यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् अदोनियाह
२ शमूएल 3 : 4
4 काहिँलाचाहिँ अदोनियाह थिए, जसकी आमा हग्गीत थिइन्; ठाहिँला शपत्याह थिए, जसकी आमा अबीतल थिइन्;
१ राजाहरू 1 : 6
6 उनका पिताले उनलाई “तँ किन यस्तो व्यवहार गर्छस्?” भनेर सम्झाएनन्। अदोनियाह पनि एक अत्यन्तै सुन्दर मानिस थिए र उमेरमा अब्शालोमभन्दा पछि जन्मेका थिए।
१ इतिहास 3 : 2
2 साहिँला अब्शालोम, जसकी आमा गशूरका राजा तल्मैकी छोरी माका थिइन्, काहिँला अदोनियाह, जसकी आमा हग्गीत थिइन्,
१ राजाहरू 2 : 25
25 तब सोलोमन राजाले यहोयादाका छोरा बनायाहलाई हुकुम गरे, र तिनले अदोनियाहलाई हिर्काएर मारे।
Leave a Reply