6 : 40
40 किनभने मेरा पिताको इच्छा यो हो, कि पुत्रलाई हेर्ने र उसमाथि विश्वास गर्ने प्रत्येकले अनन्त जीवन प्राप्त गरोस्, र म त्यसलाई अन्त्यको दिनमा जीवित पार्नेछु।”
रोमी 6 : 23
23 किनकि पापको ज्याला मृत्यु हो, तर परमेश्वरको सित्तैँको वरदान ख्रीष्ट येशू हाम्रा प्रभुमा अनन्त जीवन हो।
यूहन्ना 10 : 9
9 ढोका म नै हुँ, यदि कोही मानिस मबाट भित्र पस्यो भने त्यो बचाइनेछ, र भित्र-बाहिर आउने-जाने गर्नेछ, र खर्कमा चर्न पाउनेछ।
१ थेसलोनिकी 4 : 13 – 18
13 तर भाइ हो, सुतिगएकाहरूका विषयमा तिमीहरू अजान बस भन्ने हामी इच्छा गर्दैनौं, र तिमीहरूले आशा नहुने मानिसहरूजस्ता शोक गर्नु नपरोस्।
14 किनकि हामी विश्वास गर्छौं, कि येशू मर्नुभयो र फेरि जिइउठ्नुभयो र त्यसरी नै परमेश्वरले उहाँमा सुतिगएकाहरूलाई येशूद्वारा ल्याउनुहुनेछ।
15 प्रभुको वचनद्वारा हामी तिमीहरूलाई घोषणा गर्छौं, कि हामी, जो जीवित छौं र प्रभुको पुनरागमनसम्म बाँचिरहन्छौं, सुतिगएकाहरूलाई कुनै किसिमले पनि उछिन्नेछैनौं।
16 किनकि प्रभु स्वयम् हुकुमको गर्जनसित, प्रधान स्वर्गदूतको आवाज र परमेश्वरका तुरहीको सोरसित स्वर्गबाट ओर्लनुहुनेछ, र ख्रीष्टमा मरेकाहरूचाहिँ पहिले बौरिउठ्नेछन्।
17 तब हामी बाँचिरहेका र छोडिएकाहरू प्रभुलाई आकाशमा भेट्न तिनीहरूका साथसाथै बादलमा उठाइलगिनेछौं, र यसरी हामी सधैँ प्रभुसँग रहनेछौं।
18 यसैकारण एकले-अर्कोलाई यी वचनहरूले सान्त्वना देओ।
Leave a Reply