यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् अत्तर
हितोपदेश 27 : 9
9 अत्तर र धूपले मनलाई हर्षित पार्छ, र मित्रबाट पाइने मिठास उनको साँचो सल्लाह हो।
श्रेष्ठगीत 3 : 6
6 व्यापारीका सबै मसलाहरूबाट बनिएको मूर्र र धूपले सुगन्धित भएर, उजाड़-स्थानबाट धूवाँको मुस्लाजस्तै, माथि आउँदै गरेका यिनी को हुन्?
यशैया 57 : 9
9 तिमीहरू मोलोखकहाँ भद्राक्षको तेल लिई खूब सुगन्धित तेल लगाएर गयौ। तिमीहरूले आफ्ना राजदूतहरूलाई टाढ़ाटाढ़ा पठायौ, र आफूलाई चिहानसम्मै पुर्यायौ।
प्रस्थान 30 : 7
7 “वेदीमा हारूनले सुगन्धित मसलाको धूप प्रत्येक बिहान बत्तीहरू सच्याउँदा जलाओस्।
प्रस्थान 35 : 28
28 बत्ती, अभिषेक गर्ने तेल र सुगन्धित धूपको निम्ति मसला र तेल ल्याए।
हितोपदेश 7 : 17
17 मैले मेरो बिछ्याउना मूर्र, एलवा र दालचिनी छर्केर सुगन्धित तुल्याएकी छु।
यशैया 3 : 20
20 मुकुट-घुम्टा, कल्ली, पटुका, अत्तरदानी र जन्तर,
Leave a Reply