यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् अडिगता
२ इतिहास 36 : 16
16 तर परमप्रभुको क्रोध उहाँका मानिसहरूमाथि नपरुञ्जेल तिनीहरूले उहाँका दूतहरूलाई हँस्सी-ठट्टा गर्न, उहाँका वचनहरूको निन्दा गर्न र उहाँका अगमवक्ताहरूको गिल्ला गर्न छोड़ेनन्। अनि त्यो शान्त हुनै सकेन।
भजनसंग्रह 95 : 11
11 यसैले मैले आफ्नो क्रोधमा यसरी शपथ खाएँ, “मेरो विश्राममा तिनीहरू कहिल्यै पस्नेछैनन्।”
हिब्रू 3 : 8
8 उजाड-स्थानमा परीक्षाको समयमा विद्रोहका दिनमा गरेजस्तो आफ्ना हृदयलाई कठोर नपार,
हिब्रू 3 : 15
15 धर्मशास्त्रले भन्दछ, “आजै तिमीहरूले उहाँको शब्द सुन्यौ भने विद्रोहका दिनमा जस्तै गरी आफ्नो हृदय कठोर नपार।”
हिब्रू 4 : 7
7 फेरि परमेश्वरले “आज” भनी एक दिन ठहराउनुभएको छ, जब उहाँले धेरै समयपछि दाऊदद्वारा अघि भनिएकै कुरा फेरि भन्नुभयो, “आज तिमीहरूले उहाँको शब्द सुन्यौ भने तिमीहरूका हृदय कठोर नपार।”
हितोपदेश 1 : 31
31 तिनीहरूले आफ्नो चालचलनको फल भोग्नेछन्, र आफ्ना कपट योजनाको फलले आफै लादिनेछन्।
हितोपदेश 29 : 1
1 घरीघरी हप्की पाएर पनि कोही हठी नै भइरहन्छ भने, त्यो एक्कासि नाश हुनेछ, तरकीबै नरहने गरी।
उत्पत्ति 6 : 3
3 तब परमप्रभुले भन्नुभयो, “मेरो आत्माले मानिससँग सधैँ संघर्ष गर्नेछैन, किनभने त्यो मरणशील हो। त्यसको उमेर एक सय बीस वर्षको हुनेछ।”
उत्पत्ति 6 : 5
5 पृथ्वीमा मानिसहरूको दुष्टता बढ़ी भएको र तिनीहरूका हृदयका विचारको जुनसुकै पनि भावना निरन्तर खराबै मात्र भएको परमप्रभुले देख्नुभयो।
उत्पत्ति 6 : 7
7 त्यसकारण परमप्रभुले भन्नुभयो, “मैले सृष्टि गरेको मानिसलाई पृथ्वीबाट म मेटिदिनेछु— के मानिस, के घस्रने जन्तु, के आकाशका पक्षी सबैलाई— किनभने ती बनाएकोमा मलाई दु:ख लागेको छ।”
उत्पत्ति 19 : 9
9 तर तिनीहरूले भने, “पछि हट्।” अनि तिनीहरूले भने, “हामीसँग बसोबास गर्न आएको यो मानिस अब हाम्रो न्यायकर्ता हुन खोज्दोरहेछ। अब उनीहरूलाई भन्दा तँलाई हामी नराम्रो व्यवहार गर्नेछौं।” तब तिनीहरूले लोतलाई घचेटे, र ढोका फोर्नलाई अगि बढ़े।
गन्ती 14 : 22
22 मिश्र र उजाड़-स्थानमा मेरा महिमा र आश्चर्यकर्महरू देखेर पनि अनाज्ञाकारी भई दश पल्ट मेरो जाँच गर्ने यी सारा मानिसहरूले
१ शमूएल 2 : 25
25 यदि मानिसले मानिसको विरुद्धमा पाप गर्यो भने परमेश्वरले हस्तक्षेप गर्नुहोला। तर यदि मानिसले परमेश्वरको विरुद्धमा पाप गर्यो भने त्यसको पक्षमा कसले बोलिदिने?” यी सबै कुरा सुने तापनि तिनीहरूले आफ्ना पिताका कुरामा ध्यान दिएनन्, किनभने तिनीहरूलाई मार्ने परमप्रभुको इच्छा थियो।
Leave a Reply