यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् अदुल्लम
१ शमूएल 22 : 1
1 दाऊद गातबाट भागेर अदुल्लामको ओड़ारमा गए। जब तिनका दाजुहरू र तिनका सबै परिवारले यो कुरा सुने तब तिनीहरू तिनीकहाँ आए।
२ शमूएल 23 : 13
13 कटनीको सुरुतिर तीस जना मुख्य मानिसहरूमध्येका ती तीन जना वीरहरू अदुल्लामको ओड़ारमा दाऊदकहाँ आए। पलिश्तीहरूको एक दलचाहिँ रपाईहरूको बेँसीमा छाउनी हालेर बसेका थिए।
१ इतिहास 11 : 15
15 ती तीस जना मुख्य मानिसहरूमध्ये तीन जना अदुल्लामको ओड़ारमा भएको पहरामा दाऊदसँग मिल्नलाई गएका थिए।
भजनसंग्रह 57 : 11
11 हे परमेश्वर, तपाईं स्वर्गभन्दा पनि उच्च हुनुहोस्, तपाईंको महिमा सारा पृथ्वीभरि व्याप्त होस्!
भजनसंग्रह 142 : 7
7 मेरो कैदबाट मलाई छुटकारा दिनुहोस्, र म तपाईंको प्रशंसा गर्न सकूँ। तब मप्रति गर्नुभएको भलाइले गर्दा धर्मीजनहरू मेरो चारैतिर एकत्र हुनेछन्।
उत्पत्ति 38 : 1
1 त्यस बेला यहूदाचाहिँ आफ्ना दाजुभाइहरूलाई छोड़ेर तलतिर हीरा नाउँ भएको कुनै एक अदुल्लामवासीकहाँ गए।
यहोशू 12 : 15
15 लिब्नाका राजा, एक, अदुल्लामका राजा, एक,
यहोशू 15 : 35
35 यर्मूत, अदुल्लाम, सोको, आजेका,
२ इतिहास 11 : 7
7 बेथलेहेम, एताम, तको,
नहेम्याह 11 : 30
30 जानोह, अदुल्लाम र त्यसका बस्तीहरू, लाकीश र त्यसका खेतहरू, र आजेका र त्यसका बस्तीहरूमा बस्थे। यसरी तिनीहरूले बेर्शेबादेखि हिन्नोमको बेँसीसम्मको देश ओगटे।
मीका 1 : 15
15 हे मारेशामा बस्नेहरू हो, म तिमीहरूका विरुद्धमा विजय गर्ने एक जनालाई ल्याउनेछु। तिनी, जो इस्राएलको महिमा हुन्, अदुल्लाममा आउनेछन्।
Leave a Reply