अध्यात्मवाद

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् अध्यात्मवाद

लेवीहरू 19 : 31
31 “‘तिमीहरू झाँक्री, बोक्‍सी र जादू-मन्‍त्र गर्नेतिर नलाग्‍नू। तिनीहरूसित सल्‍लाह लिएर तिमीहरूले आफूलाई अशुद्ध नपार। म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ।

१ यूहन्‍ना 4 : 1
1 प्रिय हो, जुनसुकै आत्‍मालाई विश्‍वास नगर, तर आत्‍माहरू परमेश्‍वरबाट आएका हुन्‌ कि होइनन्‌ भनेर तिनको जाँच गर। किनभने धेरै झूटा अगमवक्ताहरू यस संसारमा निस्केका छन्‌।

यशैया 8 : 19
19 जब मानिसहरूले तिमीहरूलाई भूतप्रेत खेलाउने र तन्‍त्रमन्‍त्र गर्ने धामीझाँक्रीसँग सल्‍लाह लेओ भनी भन्‍लान्, तब के मानिसहरूले आफ्‍ना परमेश्‍वरकहाँ गएर सोध्‍नुपर्दैन र? जीवितहरूका विषयमा मरेकाहरूलाई किन सोध्‍ने?

लेवीहरू 20 : 6
6 “‘जुन मानिस झाँक्री, बोक्‍सी र जादू-मन्‍त्र गर्नेतिर लागेर मलाई विश्‍वासघात गर्छ, त्‍यसको विरोध गरेर म त्‍यसलाई आफ्‍ना मानिसहरूबाट बहिष्‍कार गर्नेछु।

प्रकाश 21 : 8
8 तर डरपोकहरू, अविश्‍वासीहरू, घिनलाग्‍दा भएकाहरू, हत्‍याराहरू, व्‍यभिचारीहरू, जादूगरहरू, मूर्तिपूजकहरू र झूटा बोल्‍नेहरू सबैको हिस्‍सा आगो र गन्‍धक दन्‍कने कुण्‍डमा हुनेछ। यो दोस्रो मृत्‍यु हो।

लेवीहरू 20 : 27
27 “‘तिमीहरूमध्‍ये कुनै पुरुष वा स्‍त्रीले झाँक्री, बोक्‍सी वा जादू-मन्‍त्रको काम गर्‍यो भने त्‍यो मारिनैपर्छ। तिनीहरूलाई ढुङ्गाले हानेर मार्नू। तिनीहरूको अपराध तिनीहरूकै शिरमा परोस्‌’।”

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *