अधिकार

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् अधिकार

याकूब 4 : 1 – 12
1 तिमीहरूका बीचमा लड़ाइँ र झगड़ाहरू कुन कुराले ल्‍याउँछ? के यी सब तिम्रो शरीरका अङ्गहरूमा सङ्घर्ष गर्ने अभिलाषाहरूबाट आएका होइनन्‌ र?
2 तिमीहरू इच्‍छा त गर्दछौ, तर तिमीहरू पाउँदैनौ। तिमीहरू हत्‍या गर्दछौ र लोभ गर्छौ, तर पाउन सक्‍दैनौ। तिमीहरू झगड़ा गर्दछौ र लड़ाइँ गर्छौ। तिमीहरूसित हुँदैन, किनभने तिमीहरू परमेश्‍वरसँग माग्‍दैनौ।
3 तिमीहरू माग्‍छौ तर पाउँदैनौ, किनकि आफ्‍ना अभिलाषा पूरा गर्नलाई बेठीकसित माग्‍छौ।
4 व्‍यभिचारी मानिस हो, संसारसँगको मित्रता परमेश्‍वरसँगको शत्रुता हो भन्‍ने कुरा के तिमीहरूलाई थाहा छैन? यसकारण जो संसारसँग मित्र हुन चाहन्‍छ त्‍यसले आफैलाई परमेश्‍वरको शत्रु बनाउँछ।
5 के तिमीहरू यो सम्‍झन्‍छौ, कि पवित्र-धर्मशास्‍त्रले व्‍यर्थमा यसो भन्‍दछ, हामीमा परमेश्‍वरले राख्‍नुभएका आत्‍माको निम्‍ति उहाँ तीव्र डाह राख्‍नुहुन्‍छ,
6 तर उहाँले अझ बढ़ी अनुग्रह दिनुहुन्‍छ? यसैकारण पवित्र-धर्मशास्‍त्र यसो भन्‍दछ, “परमेश्‍वरले अभिमानीहरूको विरोध गर्नुहुन्‍छ, तर नम्रहरूलाई अनुग्रह गर्नुहुन्‍छ।”
7 यसकारण आफैलाई परमेश्‍वरको अधीनमा राख। दियाबलसको विरोध गर, र त्‍यो तिमीहरूबाट भाग्‍नेछ।
8 परमेश्‍वरको नजिक आओ, र उहाँ तिमीहरूका नजिक आउनुहुनेछ। पापी हो! तिमीहरूका हात चोखा पार। दोमनका मानिस हो! तिमीहरूका हृदय शुद्ध पार।
9 दुःखी होओ, शोक गर, र रोओ। तिमीहरूको हाँसो शोकमा, र तिमीहरूको आनन्‍द खिन्‍नतामा परिणत होस्‌।
10 प्रभुको सामने आफूलाई विनम्र तुल्‍याओ, र उहाँले तिमीहरूलाई उच्‍च पार्नुहुनेछ।
11 भाइ हो, एउटाले अर्काको विरुद्धमा खराब कुरा नगर। जसले आफ्‍नो भाइको विरुद्धमा खराब बोल्‍छ, अथवा आफ्‍नो भाइलाई दोष लाउँछ, त्‍यो व्‍यवस्‍थाको विरुद्धमा बोल्‍छ, र त्‍यसले व्‍यवस्‍थाको दोष देखाउँछ। तर यदि तिमीले व्‍यवस्‍थाको दोष देखाउँछौ भने त तिमी व्‍यवस्‍थाबमोजिम चल्‍ने भएनौ, तर व्‍यवस्‍थाको न्‍यायकर्ता पो भयौ।
12 व्‍यवस्‍था दिने र न्‍यायकर्ता त एउटै हुनुहुन्‍छ, जसले बचाउन र नाश गर्न पनि सक्‍नुहुन्‍छ। तर आफ्‍नो छिमेकीलाई दोष लाउने तिमीहरू को हौ?

याकूब 4 : 6
6 तर उहाँले अझ बढ़ी अनुग्रह दिनुहुन्‍छ? यसैकारण पवित्र-धर्मशास्‍त्र यसो भन्‍दछ, “परमेश्‍वरले अभिमानीहरूको विरोध गर्नुहुन्‍छ, तर नम्रहरूलाई अनुग्रह गर्नुहुन्‍छ।”

२ थेसलोनिकी 3 : 10
10 तिमीहरूका साथमा हुँदा हामीले तिमीहरूलाई यो आज्ञा दिएका थियौं, “कसैले काम गर्दैन भने त्‍यसले नखाओस्‌।”

२ थेसलोनिकी 3 : 12
12 अब यस्‍ता मानिसहरूलाई प्रभु येशू ख्रीष्‍टको नाउँमा हामी आज्ञा र अर्ती दिन्‍छौं, कि तिनीहरूले चूपचाप आफ्‍ना काम गरून्‌ र आफ्‍ना जीविका चलाऊन्‌।

एफिसी 4 : 1 – 32
1 यसकारण, म प्रभुको निम्‍ति एक कैदी, तिमीहरूलाई आग्रहपूर्वक बिन्‍ती गर्दछु, कि जुन बोलावटमा तिमीहरू बोलाइएका छौ त्‍यही योग्‍यको जीवन यापन गर।
2 सारा दीनता, नम्रता र धैर्यसँग एउटाले अर्कोलाई प्रेममा सहेर,
3 शान्‍तिको बन्‍धनमा पवित्र आत्‍माको एकता कायम राख्‍न प्रयत्‍न गर।
4 शरीर एउटै छ, र पवित्र आत्‍मा एउटै हुनुहुन्‍छ— जसरी तिमीहरू बोलाइँदा एउटै आशामा बोलाइएका थियौ, जुन आशा तिमीहरूको बोलावटसँग गाभिएको छ—
5 एउटै प्रभु, एउटै विश्‍वास र एउटै बप्‍तिस्‍मा,
6 हामी सबैका एउटै परमेश्‍वर र पिता, जो सबैमाथि, सबैका मध्‍य र सबैमा हुनुहुन्‍छ।
7 तर ख्रीष्‍टको वरदानको नापअनुसार हामी हरेकलाई अनुग्रह दिइएको छ।
8 यसकारण यसो भनिएको छ: “उहाँ उच्‍चमा चढ़िजानुहुँदा कैदलाई बन्‍दी बनाएर लानुभयो, र मानिसहरूलाई वरदानहरू दिनुभयो।”
9 (अब यो “उच्‍चमा चढ़िजानुभयो” भनेको चाहिँ के हो? केवल यही कि उहाँ पृथ्‍वीको तल्‍लो भागमा ओर्लनु पनि भयो।
10 उहाँ जो ओर्लनुभयो उहाँ नै सारा स्‍वर्गहरूभन्‍दा धेरै माथि चढ़िजानुभयो, यस हेतुले कि समस्‍त थोकलाई उहाँले भरिपूर्ण पार्न सकून्‌।)
11 अनि उहाँका वरदानहरूचाहिँ यी नै थिए, कि कोही प्रेरितहरू, कोही अगमवक्ताहरू, कोही प्रचारकहरू, कोही मण्‍डलीका पास्‍टरहरू र कोही शिक्षकहरू बनून्,
12 कि ख्रीष्‍टको शरीर निर्माण होस्‌ र सेवाको काम गर्न सन्‍तहरू सुसज्‍जित होऊन्,
13 जबसम्‍म हामी सबैले विश्‍वासको र परमेश्‍वरका पुत्रको ज्ञानको एकता प्राप्‍त गर्दैनौं, र परिपक्‍व मानिस बनी ख्रीष्‍टका पूर्णताको नापसम्‍म पुग्‍दैनौं।
14 यसरी हामी छालले अगि-पछि हुत्त्याइएका, धार्मिक-सिद्धान्‍तको प्रत्‍येक बतासले र मानिसहरूका जालझेल, धूर्तता र फट्याइँले यताउता उड़ाइएका बालकहरूजस्‍ता नहोऔं।
15 बरु प्रेमसित सत्‍य बोल्‍दै हरेक कुरामा हामी उहाँसम्‍मै, अर्थात्‌ ख्रीष्‍टसम्‍मै बढ्‌दैजाऔं, जो शिर हुनुहुन्‍छ।
