अदालत

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् अदालत

१ इतिहास 26 : 32
32 यरियाहका दुई हजार सात सय योग्‍य कुटुम्‍बहरू थिए, जो परिवार-परिवारका मुखियाहरू थिए। यिनीहरूलाई दाऊद राजाले रूबेनीहरू, गादीहरू र मनश्‍शेका आधा कुलमाथि परमेश्‍वरसम्‍बन्‍धी हरेक कुरा र राज्‍य-शासनका कामको हेरविचार गर्नेहरू तुल्‍याए।

२ इतिहास 19 : 11
11 “परमप्रभुसम्‍बन्‍धी विषयमा मुख्‍य पूजाहारी अमर्याह तिमीहरूमाथि अधिकारी छन्‌। राज्‍यसम्‍बन्‍धी विषयमा यहूदाका कुलनायक इश्‍माएलका छोरा जबदियाह अधिकारी छन्‌। लेवीहरूचाहिँ तिमीहरूका सामुन्‍ने अधिकृतहरूझैँ सेवा गर्नेछन्‌। बलिया र दृढ़ होऊ। परमप्रभु असल गर्नेहरूका साथ होऊन्‌।”

मत्ती 18 : 18
18 “साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, तिमीहरूले पृथ्‍वीमा जे बाँध्‍छौ, त्‍यो स्‍वर्गमा बाँधिनेछ। अनि तिमीहरूले पृथ्‍वीमा जे फुकाउँछौ त्‍यो स्‍वर्गमा फुकाइनेछ।

गन्ती 27 : 2
2 तिनीहरू भेट हुने पालको ढोकामा मोशा, एलाजार पूजाहारी, नायकहरू र सबै समुदायको सामुन्‍ने उभिएर यसो भन्‍न लागे,

व्यवस्था 21 : 19
19 त्‍यसका आमा-बुबाले त्‍यसलाई समातेर सहरका धर्म-गुरुहरूकहाँ सहरको मूल ढोकामा लैजाऊन्‌।

व्यवस्था 22 : 15
15 त्‍यस कन्‍याका आमा-बुबाले सहरको मूल ढोकामा धर्म-गुरुहरूकहाँ छोरीको कुमारीत्‍वको प्रमाण ल्‍याऊन्‌।

व्यवस्था 25 : 7
7 तर देवरले आफ्‍नी भाउजूलाई राख्‍न मन गरेन भने, भाउजूले सहरको मूल ढोकामा धर्म-गुरुहरूकहाँ गएर यसो भनोस्, “मेरो देवरले आफ्‍नो दाजुको नाउँ इस्राएलमा कायम राख्‍न मान्‍दैन। त्‍यसले मसित देवरले गर्नुपर्ने कर्तव्‍य पालन गर्दैन।”

यहोशू 20 : 4
4 ती सहरहरूमध्‍ये एउटामा त्‍यो भागेर जाओस्‌ र त्‍यस सहरभित्र पस्‍ने ढोकामा उभिओस्, र त्‍यस सहरका धर्म-गुरुहरूलाई आफ्‍नो कुरा सुनाओस्‌। अनि तिनीहरूले सहरभित्र आफूहरूकहाँ लगी त्‍यसलाई ठाउँ देऊन् र त्‍यो तिनीहरूका साथमा बसोस्‌।

रूथ 4 : 1
1 अब बोअज सहरको मूल ढोकामा गएर बसेका थिए। अनि केही समयपछि तिनले कुरा गरेका ती नजिकका मोल तिरेर छुटकारा दिने नातेदार त्‍यहीँबाट भएर आए। बोअजले तिनको नाउँ काढ़ेर तिनलाई बोलाई भने, “यता आएर बस्‍नुहोस्‌।” तिनी आएर बसे।

जकरिया 8 : 16
16 तिमीहरूले गर्नुपर्ने काम यिनै हुन्‌: एक-अर्कासँग साँचो बोल्‍ने गर, र आफ्‍ना न्‍यायालयमा सत्‍य र असल न्‍याय गर।

न्यायकर्ताहरू 4 : 5
5 तिनी एफ्राइमको पहाड़ी देशमा रामा र बेथेलको बीचमा भएको दबोराका खजूरको रूखमुनि बस्‍ने गर्दथिन्, र इस्राएलीहरू तिनीकहाँ इन्‍साफको निम्‍ति आउँथे।

प्रस्‍थान 18 : 26
26 तिनीहरूले हरसमय मानिसहरूका न्‍यायकर्ताका रूपमा सेवा गर्थे। गाह्रा-गाह्रा विषयहरूचाहिँ तिनीहरूले मोशाकहाँ ल्‍याउँथे, तर हरेक मामुली कुरा तिनीहरू आफैले इन्‍साफ गर्थे।

व्यवस्था 1 : 17
17 न्‍याय गर्दा तिमीहरूले मानिसहरूको पक्ष नलेओ। तिमीहरूले साना-ठूला दुवैका कुरा सुन। कुनै मान्‍छेसँग नडराओ, किनकि न्‍यायको फैसला त परमेश्‍वरको हातमा हुन्‍छ। तिमीहरूलाई गाह्रो परेको मामिला मकहाँ ल्‍याओ, र म त्‍यो सुन्‍नेछु।”

व्यवस्था 17 : 9
9 पूजाहारीहरूकहाँ जानू, जो लेवी हुन्, र तिनीहरूलाई सोध्‍नू, अनि तत्‍कालीन न्‍यायकर्ताकहाँ गएर परामर्श लिनू।

रूथ 4 : 5
5 तब बोअजले भने, “नाओमी र मोआबी रूथबाट त्‍यो जमिन लिएको दिन मरेका मानिसको पैतृक-सम्‍पत्तिसँग तिनको नाउँ कायम राख्‍नलाई ती मरेका मानिसकी पत्‍नी पनि तपाईंले प्राप्‍त गर्नुहुनेछ।”

१ इतिहास 26 : 32
32 यरियाहका दुई हजार सात सय योग्‍य कुटुम्‍बहरू थिए, जो परिवार-परिवारका मुखियाहरू थिए। यिनीहरूलाई दाऊद राजाले रूबेनीहरू, गादीहरू र मनश्‍शेका आधा कुलमाथि परमेश्‍वरसम्‍बन्‍धी हरेक कुरा र राज्‍य-शासनका कामको हेरविचार गर्नेहरू तुल्‍याए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *