यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् अगमवक्ता मुहम्मद
व्यवस्था 18 : 15
15 परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूका आफ्नै दाजुभाइमध्येबाट मजस्तै एक जना अगमवक्ता तिमीहरूका निम्ति खड़ा गर्नुहुनेछ। तिमीहरूले तिनको कुरा सुन्नू।
यशैया 29 : 12
12 अथवा यदि त्यो पुस्तकको मुट्ठा कुनै पढ्न नसक्ने मानिसलाई यसो भनेर दियौ भने, “दया गरी, यो पढ़िदिनुहोस्,” त्यसले भन्नेछ, “मलाई त पढ्नै आउँदैन।”
मत्ती 24 : 11
11 धेरै झूटा अगमवक्ताहरू खड़ा हुनेछन्, र धेरैलाई बहकाउनेछन्।
व्यवस्था 18 : 18
18 तिनीहरूका निम्ति तिनीहरूका दाजुभाइमध्येबाट तँजस्तै म एक जना अगमवक्ता खड़ा गर्नेछु। म मेरो वचन तिनको मुखमा हालिदिनेछु, र मैले आज्ञा गरेका सबै कुरा तिनले तिनीहरूलाई भन्नेछन्।
श्रेष्ठगीत 5 : 16
16 उहाँको मुख मिठासले नै भरिएको छ, उहाँ पूर्ण रूपले सुन्दर हुनुहुन्छ। उहाँ नै मेरा प्रेमी, मेरा मित्र हुनुहुन्छ, हे यरूशलेमका छोरीहरू हो।
यूहन्ना 15 : 26
26 “जब सल्लाहकार आउनुहुन्छ, जसलाई म पिताको तर्फबाट तिमीहरूकहाँ पठाइदिनेछु, अर्थात् सत्यका आत्मा, जो पिताबाट आउनुहुन्छ, उहाँले नै मेरो विषयमा गवाही दिनुहुनेछ।
यूहन्ना 1 : 25
25 अनि तिनीहरूले उनलाई सोधे “तिमी ख्रीष्ट पनि होइनौ, एलिया पनि होइनौ, त्यो अगमवक्ता पनि होइनौ भने, किन बप्तिस्मा दिन्छौ?”
यूहन्ना 14 : 15 – 16
15 “तिमीहरूले मलाई प्रेम गर्छौ भने मेरा आज्ञाहरू पालन गर्नेछौ।
16 र म पितासँग बिन्ती गर्नेछु, र उहाँले तिमीहरूलाई अर्को सल्लाहकार दिनुहुनेछ, र उहाँ तिमीहरूसँग सदासर्वदा रहनुहुनेछ।
यूहन्ना 16 : 12 – 15
12 “मैले तिमीहरूलाई भन्ने कुरा अझ धेरै छन्, तर अहिले तिमीहरू ती कुरा सहन सक्दैनौ।
13 जब उहाँ, अर्थात् सत्यका आत्मा आउनुहुनेछ, तब उहाँले तिमीहरूलाई सबै सत्यतामा डोर्याउनुहुनेछ। उहाँ आफ्नो तर्फबाट बोल्नुहुनेछैन। उहाँले जे सुन्नुहुन्छ, त्यही बोल्नुहुनेछ, र हुन आउने कुराहरू तिमीहरूलाई घोषणा गरिदिनुहुनेछ।
14 उहाँले मेरो महिमा गर्नुहुनेछ, किनभने जे मेरो हो, त्यो मबाट लिएर तिमीहरूलाई सो घोषणा गरिदिनुहुनेछ।
15 जे-जति पितासँग छन्, ती मेरा हुन्। यसैकारण मैले भनें, जे मेरो हो त्यो मबाट लिएर आत्माले तिमीहरूलाई घोषणा गरिदिनुहुनेछ।
Leave a Reply