16 उहाँबाट नै सारा शरीर प्रत्‍येक जोर्नीद्वारा जोडिएको र बाँधिएको भई प्रत्‍येक भागले ठीक-ठीक काम गरी सुगठित हुनेछ र प्रेममा वृद्धि हुँदैजानेछ।
17 अब म यो जोड दिएर प्रभुमा भन्‍दछु र प्रभुमा गवाही दिँदछु, कि अन्‍यजातिहरू जसरी तिनीहरूका विचारको व्‍यर्थतामा जिउँदछन्‌ त्‍यसरी तिमीहरू अबदेखि उसो नजिओ।
18 तिनीहरूका हृदयको कठोरताले ल्‍याएको तिनीहरूका अज्ञानताको कारणले तिनीहरू परमेश्‍वरको जीवनदेखि बिराना भएका छन्, र तिनीहरूको समझ अन्‍धकारले भरिएको छ।
19 तिनीहरू कठोर भएका छन्, र हरकिसिमका अशुद्ध काम गर्ने लालचमा परेर तिनीहरू छाडा भएका छन्‌।
20 तर ख्रीष्‍टलाई त तिमीहरूले यसरी जानेका छैनौ।
21 येशूमा भएको सत्‍यताअनुसार उहाँको विषयमा तिमीहरूले सुनेका र सिकाइएका छौ भनी म ठान्‍छु।
22 छली लालसाहरूद्वारा भ्रष्‍ट भएका तिमीहरूको अगाडिको जीवनको ढाँचासँग सम्‍बन्‍धित तिमीहरूको पुरानो स्‍वभाव त्‍याग।
23 र आफ्‍नो भित्री वर्तावमा नयाँ होओ,
24 र परमेश्‍वरको स्‍वरूपमा साँचो धार्मिकता र पवित्रतामा सृष्‍टि भएको नयाँ स्‍वभावलाई धारण गर।
25 यसकारण झूट त्‍यागेर हरेकले आ-आफ्‍नो छिमेकीसँग सत्‍य बोल, किनकि हामी एउटै शरीरमा एक-अर्काका अङ्गहरू हौं।
26 क्रोध गर, तर पाप नगर। घाम अस्‍ताउन अघि नै तिमीहरूको रीस मरोस्,
27 र दियाबलसलाई मौका नदेओ।
28 चोर्नेले अब उसो नचोरोस्‌। बरु उसले परिश्रम गरोस्‌। उसले आफ्‍नो हातले ईमानदारीसाथ परिश्रम गरोस्, र खाँचोमा परेकाहरूलाई दिन सकोस्‌।
29 तिमीहरूका मुखबाट कुवाक्‍य ननिस्‍कोस्, तर समय सुहाउँदो र सुधार गर्ने मीठो वचन मात्र बोल्‍ने गर, जसबाट सुन्‍नेहरूलाई अनुग्रह मिलोस्‌।
30 अनि परमेश्‍वरका पवित्र आत्‍मालाई दुःखित नतुल्‍याओ, जसमा उद्धारका दिनको निम्‍ति तिमीहरू छाप लगाइएका छौ।
31 सबै तीतोपना, क्रोध र रीस, होहल्‍ला र निन्‍दा, सबै किसिमका डाहसमेत तिमीहरूले त्‍यागिदेओ।
32 जसरी परमेश्‍वरले ख्रीष्‍टमा तिमीहरूलाई क्षमा गर्नुभयो, त्‍यसरी नै एउटाले अर्कालाई क्षमा गरेर तिमीहरू एक-अर्काप्रति कोमल मनका र दयालु होओ।

हितोपदेश 13 : 1 – 25
1 बुद्धिमान्‌ छोराले आफ्‍ना बुबाको अर्तीमा ध्‍यान दिन्‍छ, तर खिल्‍ली उड़ाउनेले हप्‍की सुन्‍दैन।
2 मानिस आफ्‍ना ओठको फलद्वारा नै असल थोकहरूको भोग गर्दछ। तर बेईमानले हिंसाको लालसा गर्दछ।
