यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् अगाडि योजना
हितोपदेश 11 : 14
14 पथप्रदर्शनको अभावले देशको पतन हुन्छ, तर धेरै सल्लाहकारहरूको कारण विजय निश्चित हुन्छ।
लूका 14 : 28 – 33
28 “तिमीहरूमध्ये कसैले एउटा धरहरा बनाउने इच्छा गर्छ भने, त्यो धरहरा बनाई सिद्धयाउने खर्च आफूसित छ कि छैन भनी के त्यसले पहिले नै बसेर हिसाब लाउँदैन र?
29 नत्र भने त्यसले जग बसालेपछि सिद्धयाउन सकेन भने, देख्नेहरू सबैले यसो भनेर त्यसको गिल्ला गर्न लाग्नेछन्,
30 ‘यस मानिसले बनाउन त थाल्यो तर सिद्ध्याउन सकेन।’
31 “कुन राजा होला जसले अर्को राजासँग लड़ाइँ गर्न जाँदा आफ्नो साथ भएका दश हजारले त्यसको विरुद्ध आउने बीस हजारसँग लड़ाइँ गर्न सक्छु कि सक्दिनँ भनी पहिले बसेर सल्लाह गर्दैन?
32 तिनले नसक्ने हो भने, त्यो अर्को राजा टाढ़ै हुँदा मिलापको शर्त सोध्न राजदूत पठाउनेछ।
33 यसकारण तिमीहरूमध्ये जसले आफूसित भएका सबै थोक त्याग्दैन, त्यो मेरो चेला हुन सक्दैन।
१ तिमोथी 5 : 8
8 यदि कसैले आफन्तहरूको र विशेष गरी आफ्नै परिवारको पालनपोषण गर्दैन भनेता त्यसले विश्वासलाई इन्कार गर्दछ, र विश्वास नगर्नेहरूभन्दा पनि खराब हुन्छ।
मत्ती 7 : 24 – 27
24 “यसकारण जसले मेरा यी वचन सुन्छ र पालन गर्छ, म एक जना बुद्धिमान् मानिससँग त्यसको तुलना गर्छु, जसले आफ्नो घर चट्टानमाथि बनायो।
25 अनि पानी पर्यो, र बाढ़ी आयो, अनि हुरी चल्यो र त्यस घरमाथि बजारियो, र पनि त्यो घर ढलेन। किनकि त्यो चट्टानमाथि बसालिएको थियो।
26 जसले मेरा यी वचन सुनेर पनि पालन गर्दैन, त्यसको तुलना एउटा मूर्ख मानिससँग गरिन्छ, जसले आफ्नो घर बालुवामाथि बनायो।
27 पानी पर्यो, र बाढ़ी आयो, अनि हुरी चल्यो र त्यस घरमाथि बजारियो, र त्यो घर ढल्यो, अनि त्यसको ठूलो विनाश भयो।”
हितोपदेश 18 : 9
9 आफ्नो काम गर्नमा ढिलो गरिरहने व्यक्ति सर्वनाश गर्नेको भाइ जत्तिकै हो।
हितोपदेश 22 : 29
29 आफ्नो काममा सिपालु कुनै मानिसलाई तँ देख्छस्? त्यसले राजाहरूका सामु सेवा गर्नेछ। त्यसले नचिनेका मानिसहरूको सेवा गर्नेछैन।
Leave a Reply