यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् अदम्यता
गन्ती 20 : 21
21 यसरी इस्राएलीहरूलाई आफ्नो सिमाना छिचलेर जान दिन एदोमले इन्कार गरे। यसकारण इस्राएलीहरू त्यहाँबाट फर्के।
गन्ती 21 : 23
23 तर सीहोनले इस्राएलीहरूलाई आफ्नो सिमाना नाघेर जान दिएनन्। उनले आफ्ना सेना जम्मा गरे, र उजाड़-स्थानको यहसासम्म आएर इस्राएलीहरूका विरुद्धमा लड़ाइँ गरे।
व्यवस्था 23 : 6
6 तिमीहरूले बाँचुञ्जेल अम्मोनी र मोआबीहरूसँग मित्रताको सन्धि नबनाउनू।
न्यायकर्ताहरू 19 : 15
15 तिनीहरू त्यहीँ रात बिताउनलाई पसे, र गएर सहरको चोकमा बसे। तर कसैले पनि तिनीहरूलाई वास दिनलाई आफ्नो घरमा लगेनन्।
१ शमूएल 25 : 17
17 अब तपाईंले के गर्नुपर्छ सो राम्रो विचार गर्नुहोस्, किनभने हाम्रा मालिक र उहाँका सबै परिवारमाथि निश्चय नै सर्वनाश आउँदैछ। उहाँ यति दुष्ट मानिस हुनुहुन्छ कि उहाँसँग त कुरै गर्नु पनि फाइदा छैन।”
Leave a Reply