3 आफ्‍ना ओठको रखवाली गर्नेले आफ्‍नै जीवन सुरक्षित पार्छ। तर असावधान बोलीले सर्वनाश ल्‍याउनेछ।
4 अल्‍छेले लालसा गर्छ र त्‍यसलाई केही पनि मिल्‍दैन, तर लगनशीलका इच्‍छाहरू पर्याप्‍त रूपले पूरा गरिन्‍छ।
5 धर्मीले झूटलाई घृणा गर्दछ, तर दुष्‍टले लाज र बेइज्‍जत ल्‍याउँछ।
6 ईमानदार मानिसलाई धार्मिकताले सुरक्षा गर्छ, तर दुष्‍टताले पापीको संहार गर्छ।
7 कोही मानिस धनी भइटोपल्‍छ, तापनि त्‍यससँग केही हुँदैन, कोहीचाहिँ कङ्गाली भइटोपल्‍छ, तापनि त्‍यससँग प्रशस्‍तै सम्‍पत्ति हुन्‍छ।
8 सम्‍पत्तिले मानिसको जीवन शत्रुबाट छुटाउन सक्‍ला, तर गरीब मानिसले धम्‍की सुन्‍नुपर्दैन।
9 धर्मी मानिसको बत्ती चहकिलो भएर बल्‍छ, तर दुष्‍टको बत्ती निभाइन्‍छ।
10 घमण्‍डले केवल झगड़ा पोस्‍दछ, तर सरसल्‍लाह लिनेहरूमा बुद्धि पाइन्‍छ।
11 बेईमानीसँग कमाइएको धन घट्‌दैजान्‍छ, तर अलि-अलि गर्दै जम्‍मा गरेको धन बढ्‌दैजान्‍छ।
12 आशा विलम्‍ब हुँदा मन मर्छ, तर इच्‍छा पूरा हुनु जीवनको रूख हो।
13 अर्तीलाई तिरस्‍कार गर्नेले त्‍यसको मूल्‍य चुकाउनुपर्नेछ, तर आज्ञालाई आदर गर्नेले इनाम पाउनेछ।
14 बुद्धिमान्‌को शिक्षा जीवनको फुहारा हो, जसद्वारा मानिस मृत्‍युको पासोबाट उम्‍कन्‍छ।
15 असल समझदारीले निगाह प्राप्‍त गर्छ, तर बेईमानको मार्गचाहिँ कठिन हुन्‍छ।
16 प्रत्‍येक समझदार मानिस आफ्‍नो ज्ञानद्वारा काम गर्छ। तर मूर्खले आफ्‍नो मूर्खताको तमाशा देखाउँछ।
17 दुष्‍ट सन्‍देशवाहक दु:खमा पर्छ, तर विश्‍वसनीय दूतले चङ्गाइ लिएर आउँछ।
18 अनुशासनलाई अवहेलना गर्नेमाथि दरिद्रता र लाज आइपर्छ। तर सुधार गर्दा ध्‍यान दिने व्‍यक्ति सम्‍मानित हुन्‍छ।
19 आफ्‍नो चाहना पूरा हुँदा प्राणलाई तृप्‍ति मिल्‍दछ, तर मूर्खहरू खराबीबाट फर्कन मन पराउँदैनन्‌।
20 बुद्धिमान्‌सँग हिँड्‌ने बुद्धिमान्‌ नै बन्‍छ, तर मूर्खहरूको सङ्गत गर्नेले नोक्‍सानी भोग्‍छ।
21 पापीहरूलाई दुर्भाग्‍यले लखेट्‌छ, तर धर्मीको इनाम नै समुन्‍नति हो।
22 असल मानिसले आफ्‍ना नाति-नातिनाहरूका निम्‍ति पैतृक-सम्‍पत्ति छोडिराख्‍छ, तर पापीहरूको धन धर्मीहरूका लागि थुपारिन्‍छ।
23 गरीब मानिसको खेतबारीले प्रशस्‍तै अन्‍न उब्‍जाउला, तर अन्‍यायले त्‍यो खोसेर लैजान्‍छ।
24 छड़ी नचलाउने बुबाले आफ्‍नो छोरालाई घृणा गर्छ, तर त्‍यसलाई प्रेम गर्ने बुबाले होशियारीसाथ त्‍यसलाई अनुशासन दिन्छ।
25 धर्मीले पेटभरि मस्‍तीसँग खान्‍छ, तर दुष्‍टको पेट भोकभोकै हुन्‍छ।

मत्ती 25 : 1 – 46
1 “तब स्‍वर्गको राज्‍य दश कन्‍याहरूसँग तुलना गर्न सकिन्‍छ। तिनीहरूले आ-आफ्‍नो बत्ती लिएर दुलहालाई भेट्‌न निस्‍के।
2 तीमध्‍ये पाँच जना निर्बुद्धि र पाँच जनाचाहिँ बुद्धिमती थिए।
3 किनकि जब निर्बुद्धिहरूले आफ्‍ना बत्ती लगे, तब तिनीहरूले साथमा तेलचाहिँ लगेनन्‌।
4 तर बुद्धिमतीहरूले चाहिँ आफ्‍ना बत्तीसँगसँगै पात्रमा तेल पनि लगे।
5 दुलहाले बियाँलो गर्दा ती सबै निद्राले लट्ठ भए र निदाए।
6 “तर मध्‍यरातमा ‘हेर दुलहा, उनलाई भेट्‌न आओ,’ भन्‍ने आवाज आयो।
7 “तब ती सबै कन्‍याहरू ब्‍यूँझे, र आ-आफ्‍नो बत्ती ठीकठाक पारे।
8 निर्बुद्धि कन्‍याहरूले बुद्धिमतीहरूलाई भने, ‘तिमीहरूको तेलबाट हामीलाई अलिकता देओ, किनभने हाम्रा बत्ती त निभ्‍न लागे।’
9 “तर बुद्धिमतीहरूले यसो भनेर जवाफ दिए, ‘हामी र तिमीहरू दुवैलाई पुग्‍ने यथेष्‍ट तेल छैन होला, बरु पसलेकहाँ जाओ र आफ्‍नो लागि किन।’
10 “तिनीहरू किन्‍न जाँदा दुलहा आइपुगे, र तयार हुनेहरू उनीसँग विवाहको भोजमा भित्र पसे, र ढोका बन्‍द भयो।
11 “पछिबाट ती अरू कन्‍याहरू आइपुगे र यसो भन्‍न लागे, ‘प्रभु, प्रभु, हाम्रा लागि खोलिदिनुहोस्‌!’
12 “तर उनले जवाफ दिएर भने, ‘साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, म तिमीहरूलाई चिन्‍दिनँ।’
13 “यसकारण जागा रहो, किनकि त्‍यो दिन र त्‍यो घड़ी तिमीहरूलाई थाहा छैन।
14 “किनकि योचाहिँ कुनै मानिसजस्‍तो हो, जसले परदेश जाँदा आफ्‍ना नोकरहरूलाई बोलाई आफ्‍नो धन-सम्‍पत्ति तिनीहरूलाई जिम्‍मा दिए।
15 तिनले हरेकलाई तिनीहरूका आ-आफ्‍नो योग्‍यताअनुसार एउटालाई पाँच सुनका सिक्‍का, अर्कोलाई दुई र अर्कोलाई एक दिएर तिनी गइहाले।
16 तब पाँच सुनका सिक्‍का पाउनेले तुरुन्‍तै गएर त्‍यो व्‍यापारमा लगाईकन अरू पाँच सिक्‍का कमायो।
17 त्‍यसरी नै दुई सिक्‍का पाउनेले पनि अरू दुई कमायो।
18 तर एक सिक्‍का पाउनेले चाहिँ गएर भूइँ खनेर आफ्‍ना मालिकको धन लुकाइराख्‍यो।
19 “धेरै दिनपछि ती नोकरहरूका मालिक आए, र तिनले तिनीहरूसँग हिसाब मागे।
20 तब पाँच सुनका सिक्‍का पाउने नोकरले अरू पाँच सिक्‍का ल्‍याई अगाडि आएर यसो भन्‍यो, ‘हजूर, तपाईंले मलाई पाँच सिक्‍काको जिम्‍मा दिनुभएको थियो। हेर्नुहोस्, मैले अरू पाँच सिक्‍का कमाएको छु।’
21 “मालिकले त्‍यसलाई भने, ‘स्‍याबास, असल र विश्‍वासी नोकर! तँ थोरै कुरामा विश्‍वासी भइस्, अब म तँलाई धेरै कुराको जिम्‍मा दिनेछु। तँ आफ्‍ना मालिकको खुसीमा सहभागी हो।’
22 “दुई सिक्‍का पाउनेले पनि आएर भन्‍यो, ‘हजूर, तपाईंले मलाई दुई सिक्‍का दिनुभएको थियो। हेर्नुहोस्, मैले अरू दुई सिक्‍का कमाएको छु।’
23 “त्‍यसका मालिकले त्‍यसलाई भने, ‘स्‍याबास, असल र विश्‍वासी नोकर, तँ थोरै कुरामा विश्‍वासी भइस्, अब म तँलाई धेरै कुराको जिम्‍मा दिनेछु। तँ आफ्‍ना मालिकको खुसीमा सहभागी हो।’
24 “एक सुनको सिक्‍का पाउनेले पनि आएर भन्‍यो, ‘हजूर, नरोपेको जग्‍गाबाट कटनी गर्ने र ननिफनेको ठाउँबाट बटुल्‍ने तपाईं कठोर मानिस हुनुहुन्‍छ भन्‍ने मलाई थाहा थियो।
25 यसैले मलाई डर लाग्‍यो, र गएर तपाईंको सिक्‍का मैले माटोमुनि लुकाइराखें। हेर्नुहोस्, यो तपाईंको सिक्‍का लिनुहोस्‌।’
26 “त्‍यसका मालिकले त्‍यसलाई जवाफ दिए, ‘ए दुष्‍ट, अल्‍छे नोकर, नरोपेको ठाउँमा कटनी गर्छु, र ननिफनेको ठाउँबाट बटुल्‍छु भनेर तैंले जानेको थिइस्‌ भने,
27 तैंले मेरो धन साहूकहाँ राख्‍नुपर्नेथियो, र आएर मैले मेरो धन ब्‍याजसमेत फिर्ता पाउनेथिएँ।
28 यसकारण त्‍यसबाट यो सिक्‍का खोस, र जससँग दश सिक्‍का छ त्‍यसलाई देओ।
29 किनभने जससँग छ त्‍यसलाई अरू दिइनेछ, र त्‍यससँग प्रशस्‍त हुनेछ। तर जससँग छैन त्‍यससँग भएको पनि त्‍यसबाट खोसिनेछ।
30 त्‍यस बेकम्‍मा नोकरलाई चाहिँ बाहिरी अन्‍धकारमा फालिदेओ, जहाँ मानिसहरू रुनेछन्‌ र दाह्रा किट्‌नेछन्‌।’
31 “जब मानिसको पुत्र सारा स्‍वर्गदूतहरूसँग आफ्‍नो महिमामा आउनेछ, तब ऊ आफ्‍नो महिमामय सिंहासनमा बस्‍नेछ।
32 र उसको सामुन्‍ने सबै जातिहरू भेला हुनेछन्, र जसरी गोठालाले भेड़ा र बाख्रालाई छुट्ट्याउँछ, त्‍यसरी नै उसले तिनीहरूलाई एउटालाई अर्काबाट अलग गर्नेछ।
33 उसले भेड़ाहरूलाई आफ्‍नो दाहिनेपट्टि, र बाख्राहरूलाई देब्रेपट्टि राख्‍नेछ।
34 “तब राजाले आफ्‍ना दाहिनेपट्टिकाहरूलाई भन्‍नेछ, ‘आओ, मेरा पिताका धन्‍यका हो! संसारको उत्‍पत्तिदेखि तिमीहरूका निम्‍ति तयार गरिएको राज्‍यलाई अधिकार गर।
35 किनभने म भोकाएको थिएँ, तिमीहरूले मलाई खान दियौ। म तिर्खाएको थिएँ, तिमीहरूले मलाई पिउन दियौ। म परदेशी थिएँ, तिमीहरूले मलाई आश्रय दियौ।
36 नाङ्गै थिएँ, तिमीहरूले मलाई वस्‍त्र लगाइदियौ। बिरामी थिएँ, तिमीहरू मलाई हेर्न आयौ। झ्‍यालखानमा थिएँ, तिमीहरू मकहाँ आयौ।’
37 “तब धर्मीजनहरूले उनलाई जवाफ दिनेछन्, ‘हे प्रभु, कहिले हामीले तपाईंलाई भोकाउनुभएको देख्‍यौं, र खान दियौं? अथवा तिर्खाउनुभएको देख्‍यौं, र पिउन दियौं?
38 कहिले हामीले तपाईंलाई परदेशी देख्‍यौं, र तपाईंलाई आश्रय दियौं? अथवा नाङ्गो देख्‍यौं र वस्‍त्र लगाइदियौं?
39 र कहिले हामीले तपाईंलाई बिरामी वा झ्‍यालखानमा देख्‍यौं, र तपाईंकहाँ आयौं?’
40 “तब राजाले तिनीहरूलाई जवाफ दिएर भन्‍नेछन्, ‘साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, तिमीहरूले यी मेरा भाइहरूमध्‍ये सबैभन्‍दा सानामा एक जनालाई जे-जति गर्‍यौ, त्‍यो तिमीहरूले मलाई नै गर्‍यौ।’
41 “त्‍यसपछि उनले देब्रेपट्टिका मानिसहरूलाई भन्‍नेछन्, ‘श्रापित मानिस हो! मबाट दूर होओ, र दियाबलस र त्‍यसका दूतहरूका लागि तयार गरिएको अनन्‍तको आगोमा जाओ।
42 किनभने म भोकाएको थिएँ, तिमीहरूले मलाई खान दिएनौ। तिर्खाएको थिएँ, तिमीहरूले मलाई पिउन दिएनौ।
43 म परदेशी थिएँ, तिमीहरूले मलाई आश्रय दिएनौ। नाङ्गो थिएँ, र तिमीहरूले मलाई वस्‍त्र लगाइदिएनौ, बिरामी र झ्‍यालखानमा थिएँ, र तिमीहरू मलाई हेर्न आएनौ।’
44 “तिनीहरूले पनि यसो भनेर जवाफ दिनेछन्, ‘प्रभु, कहिले हामीहरूले तपाईंलाई भोकाएको वा तिर्खाएको देख्‍यौं, परदेशी वा नाङ्गो वा बिरामी देख्‍यौं, वा झ्‍यालखानमा देख्‍यौं, र तपाईंको सेवा गरेनौं?’
45 “तब उनले तिनीहरूलाई जवाफ दिनेछन्, ‘साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, यी सबैभन्‍दा सानाहरूमध्‍ये एक जनालाई जे-जति गरेनौ, त्‍यो तिमीहरूले मेरो निम्‍ति गरेनौ।’
46 “तब यिनीहरू अनन्‍त दण्‍डको भागी हुनेछन्, तर धर्मी जनहरू अनन्‍त जीवनमा प्रवेश गर्नेछन्‌’।”

याकूब 5 : 11
11 हेर, धैर्य धारण गर्नेहरूलाई हामी धन्‍यका भन्‍छौं। तिमीहरूले अय्‍यूबको स्‍थिरताको विषयमा सुनेका छौ, र प्रभुको अभिप्राय देखेका छौ, कि प्रभु कस्‍तो करुणामय र कृपालु हुनुहुन्‍छ।

१ तिमोथी 5 : 8
8 यदि कसैले आफन्‍तहरूको र विशेष गरी आफ्‍नै परिवारको पालनपोषण गर्दैन भनेता त्‍यसले विश्‍वासलाई इन्‍कार गर्दछ, र विश्‍वास नगर्नेहरूभन्‍दा पनि खराब हुन्‍छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *